कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तार, काँग्रेसका चार मन्त्रीले लिए शपथ

 न्यूज विराट
कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तार, काँग्रेसका चार मन्त्रीले लिए शपथ

विराटनगर । कांग्रेस–एमालेबिच बनेको सत्ता गठबन्धनको अढाई महिनापछि नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छ । आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसका तर्फबाट तीन मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरेका हुन् ।
यद्यपि अझै एक मन्त्रालय भने खाली राखिएको छ । नवनियुक्त मन्त्रीहरूमा काँग्रेसबाट भूपेन्द्र राई भौतिक पूर्वाधार विकास मन्त्रालय, खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहकारी मन्त्रालय, सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।

उनीहरूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आजै बिहान पद तथा गोपनीयताको शपथ खुवाएका छन् । मन्त्रीमण्डलमा काँग्रेसबाट ४ जना थप भएसँगै कोशी प्रदेशको मन्त्रीमण्डलको संख्या १० पुगेको छ ।

कांग्रेसबाट नियुक्त भएका मन्त्रीहरूमध्ये राई र राजवंशी नेता कृष्ण सिटौला समूहबाट र हाङ्गाम र मण्डल संस्थापन समूहबाट छानिएका हुन् । नेता डाक्टर शेखर कोइराला समूहका लागि १ जना मन्त्री र १ राज्यमन्त्री बनाउने बताइएको छ । यद्यपि उक्त समूहबाट नाम नगएकोले स्वास्थ्य मन्त्रालयलाई खाली राखेर अरू मन्त्री नियुक्त भएका हुन् ।

यसअघि नै एमालेबाट रामबहादुर मगर आर्थिक मामिला तथा योजना, पाँचकर्ण राई सामाजिक विकास, एकराज कार्की खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्री र सिर्जना राई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा राज्यमन्त्रीको रूपमा नियुक्त भइसकेका छन् ।

सम्बन्धित समाचार

बीपी प्रतिष्ठानमा थप दुई संक्रमितको मृत्यु

विराटनगर, १ कात्तिक-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड अस्पतालमा शुक्रबार साँझ झापा र सुनसरीका एक/एक संक्रमितको मृत्यु भएको हो ।   प्रतिष्ठानको कोभिड अस्पतालमा २९...

भ्रम फैलाउने १७ अनलाइन बन्द

कोरोना भाइरसबारे भ्रम फैलाउने गरी समाचार संप्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालले १७ वटा अनलाइन सञ्चार माध्यम बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ । काउन्सिलले १० चैतदेखि १६ चैतसम्मको अवधिमा भाइरसबारे विभिन्न भ्रम फैलाएको...

अब विराटनगरबाटै ड्राइभिङ लाइसेन्सको लिखित र ट्रायल

विराटनगर, १२ साउन । अब प्रदेश १ को राजधानी विराटनगरबाटै सवारी चालक अनुमति पत्रको लिखित र प्रयोगात्मक परिक्षा हुने भएको छ । प्रदेश १ यातायता व्यवस्था तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेको यातायात व्यवस्था कार्यालय विराटनगरबाट...

यात्रुबहाक बसमा आगजनी गरेको आरोपमा पाँच जना पक्राउ

विराटनगर । दुर्घटनापछि यात्रुबहाक बसमा आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । मोरङको उर्लाबारी नगरपालिका – ३ नयाँ मंगलबारे सडक खण्डमा यात्रुबाहक बसमा आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई शनिबार पक्राउ गरेको...

कार्यदलका नेताहरू ओली-प्रचण्ड भेट्दै

काठमाडौं, २१ कात्तिक-नेकपाभित्र विवाद चर्किदै गएपछि दोस्रो तहका केही नेताहरू सक्रिय हुने प्रयासमा लागेका छन् । नेकपा सचिवालयले गत साउनमा गठन गरेको विवाद समाधानको सुझाव कार्यदलका सदस्यहरू सक्रिय हुन लागेका हुन् ।  अध्यक्षद्वय  केपी शर्मा...

देशकै पहिलो प्राविधिक विश्वविद्यालयलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने प्रतिबद्धता

आषिका लम्सालविराटनगर । प्रदेश १ का सांसद जीवन अचार्यले देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।विहिवार बधाई कार्यक्रममा बोल्दै मोरङ क्षेत्र नम्बर ६ (१) बाट प्रदेश सभामा प्रत्यक्षतर्फ...

मोरङमा एकै दिन ११६ जना नक्कली परीक्षार्थी पक्राउ

विराटनगर । मोेरङको तीन वटा परीक्षा केन्द्रबाट ठूलो संख्यामा एकै दिन नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मोरङको झोराहाट, केराबारी र हरैचाबाट ११६ जना आज सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्र्थी भेटिएको मोरङ प्रहरी प्रमुख...

थप १८७ जनाले जिते कोरोना, डिस्चार्ज हुनेको संख्या ८६१ पुग्यो

काठमाडौं, २९ जेठ-नेपालमा २४ घण्टाको अवधिमा उपचारपछि निको भएर १ सय ८७ जना कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न आइसोलेसन सेन्टरमा उपचार गराइ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्