प्रदेश १ मन्त्रीपरिषद बैठकः चर्को आलोचना हुने विषय लुकाएर अरु निर्णय सार्बजनिक, मन्त्रालय फुटाउने निर्णय ‘गुपचुप’

 न्यूज विराट
प्रदेश १ मन्त्रीपरिषद बैठकः चर्को आलोचना हुने विषय लुकाएर अरु निर्णय सार्बजनिक, मन्त्रालय फुटाउने निर्णय ‘गुपचुप’

विराटनगर, १७ माघ । पाँचदलिय गठबन्धन नेतृत्वको प्रदेश सरकारले चर्को आलोचना हुने विषय लुकाएर अरु निर्णय मात्र सार्बजनिक गरेको छ ।

आइतबार साँझ बसेको मन्त्रीपरिषद बैठकले सत्ता गठबन्धनमा भागबण्डा मिलाउन मन्त्रालयहरु फुटाएर १२ वटा बनाउने निर्णय गरेको थियो । तर, सार्बजनिकरुपमा चर्को आलोचना हुनेभएपछि उक्त निर्णय प्रदेश सरकारले ‘गुपचुप’ राखेको हो ।

आइतबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेश राजधानीका संरचनाका लागि जग्गा खोज्न कार्यदल गठन गर्नेसहित आधादर्जन निर्णय आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले सार्बजनिक गरेपनि प्रदेश सरकारले गरेको मन्त्रालय फुटाउने निर्णय ‘गुपचुप’ राखेको हो ।

मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रीपरिषद बैठकले मन्त्रालय विभाजनको निर्णय गर्ने बताएका थिए । तर, आइतबारको बैठकले मन्त्रालय फुटाउने गरेको निर्णय भने सार्बजनिक गरिएन ।

मन्त्रालय फुटाउने हल्ला चलेसँगै प्रदेशमा सरकारको चर्को आलोचना हुँदै आएको थियो । मन्त्रालय फुटाउने निर्णय सार्बजनिक गर्दा चौतर्फी आलोचना हुने भएकाले सो निर्णय सार्बजनिक नगरिएको मुख्यमन्त्री राई निकट स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College