विराटनगर । मोरङ प्रहरी प्रमुख भएर आएका एसपी नारायण प्रसाद चिमरियाले नागरिक मैत्री सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् । मोरङ प्रहरी प्रमुखको कार्यबाहक समालेको दुई दिनपछि बुधबार संचारकर्मीहरुसँग परिचत्यमक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘प्रचलित नियम र कानुन अनुसार नागरिक मैत्री सेवा दिएर अगाडी बढनेछु,’ उनले भने, ‘अहिले मेरो त्यो गर्छु उसो गर्छु भन्ने केही छैन । मैले त्यस्तो योजना पनि केही बनाएका छैन ।’ प्रहरी नियम र ऐन अनुसार काम कारवाही अगाडी बढाएर अगाडी बढने उनले बताए । ‘तपाइहरुले दिएको सुझाबलाई ग्रहण गर्दै अगाडी बढनेछु,’ एसपी चिमरियाले भने, ‘प्रहरी कार्यालय आएका सेवाग्राहीलाई छिटो र क्षरितो तरिकाले सेवा प्रदान गर्नेछु ।’
जिल्लामा शान्ति सुरक्षा कायम गर्दै चोरी र खुल्ला सीमाबाट हुने तस्करी रोकथाम र नियन्त्रण गरेर अगाडी बढने उनले प्रतिवद्धता जनाए । आर्थिक लेनदेनको विवादमा एसपी नवराज कार्कीलाई आठ महिनामा तानेर गत शुक्रबार प्रहरी प्रधान कार्यालयले राजन लिम्बूलाई काज तोकेको थियो । एमाले निकटलाई प्रहरी प्रमुखमा पठाएको भन्दै नेपाली काँग्रेसका नेताहरुले लिम्बूलाई मोरङ नपठाउन गृहमन्त्री रमेश लेखकलाई दबाब दिएपछि उनको निर्देशनमा मोरङमा हाजिर न भई लिम्बूको काज फिर्ता गरेर चिमरियालाई पठाएको हो । एसपी चिमरियाले सोमबार कार्यबाहक समालेका छन् । उनी यसअघि सुनसरीको दुहबीस्थित नेपाल प्रहरी बिशेष सुरक्षा गणको प्रमुख थिए । । उनको गृहजिल्ला झापा हो ।
विराटनगर, २२ माघ । नेकपा (एमाले) का कार्यकर्ताले शनिबार विराटनगरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । युवा संघ र अनेरास्ववियु विराटनगर महानगर कमिटीको आयोजनामा कार्यकर्ताले राँके जुलुससहित सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । विराटनगरस्थित संसारी माईस्थानदेखि बी...
रूपन्देही, १९ भदौ-बुटवलको कोरोना विशेष अस्पतालमा थप १ संक्रमितको मृत्यु भएको छ । मृतक बुटवल उपमहानगरपालिका- ८ का ७८ वर्षीय पुरुष हुन् । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार ४ भदौमा अस्पताल भर्ना भएका...
काठमाडौं, २६ भदौ-बालुवाटारमा जारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा केहीबेर बसेर अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली बाहिरिएका छन् । झण्डै डेढ महिनाअघि स्थगित बैठक अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा बिहिबार...
विराटनगर । भारततर्फ तस्करी हुन लागेको ठूलो परिमाणको गाँजा इलाका प्रहरी कार्यालय रानी विराटनगरले बरामद गरेको छ । विराटनगर १८ फोरलाइन स्थितमा खेतमा राखेको परालमा बेबारिसे अवस्थामा पलाष्टिकको झोलामा प्रहरीले १९६ किलो गाँजा बरामद गरेको...
विराटनगर, २२ माघ । मोरङको धनपालथानस्थित उखुबारी र ललितपुरको धापाखेलमा तीन जनाको हत्या गरी शव गाडेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । शुक्रबार हत्याका मुख्य योजनाकारसहित तीन ओरोपीलाई पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको...
प्रेस काउन्सिल नेपालले कोरोना भाइरस (कोभिड–१९) बारे भ्रम फैलाउने ३ वटा वेबसाइट बन्द गर्नका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको गरेको छ । काउन्सिलले शुक्रबार नियमअनुसार दर्ता एवं सूचीकरण नभएका तीन वटा अनलाइनलाई बन्द गर्नका...
विराटनगर । मोरङको रंगेली नगरपालिका – ७ स्थितबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनबर्षी नगरपालिका ४ का २५ बर्षीय अमित कुमार दाश र ३५ बर्षीय निलेश दाश रहेका...
विराटनगर । प्रदेश १ प्रदेशसभाको प्रथम अधिवेशन पुस १७ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष प्रदेश सरकारले सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश नंं. १ मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णाय गरेको हो ।मुख्यमन्त्री...