बीपी प्रतिष्ठानमा थप दुई संक्रमितको मृत्यु - News Birat

बीपी प्रतिष्ठानमा थप दुई संक्रमितको मृत्यु

न्यूज विराट
विराटनगर, १ कात्तिक-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड अस्पतालमा शुक्रबार साँझ झापा र सुनसरीका एक/एक संक्रमितको मृत्यु भएको हो ।  

प्रतिष्ठानको कोभिड अस्पतालमा २९ असोजमा कोरोना पोजिटिभ देखिएका झापा शिवगढी- ११ का ५६ वर्षीय पुरुषको शुक्रबार साँझ ७:४५ बजे मृत्यु भएको हो ।

त्यस्तै, शुक्रबार साँझ ७:१५ बजे धरान- १५ का ६५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठका अनुसार २८ असाेजमा कोरोना पुष्टि भएका मृतक पुरुषको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

योसँगै प्रदेश-१ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ । जसमध्ये १६ जना प्रदेश १ बाहिरका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles