राशिफल

मनकामना केबुलकार चैत मसान्तसम्म बन्द

 न्यूज विराट
मनकामना केबुलकार चैत मसान्तसम्म बन्द

विश्वव्यापी फेलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै मनकामना केबुलकार व्यवस्थापकले सेवा बन्द गराएको छ ।केबुलकार व्यवस्थापन पक्षले कोरोना भाइरसबाट सजक हुने र आवश्यक तयारी गर्न भन्दै आगामी शनिबारदेखि चैत मसान्तसम्म केबलकार बन्द हुने भएको हो ।

मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डिएन कायस्थका अनुसार शनिबारदेखि लागू हुनेगरी चैत मसान्तसम्म केबुलकार बन्द गर्ने निर्णय गरिएको हो ।

गोरखामा रहेको मनकामना दर्शन गर्नका लागि हजारौँ व्यक्तिले केबुलकारको सेवा लिने गर्छन् । सरकारले पनि २५ जनाभन्दा धेरै भिडभाड नगर्न निर्देशन दिइसकेको अवस्थामा व्यवस्थापकले यस्तो निर्णय गरेको हो ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...