विराटनगर । विराटनगर – २ मा अवस्थित बूढानिलकण्ठ अ. मा. वि. मा विभिन्न कार्यक्रम आयोजना गरी २५८५ औँ बुद्ध जयन्ती मनाएको छ । स्कुल परिसरमा बुधबार एक भब्य कार्यक्रम आयोजना गरी बुद्ध जयत्ती मनाएको हो ।
उक्त कार्यक्रमको शुरुमा कक्षा नर्सरी देखी कक्षा दुईसम्मका स–साना बच्चाहरु भिक्षु बनेर मञ्चको रौनक बढाएका थिए । कार्यक्रममा कक्षा ५ का अनुभव पौडेल र कक्षा ९ की साम्राज्ञी बस्नेतले सान्तिसँग सम्बन्धित कविता वाचन गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले गौतम बुद्घले दिएका सुखी जीवनसँग सम्बन्धित सन्देशहरु जस्तै सधै सत्य बोल्ने, जीवजन्तुको हत्या नगर्ने, मिलेर बस्ने आदि कुराको सन्देश दिएका थिए । कार्यक्रममा कक्षा २ र ३ का छात्राहरुको ‘ फेरी अर्काे बुद्ध पठाइदेउ ’ बोलको गीतमा रहेको नृत्य र कक्षा ७, ८ र ९ का छात्राहरुको ‘ बुद्ध जन्मेको नेपालमा ’ बोलको गीतमा रहेको सामूहिक नृत्य पनि त्यतिकै आकर्षक रहेको थियो । त्यसै गरि कक्षा ९ र १० का विद्याथीहरुले बुद्धसँग सम्बन्धित ‘ फुलको आँखामा फुलै संसार’ र ‘ जहाँ छन् बुद्धका आँखा ’ बोलको गीत गायन प्रश्तुत गरेका थिए ।
उक्त कार्यक्रममा विषेश भुमिका निर्वाह गर्ने शिक्षकद्धय विनोद चौधरी र दिपेन्द्र थापा तथा शिक्षिका मन्जु श्रेष्ठ लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सम्लग्न रहेका संपूर्ण शिक्षक शिक्षिका र विद्यार्थीहरुलाई स्कुलका प्रिन्सिपल मणी राज भट्टराईले धन्यवाद दिएका थिए । विगत ४० वर्ष देखि शान्त वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको पहिलो रोजाइको स्कुलमा पर्नेमा बूढानिलकण्ठ अतिरिक्त क्रियाकालपहरुमा पनि अगाडी रहेको छ ।
स्थानीय तह सदस्य निर्वाचनका लागि ६४ जिल्लामा १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी भएको छ । मधेस प्रदेशका जिल्ला र बागमती प्रदेशका केही जिल्लामा ढुवानी गर्न बाँकी रहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । ७ सय ५३ वटा स्थानीय...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बढ्दो चिसोबाट बच्नका बालबालिका र एकल महिलाहरुलाई न्यानो कपडा वितरण गरेको छ । क्लबले एडप्ट गरेको शिव आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई स्वीटर वितरण गरेको हो । विद्यालयमा अध्ययनरत...
विराटनगर, जेठ ७–प्रदेश १ मा ६६ जनालाई कोभिड—१९ पुष्टि भएको छ । आजथप ७ जनामा कोभिड—१९ पुष्टि भएको हो । प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटामा...
विराटनगर, फागुन २२–इलाममा लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय इलामले इलाम नगरपालिका ४ बस्ने बर्ष २५ का रोशन राई र देउमाई नगरपालिका ९ बस्ने बर्ष २० का बिशाल सिवालाई पक्राउ...
विराटनगर, ६ भदौ । जनता समाजवादी पार्टीबाट निर्वाचित भएका जहदा गाउँपालिका वडा नंः ४ का वडाअध्यक्ष जयनरथ गिरी सहित ७ सय ४५ जना नेपाल कम्यूनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । जहदा गाउँपालिका–२ स्थित...
विराटनगर, साउन ९–प्रदेश नं १ मा मुख्यमन्त्री ड्यासबोर्ड (सिएम ड्यासबोर्ड) सञ्चालनमा आएको छ । शुक्रबार एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईले ड्यासबोर्डको उद्घाटन गरेका छन् । मुख्यमन्त्रीको टेबलमा रहने ड्यासबोर्डबाट योजना, विकास निर्माण लगायत गतिविधि प्रत्यक्ष...
विराटनगर । कोशी प्रदेशको स्टार्टअप नीति तर्जुमाका विराटनगरमा सरोकारवालाहरु बीचको सम्वाद कार्यक्रम भएको छ ।नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश र उद्योग, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा विराटनगरमा बिहीबार सम्वाद कार्यक्रम भएको हो । प्रादेशिक...
विराटनगर । झापाको विर्तामोडका लगानीकर्तालाई धितोपत्र बजार सम्बन्धी शिक्षा र सचेतना कार्यक्रम आयोजना गरिएको छ । नेपाल धितोपत्र बोर्ड र स्टक ब्रोकर एशोसिएसनको आयोजनामा शुक्रबार धितोपत्र बजार सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो ।कार्यक्रममा विर्तामोडका लगानीकर्ताहरूले...