विराटनगर म्यूजिक फस्टिबल अहिलेसम्मै ठूलो सांगीगितक कार्यक्रम हो, त्यसैले भव्य हुनेछ : स्यान्ट्रो
बिहिबार, ०८ कार्तिक, २०८१,
न्यूज विराट
विराटनगरको मेनरोडस्थित जैन भवनमा शनिबार साझमा हुने तेस्रो संस्करणको विराटनगर म्यूजिक फेस्टिबलको तयारी पुरा भएको छ । विराटनगरमा हुन लागेको यो फेस्टिबल अन्य समयको भन्दा फरक र पृथक हुँदैछ । अन्तर्राष्ट्रिय स्तरको डिजाइन गरिएको मन्चमा उत्कृष्ट साउण्ड सिस्टम जडान गरेर चिर्चित गायकहरुले सांगीतिक प्रस्तुती दिदैछन् । तेस्रो संस्करणको विराटनगर म्यूजिक फेस्टिबलको तयारी विषयमा केन्द्रित रहेर कार्यक्रम संयोजक सन्तोष महत (स्यान्ट्रो) सँग न्यूज विराटले गरेको संक्षिप्त कुराकानी :
विराटनगर म्यूजिक फेस्टिबलको तयारी कहाँ पुग्यो ? – तेस्रो संस्करणको विराटनगर म्यूजिक फेस्टिबलको सम्पूर्ण तयारी पूरा भएको छ । विराटनगरको जैन भवनमा शनिबार साझबाट सुरु हुने कार्यक्रममको लागि स्टेजको काम धमाधम भइरहेको छ । शुक्रबारसम्ममा स्टेज र साउन्ट सिस्टम जडानको काम पुरा हुनेछ ।
यस पटक हुन लागेको म्यूजिक फेस्टिबल विगतमा भएको भन्दा के फरक छ ? – यस पटक हामीले संगीतप्रेमी दर्शक महानुभवाहरुलाई छुट्टै सांगीतिक मनोरञ्जन प्रदान गर्ने उद्देश्य रहेको छ । त्यसको लागि हामीले अन्तर्राष्ट्रिय स्तरको साउण्ड सिस्टम र मन्च तयार पारिएको छ । अहिले हामीले जडान गरेको साउन्ड सिस्टमले संगीतिप्रेमी दर्शकहरुलाई छुट्टै मनोरञ्जन लिनेछन् । त्यसको लागि हामीले अहिलेका युवा पुस्ताहरुको ढुकढुकीमा बस्न सफल ब्याण्ड र गायकहरु ल्याएका छौं । यसअघि दुई पटक सफलता पुर्वक म्यूजिक फेस्टिबल सम्पन्न भएको छ । विराटनगरमा हुने यो फस्टिबल एक मात्र ठूलो सांगीगितक कार्यक्रम हो । त्यसैले यस पटक हुने फेस्टिबल पनि भव्य र सभ्य हुनेछ । फेस्टिबललाई मनोरञ्जन दिन अन्तर्राष्ट्रिय स्तरको साउन्ड सिस्टम, स्टेज र लाइटको प्रयोग गरिएको छ । यस्तो फेस्टिबलले दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नुका साथै सामाजिक सद्भाव बढाउन महत्वपूर्ण सहयोग गर्ने हामीले अपेक्षा गरिएको छ । संगीतप्रेमी दर्शक स्रोताहरुको लागि अनलाइनबाट पनि टिकट काटने व्यवस्था हामीले मिलाएका छौं । त्यसको लागि मोवाइलमा आइएमबी एप डाउनलोट गरेर म्यूजिक फेस्टिबलको टिकट लिन सकिनेछ । त्यस बालेक पनि विराटनगरको २० भन्दा बढी स्थानमा टिकट पाइन्छ । हामीले टिकट पनि २ सय रुपैयाँ मात्रै राखेका छौं । टिकट सिमित रहेको छ । समयमै टिकट लिएर आफ्नो ठाउँ सुरक्षित राख्न पनि म सम्पूर्ण संगीतप्रेमी दर्शक, स्रोताहरुलाई आग्रह गर्दछु ।
म्यूजिक फेटिबलमा कस्ता कलाकाहरु आउँदैछन् ? – म्यूजिक फेस्टिबलमा चर्चित गायक तथा ब्याण्डहरूको सांगीतिक प्रस्तुती हुनेछ । म्यूजिक फेस्टिबलमा चर्चित गायक तथा ब्याण्ड स्वप्न सुमन र एस्टर्स पूर्ण राई मुख्य आकर्षण छ । उनीहरुको दमकेदार प्रस्तुती हुनेछ । कार्यक्रममा फुट स्टल पनि रहनेछ । यस पटकको म्युजिक फेस्टिबल फरक तरिकाले नयाँपन दिने प्रयास हामीले गरेका छौं । यस पटक हुने सांगीतिक कार्यक्रम भव्य र सभ्य तरिकाले हुदैँछ । म्यूजिक फेस्टिबलमा स्थानीय कलाकाराहरुको पनि प्रस्तुती हुनेछ ।
विराटनगर, बैशाख २७–गण्डकी प्रदेशका सांसद तथा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले कानुनको बर्खिलाप गर्दै दलित समुदायमाथि अपमान गरेकाले कडा भन्दा कडा कारबाही गर्न माग गरिएको छ । जातीभेद विरुद्ध विश्व मञ्चका अध्यक्ष तिर्थ विश्वकर्माले शुक्रबार...
काठमाडौं, ४ असार-प्रतिनिधिसभाबाट सन्देशसहित विनियोजन विधेयक बहुमतले पारित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले विनियोजन विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन् । अर्थमन्त्री युवराज खतिवडाले पारित गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा राखेका थिए...
विराटनगर, ४ जेठ । मोरङको केराबारी गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका सुमन मिरिङचिङ मगर र उपाध्यक्षमा एमालेकी मनमाया मगर निर्वाचित भएका हुन् । बुधबार विहान सार्वजानिक भएको अन्तिम मत परिणाम अनुसार गाउँपालिका...
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा प्राथमिक तहस्तरीय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । अन्तर‘हाउस प्रतियोगिताको पहिलो दिन कक्षा २ र ३ का हाउसहरुमा प्रतिष्पर्धा भएको थियो । जसमा मेचि हाउस प्रथम भएको...
काठमाडौं, ३० जेठ-नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । अर्घाखाँचीका ५७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका हुन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको...
काठमाडौँ, मंसिर ३ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव...
विराटनगर । वडा प्रहरी कार्यालय विराटनगर ‘क’ आफ्नै तीनतले सुविधा सम्पन्न भवनमा सरेको छ । ४ करोड ४ लाख ६३ हजार ८४३ रुपैयाँ लागतमा निमार्ण भएको सुविधा सम्पन्न भवनमा सरेको हो । २०७७ असार ४...
काठमाडौं, १६ फागुन ।काभ्रेको बनेपास्थित पुल बजारमा शंकास्पद वस्तु फेला परेको छ । ‘नो एमसीसी, खतरा’ लेखिएको वस्तु भेटिएको हो । घटनास्थलमा नेपाली सेनाको टोली पुगेको छ । आज एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६...