एमाले मोरङको सम्पूर्ण शक्ति ग्रामथानको निर्वाचनमा केन्द्रीत
शुक्रबार, ०७ मंसिर, २०८१,
न्यूज विराट
रंगेली । आगामी मंसिर १६ गते हुने उप निर्वाचनका लागि नेकपा (एमाले) मोरङको सम्पूर्ण शक्ति ग्रामथान गाउँपालिकामा केन्द्रीत भएको छ । ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुने उप निर्वाचनको परिणाम एमालेको पक्षमा पार्न पार्टी मोरङको सम्पूर्ण शक्ति सोही ठाउँमा केन्द्रीत भएको हो ।
शुक्रबार ग्रामथान गाउँपालिकाको झोराहाटमा जिल्ला संगठन कमिटीका अध्यक्ष बाबुराम कार्कीको अध्यक्षता र केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जिवन घिमिरेको प्रमुख आतिथ्यतामा बसेको दोस्रो पूर्ण बैठकले हाललाई पार्टीका अन्य आन्तरिक गतिविधिहरु थाती राख्दै सम्पूर्ण जिल्ला कमिटीको शक्तिलाई ग्रामथानमा हुने निर्वाचनमा केन्द्रीत गर्ने निर्णय गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज घिमिरेले अन्य विपक्षी उम्मेदवारको तुलनामा एमालेका उम्मेदवार तुलसीराम विश्वास स्वच्छ छबी भएको र जनताले विश्वास गरेकोपात्र भएकाले उनलेनै निर्वाचन जित्ने देखिएको बताउनुभयो ।
उहाँले मुलुकको विकास र समृद्धि एमालेबाट मात्र सम्भव भएकाले चुनावी महौल पार्टीकै पक्षमा रहेपनि अनेकौँ चलखेल हुनसक्ने बताउँदै निर्वाचन परिणाम नआउन्जेल पार्टीको सम्पूर्ण शक्ति ग्रामथानमा केन्द्रीत हुँदै चनाखो रहनुपर्ने बताउनुभयो । ‘भए मध्येका उम्मेदवारहरुमा हरेक हिसाबले हाम्रो उम्मेदवार अब्बल सावित भइरहनु भएको छ ।’ उहाँले भन्नुभयो,‘अरु पार्टीका उम्मेदवारका हकमा अनेक प्रश्न उठेको छ, अत्यन्त विवादास्पद उम्मेवार छन् । हाम्रो उम्मेदवारका विषयमा प्रश्न उठाउने ठाउँ छैन ।’
नेता घिमिरेले यसपटकको निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा प्रभाव पर्ने भएकाले एमालेले कुनै हालतमा यो निर्वाचन जित्नुपर्ने र यसका लागि सम्पूर्ण पार्टी पंक्ति एक ढिक्का भएर लागि पर्न निर्देशन दिनुभयो ।
त्यस्तै, प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले झुट र भ्रमको खेती गरेर चौतर्फी रुपमा एमालेलाई बद्नाम गर्ने प्रयास गरेपनि नेपाली जनताले सफल हुन नदिने बताउनुभयो । उहाँले अहिले चौतर्फी निशाना एमालेलाई बनाइरहेको सन्दर्भमा त्यसलाई इलाम र बझाङको निर्वाचनले चिरेको बताउँदै ग्रामथानको परिणाम पनि पार्टीको पक्षमा पारेर कडा जवाफ दिनुपर्ने र यस कार्यमा सवै तहबाट जुट्न निर्देशन दिनुभयो ।
जिल्ला कमिटी अध्यक्ष बाबुराम कार्कीले मोरङको सम्पूर्ण पार्टी पक्ति, जनसंगठनहरु, मातहतका सवै कमिटी, नेता कार्यकर्ता, निर्वाचनमा केन्द्रीत भएर आ–आफ्नो ठाउँबाट पार्टीलाई जिताउन लागि पर्नुपर्ने बताउनुभयो ।
उहाँले कार्ययोजनासहित पार्टीका उम्मेदवार विश्वासलाई जिताउने गरि जिल्लाभरीका सम्पूर्ण नेता कार्यकर्तालाई जिम्मेवारी अनुसार खटिन आग्रह गर्नुभयो । अध्यक्ष कार्कीले निर्वाचनको माहोल एमालेको पक्षमा रहेको र यसलाई अन्तिमसम्म कायम राख्न सवै सजग भएर लाग्नुपर्ने बताउनुभयो ।
बैठकमा १७ वटै पालिका कमिटीले निर्वाचन केन्द्रीत बनाएको कार्ययोजनाबारे रिपोर्टीङ समेत गर्नुभएको जिल्ला कमिटी सचिव रविन थापाले जानकारी दिनुभयो ।
जिल्ला कमिटी बैठक केन्द्रीय सदस्य युवराज बास्कोटा, रामलाल साह, केन्द्रीय सल्लाहकारहरु, प्रदेश कमिटीका नेताहरुलगायतको आतिथ्यतामा सम्पन्न भएको प्रचार विभाग प्रमुख सन्तोष बान्तवाले बताउनुभयो ।
विराटनगर, ६ कात्तिक-पछिल्लो २४ घण्टामा प्रदेश १ मा मात्र कोरोना भाइरसको संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ । संक्रमणका कारण चार महिला र पाँच पुरुषको मृत्यु भएको हो । पछिल्लो २४ घण्टाको अवधिमा कोरोना...
काठमाडौं, ७ असार-आज बिहान १० बजेर ५४ मिनेटदेखि खण्डग्रास सूर्यग्रहण सुरु भएको छ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने छ । काठमाडौंमा बिहान १० बजेर ५४ मिनेट, पोखरामा...
विश्वव्यापी फेलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै मनकामना केबुलकार व्यवस्थापकले सेवा बन्द गराएको छ ।केबुलकार व्यवस्थापन पक्षले कोरोना भाइरसबाट सजक हुने र आवश्यक तयारी गर्न भन्दै आगामी शनिबारदेखि चैत मसान्तसम्म केबलकार बन्द हुने भएको हो...
विराटनगर । विराटनगर – २ मा अवस्थित बूढानिलकण्ठ अ. मा. वि. मा विभिन्न कार्यक्रम आयोजना गरी २५८५ औँ बुद्ध जयन्ती मनाएको छ । स्कुल परिसरमा बुधबार एक भब्य कार्यक्रम आयोजना गरी बुद्ध जयत्ती मनाएको हो...
विराटनगर । हुलाकी सडकबाट प्रभावित स्थानमै पुगेर विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्थानीयको गुनासो सुनेका छन् ।ठेकेदारको लापरबाहीका कारण विराटनगर–५ जामुनगाछी पश्चिम जाने सडक निर्माण हुन सकेको छैन । मेयर कोइरालाकै अग्रसरतामा पटक–पटक ठेकेदारसित छलफल...
विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होमले विश्व मुटु दिवस मनाएको छ । अस्पतालले आइतबार सचेतना मुलक कार्यक्रम आयोजना गरी मुटु दिवस मनाएको हो । विश्व मुटु दिवसको अवसर पारेर अस्पतालले आइतबार निःशुल्क मुटुको ओपीडि सेवा...
एजेन्सी, बैशाख २२-भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्यामा वृद्धि भएको छ । सोमबारको पछिल्लो तथ्यांकअनुसार यहाँ यस भाइरसबाट संक्रमित हुनेको संख्या ४२ हजार ५३३ जना पुगेको बताइएको छ । यहाँ यस संक्रमणबाट मृत्यु हुनेको...
संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले आयोजना स्थलमा क्वारेन्टाइनको व्यवस्था गरी विकास निर्माणका कामलाई सुचारु गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय गौरवका आयोजना र अन्य विकास आयोजनाहरूको काम...