देशभरीका डेन्टल चिकित्सक विराटनगरमा, २४ औं राष्ट्रिय सम्मेलन शनिबार हुँदै

 न्यूज विराट
देशभरीका डेन्टल चिकित्सक विराटनगरमा, २४ औं राष्ट्रिय सम्मेलन शनिबार हुँदै

विराटनगर – नेपाल डेन्टल एसोसिएसनको २४ औं वार्षिक राष्ट्रिय सम्मेलन विराटनगरमा शनिबार हुने भएको छ । देशभरीको डेन्टल चिकित्सक भेला हुने उक्त सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
राष्ट्रिय सम्मेलन सफल बनाउन नेपाल डेन्टल एसोसिएसन मोरङका अध्यक्ष डा. पवन मेहताको संयोजत्वमा ४३ सदस्यीय मुल समारोह समिति बनाएको छ । सम्मेलनमा देशभरीका करिब ४ सय दन्तचिकित्सकहरुको सहभागिता रहने केन्द्रीय अध्यक्ष प्रणयरत्न शाक्यले जानकारी दिए । राष्ट्रिय सम्मेलनमा करिब १६ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याती प्राप्त वक्ताहरुको सहभागिता रहने बताइएको छ । ‘त्यस बाहेक दर्जनौ दन्त्तचिकित्सकहरुले आफुले गरेको उपचारको सन्दर्भमा गरेको वैज्ञानिक कागज पोस्टरहरु सम्मेलनमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ,’ अध्यक्ष शाक्यले भने, ‘विराटनगरमा हुन लागेको डेन्टल एसोसिएसनको पहिलो राष्ट्रिय सम्मेलन हो । ’ सम्मेलनमा दन्त्तचिकित्साको क्षेत्रमा आएको नविन्तम उपकरणहरुको करिब ३० वटा कम्पनीले चिकित्सकहरुको सामु प्रदर्शनी पनि गर्ने डेन्टल एसोसिएन मोरङका महासचिब डा. विवेक मेहताले जानकारी दिए । ‘सम्मेलनको मुख्य थिम भनेको दन्त चिकित्सा कार्टे सुन्दर मुस्कान सिर्जना गर्दै अगाडी बढनु हो । यो सम्मेलनले दन्तचिकित्साको क्षेत्रमा भएका नविनतम उपचार पद्धतिका सन्र्दभमा चिकित्सकहरु बीच आपसी अनुभव साटासाट सँगै भातृत्वमा समेत विकास गर्ने हाम्रो विश्वास रहेको छ,’ महासचिब मेहताले भने ।
राष्ट्रिय सम्मेलनको अवसर पारेर एसोसिएननले विराटनगरको तीन ठाउँमा शुक्रबार कार्यशाला गोष्ठी पनि आयोजना गरेको छ । दन्त चिकित्साको तीन भिन्न क्षेत्रको विषयमा जानकारी दिने उद्देश्यले तीन ठाउँमा २५ जनाको समूह बनाएर ७५ जना चिकित्सकहरु वर्कसपमा सहभागि रहेको डेन्टल एसोसिएसन मोरङका अध्यक्ष डा. पवन मेहताले जानकारी दिए । जसमध्ये रोटरी इन्डोडन्टिक्सको बारेमा डा. दिपक रोयले सहजिकरण गर्दैछन् । त्यसैगरी पोस्ट एण्ड कोरको बारेमा डा. श्याम काजि महर्जन र बेसिक इम्प्लान्टोलोजिको बारेमा डा. आलोक सागतानिले जानकारी गराउनेछन् ।
एसोसेसनको राष्ट्रिय सम्मेलनको उदेघाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्नेछन् ।

सम्बन्धित समाचार

प्रदेश १ बाट थप १८ जना ‘डिस्चार्ज’

विराटनगर, जेठ २०–प्रदेश १ बाट थप १८ जना कोरोना संक्रमणबाट मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् । सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका झापाका १७ जना पुरुष र सुनसरीकी एक महिला...

ओलीकाे प्रतिवेदन समस्या बल्झाउने खालको छैन : विष्णु पौडेल

काठमाडौं, १३ मंसिर-नेपाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य विष्णु पौडेलले अध्यक्ष केपी शर्मा  ओलीबाट सचिवालय बैठकमा पेस हुने प्रतिवेदन समस्या बल्झाउने किसिमको नहुने बताएका छन् । उनले पार्टीको अभिभावकको हैसियतमा अध्यक्ष ओलीले सम्हालिएको प्रतिवदेन...

उच्च भन्सार दर राखेको सामान सहज रुपमा आयात दिनुपर्ने माग

विराटनगर । भारतले उच्च भन्सार दर राखेको सामान नेपालले ओजिएल अन्तर्गत विना रोकटोक आयात गर्न दिनु पर्ने यहाँका उद्योगी व्यवसायीहरुले माग राखेका छन् । मोरङ व्यापार संघको विराटनगरमा सोमबार भएको ६६ औँ साधारण सभाको उद्घाटन...

कुवेतबाट आज ३ सय नेपाली स्वदेश फर्कंदै

काठमाडौं, २९ जेठ-आज कुवेतमा अलपत्र परेका नेपाली स्वदेश फर्कंने भएका छन् । त्यहाँबाट २ वटा उडानमार्फत् ३ सय नेपाली नागरिक स्वदेश फर्कंन लागेका हुन् । बुधबार नै उनीहरू आउने भनिए पनि कुवेतको र नेपालको समयतालिका...

चिसो बढेपछि धुलिखेलका विद्यालय एक हप्ताका लागि बन्द

बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ । नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी वर्षाका कारण तापमान कम भई जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई...

नेपाल क्रिकेट संघका उपाध्यक्ष र सचिवद्वारा राजीनामाको घोषणा

काठमाडौं, १३ असोज । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुर्‍यालले राजीनामा दिएका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँग असहमति राख्दै राजीनामा घोषणा गरेका हुन् । ‘हामीले क्यानलाई अप्ठेरो परेका...

नेकपा नेता सरदारद्धारा दैनक मजदुरी गर्ने डेढ सय परिवारलाई खाद्यान्न वितरण

विराटनगर, चैत १४–गत चैत ११ देखि सुरु भएको ‘लक डाउन’ का कारण जिवन यापनमा समस्या भएपछी नेपाल कम्युनिष्ष्ट पार्टी (नेकपा) मोरङका सदस्य सुभाषकुमार सरदारले मोरङको कटहरी गाउँपालिकामा दैनिक ज्यालादारी गरेर जिवन निर्वाह गर्ने विपन्न दलित...

सीएनआई कोशी एक्स्पो सुरू (फोटो फिचर)

विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा विराटनगरमा सीएनआई कोशी एक्स्पो सुरू भएको छ । विराटनगर – २ शंकरपुरमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्घाटन गरेपछि एक्स्पो सुरू...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्