विराटनगर म्यूजिक फेस्टिबल हुने, तयारी भव्य गर्दै

 न्यूज विराट
विराटनगर म्यूजिक फेस्टिबल हुने, तयारी भव्य गर्दै

विराटनगर । तेस्रो संस्करणको विराटनगर म्यूजिक फेस्टिबल हुने भएको छ । कार्तिक १० गते विराटनगरको मनेरोडस्थित जैन भवनमा म्यूजिक फेस्टिबल हुने भएको हो । फेस्टिबलको भव्य तयारी सुरु गरिएको आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
म्यूजिक फेस्टिबलमा चर्चित गायक तथा ब्याण्डहरूको सांगीतिक प्रस्तुती रहने कार्यक्रम व्यवस्थापक एवम संयोजक सन्तोष महत (स्यान्ट्रो) ले जानकारी दिए । म्यूजिक फेस्टिबलमा चर्चित गायक तथा ब्याण्ड स्वप्न सुमन र एस्टर्स पूर्ण राई मुख्य आकर्षण रहेका छन् । उनीहरुको दमकेदार प्रस्तुती हुनेछ । कार्यक्रममा फुट स्टल पनि रहने संयोजक स्यान्ट्रोले बताए । फेस्टिबल सम्पन्न गर्न करिब १४ लाख रुपैयाँ खर्च हुने उनले बताए ।

‘यसअघि दुई पटक सफलता पुर्वक म्यूजिक फेस्टिबल सम्पन्न भएको छ । विराटनगरमा हुने यो फस्टिबल एक मात्र ठूलो सांगीग्तिक कार्यक्रम हो,’ संयोजक स्यान्ट्रोले भने, ‘यस पटक हुने फेस्टिबल पनि भव्य र सभ्य हुनेछ ।’ फेस्टिबललाई मनोरञ्जन दिन अन्तर्राष्ट्रिय स्तरको साउन्ड सिस्टम, स्टेज र लाइटको प्रयोग गरिने उनले बताए । यस्तो फेस्टिबलले दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नुका साथै सामाजिक सद्भाव बढाउन महत्वपूर्ण सहयोग गर्ने अपेक्षा गरिएको संयोजक स्यान्ट्रोले बताए ।
म्यूजिक फेस्टिबलमा स्थानीय कलाकाराहरुको पनि प्रस्तुती हुनेछ । फेस्टिबल हेर्नको लागि आयोजकले २ सय रुपैयाँ टिकट राखेको छ ।

सम्बन्धित समाचार

प्रदेश १ को मन्त्रीपरिषद विस्तार

विराटनगर, माघ ५–प्रदेश एकको सरकारले मन्त्रीपरिषद बिस्तार गरेको छ । ५ सदस्यिय मन्त्रिपरिषद रहेको प्रदेश सरकारमा ४ जना राज्य मन्त्रीहरु थप गरिएका छन । थप गरिएका राज्य मन्त्रीहरुमा रामबहादुर थापा मगर भुुमि ब्यवस्था,कृषि तथा सहकारी...

दक्षिण कोरियामा फेरि बढे कोरोना संक्रमित, २४ घन्टामा ४४ जनामा संक्रमण पुष्टि

सोल, २३ असार-दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ संक्रमित हुनेहरूको संख्या पछिल्ला हप्ताहरूमा बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ । सोमबार मात्र कोरोनाका थप ४४ जना भेटिएका बताइएको...

हल्लाको भरमा ग्यास अभाव, नयाँ सिलिण्डर किन्नमा रोक

काठमाडौं, चैत ३–बजारमा कोरोना भाइरसको त्रास बढेसँगै खाना पकाउने एलपी ग्यासको अभाव भएपछि नयाँ सिलिण्डर बिक्रीवितरणमा रोक लागेको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल एलपी ग्यास उद्योग संघ र ग्यास विक्रेता महासंघ नेपालले...

नेपाल टेलिकमको ४ गुणा बनोस, ९० पैसामा एमबी डाटा

नेपाल टेलिकमले २०७६ चैत २० देखि २६ गतेसम्म (७ दिन) लागू हुने गरी जीएसएम मोबाइल डाटा सेवाको आधारभूत दरमा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा २७ प्रतिशत छुटको व्यवस्था गरेको छ ।...

प्रदेश १ मन्त्रीपरिषद बैठकः चर्को आलोचना हुने विषय लुकाएर अरु निर्णय सार्बजनिक, मन्त्रालय फुटाउने निर्णय ‘गुपचुप’

विराटनगर, १७ माघ । पाँचदलिय गठबन्धन नेतृत्वको प्रदेश सरकारले चर्को आलोचना हुने विषय लुकाएर अरु निर्णय मात्र सार्बजनिक गरेको छ । आइतबार साँझ बसेको मन्त्रीपरिषद बैठकले सत्ता गठबन्धनमा भागबण्डा मिलाउन मन्त्रालयहरु फुटाएर १२ वटा बनाउने...

चुनौतीको सामना गर्न राष्ट्रसंघलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्छ : ओली

काठमाडौं,  ६ असोज-प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसंघलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको बताएका छन् । राष्ट्रसंघ स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा गएराति...

सिंगापुरमा बुधबार कोभिड १९ विरुद्धको खोप लगाइँदै

काठमाडौं, १५ पुस-सिंगापुरमा आज कोभिड- १९ विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । बुधबार बिहानदेखि सिंगापुरमा पनि कोभिड- १९ का विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । यो खोप पहिलो चरणको हो । यो पहिलो...

निगमले लागू गर्‍यो नयाँ सफ्वेयर

काठमाडौं, १८ कात्तिक-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उड्डयन सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन आधुनिक प्रविधियुक्त नयाँ सफ्वेयर लागू गरेको छ ।  निगमले यसअघि सञ्चालन गर्दै आएको सीता फ्लाइट प्लानिङ्ग सफ्टवेयर परिवर्तन गरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्