चिसो बढेपछि धुलिखेलका विद्यालय एक हप्ताका लागि बन्द

 न्यूज विराट
चिसो बढेपछि धुलिखेलका विद्यालय एक हप्ताका लागि बन्द

बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ ।

नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी वर्षाका कारण तापमान कम भई जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई चिसाले अन्य स्वास्थ्य समस्या हुने देखिएको हुँदा यही २१ पुससम्म विद्यालयको पठनपाठन बन्द गरिएको जनाएको हो ।

जाडो बढेका कारण अहिलेलाई बन्द गरेर २२ पुसदेखि मात्रै विद्यालय सञ्चालन गर्न नगरपालिकाले नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई आग्रह गरेको हो ।

कतिपय विद्यालयमा दोस्रो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको भए पनि उक्त परीक्षा विद्यालय खुलेपछि निरन्तरता दिई सञ्चालन गर्ने व्यवस्था मिलाउनसमेत सबै विद्यालयलाई नगरपालिकाको १४ गतेको निर्णयअनुसार अनुरोध गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले बताए ।

सम्बन्धित समाचार

जनतालाई गठबन्धन सरकारको अर्को उपहारः फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं, २४ कात्तिक । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पछिल्ल‍ो १० दिनको अवधिमा आयल निगमले इन्धनको मूल्य दुई पटक बढाएको हो । यो अवधिमा मात्रै खाना पकाउने एलपी ग्यासको मूल्य १२५ रुपैयाँ...

लकडाउनमा प्रहरीको थप कडाइ

काठमाडाैं, बैशाख ३-उपत्यका प्रहरीले लकडाउनमा कडाइ गरेको छ । सरकारले मंगलबार लकडाउन बढाएर १५ वैशाखसम्म लम्ब्याउने निर्णय गरेसँगै प्रहरीले पनि लकडाउनमा कडाइ गरेको हो । यसअघि ११ चैतदेखि कोरोना भाइरस (कोभिड—१९) को जोखिम रहेको भन्दै...

एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि ग्रेडेड र अरिहन्त स्कुललाई

विराटनगर । जिल्ला स्तरीय एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलल र अरिहन्त स्कुलले जितेको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मोरङले प्रजातन्त्र दिवसको अवसर पारेर विराटनगरमा सोमबार आयोजना गरिएको प्रतियोगिताको...

शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, २३ भदौ-नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । आज गरिएको परीक्षणमा उनको नतिजा पोजिटिभ देखिएको...

झापामा लकडाउन उलङ्घन गर्ने ३ सय ७ जना कारबाहीमा

झापा, ३० चैत-झापामा लकडाउन उल्लङ्घन गर्ने ३ सय ८ जनालाई प्रहरीले कारबाही गरेको छ ।जिल्लाका मुख्य शहरहरू धुलाबारी, काँकडभिट्टा, दमक, बिर्तामोड, शनिश्चरे, झिलझिले, चन्द्रगढीलगायतका स्थानमा ३ दिनभित्रमा प्रहरीले ३ सय ८ जनालाई कारबाही गरेको हो।...

कोशी सांस्कृतिक प्रतिष्ठानले गर्यो विराटनगरमा बृहत सांस्कृतिक कार्यक्रम

विराटनगर, १५ फागुन । कोशी सांस्कृतिक प्रतिष्ठान नेपालले विराटनगर बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । प्रतिष्ठानले सहिद सप्ताहको सन्दर्भ पारेर कार्यक्रम गरेको हो । सो अवसरमा विराटनगर–१ स्थित विष्णुमाया पुस्तकालय परिसरमा कार्यक्रम आयोजना गरिएको...

आज थपिए ३२३ कोरोना संक्रमित, देशभर ३ हजार २३५ जनामा संक्रमण पुष्टि

काठमाडौं, २४ जेठ-नेपालमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । शुक्रबार २ जनामा ७८ जनामा कोरोना संक्रमण देखिएकोमा शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका...

प्याब्सन स्पोर्ट्स मिटको उपाधि पूर्वाञ्चल र सगरमाथालाई

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमी र विराटनगरको सगरमाथा स्कुलले जितेको छ । आइतबार राती सम्पन्न भएको प्रतियोगितामा जुनियरतर्फ पूर्वाञ्चल र सिनियरतर्फ सगरमाथा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्