देशकै पहिलो प्राविधिक विश्वविद्यालयलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने प्रतिबद्धता
शुक्रबार, २२ पुष, २०७९,
न्यूज विराट
आषिका लम्साल विराटनगर । प्रदेश १ का सांसद जीवन अचार्यले देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । विहिवार बधाई कार्यक्रममा बोल्दै मोरङ क्षेत्र नम्बर ६ (१) बाट प्रदेश सभामा प्रत्यक्षतर्फ निर्वाचित माओबादी केन्द्रका सांसद आर्यायले देशकै पहिलो प्राविधिक विश्वविद्यालय आफनै क्षेत्रमा स्थापना भएको र त्यसलाई अन्तराष्ट्रिय स्तरमा चिनाउनेगरी स्तरोन्तीमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । बधाई ज्ञापनगर्दै प्राविधिक विश्वविबद्यालयका पदाधिकारीहरुले प्रदेश १ सरकारले स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वबिद्यालयलाई अन्तराष्ट्रिय स्तरमा चिनाउनेगरी स्तारोन्तीमा पह गरिदिन आग्रह गरेका थिए । सांसद आर्यायलाई बधाई ज्ञापनगर्दै मनमोहोहन प्राविधिक विश्वविद्यालय (एमटियु) का उपकुलपति डा. सुभाषश्री आचार्यले संघ र प्रदेश सरकारसँगै सबै दल र स्थानियबासीको सहयोग प्राप्त गरिरहन सके देशकै पहिलो एमटियु केही बर्षमा सार्कस्तरमा परिचत हुन सक्ने बताए । उनले त्यसका लागि मेडिकल टेक्निोलोजी लगागतका विभिन्न बिषयत कक्षाहरुको पठनपाटन थप सुरु गर्न लागेको जानकारी गराए । उनले तुरुन्तै एएटा प्रादेशिक अस्पताल हस्तान्तरण नहुँदा स्वास्थ्यतर्फको पठनपाठन गर्न नसकेको बताए । ‘पहिले कोशी कोभिडका रुपमा स्थापना भएको अस्पताल प्राप्त गर्नसके हामी स्वास्थ्यतर्फ प्राविधिक तहको उच्च कक्षाको पठनपाठन गराउन सक्ने थियौ तर हालसम्म तीनबटै मुख्यमन्त्रीबाट आश्वासन मात्र पायौ ,’ उपकुलपति पोखरेलले सांसद आचार्यसँग आग्रह गरे । उपकुलपति पोखरेलले देशकै पहिलो प्राविधिक विश्वविद्यालय प्रदेश १ सरकारको मात्र नभएर संघको पनि गौरब भएकोले थप विषयत शैक्षिक कार्यक्रमहरु सञ्चालन र पुर्वाधार विकासमा सहयोगको अपेक्षा रहेको सुनाए । उनका अनुसार एमटियुले चाँडै हेल्थपोलिसी एण्ड मेनेजमेन्ट , रेल्वे र हाईटेक ब्रिजदेखी टनेल अनि ईन्फास्टकचरल र्ईन्जिनियरिङ लगायतका विषयहरु पठनपाठन गराउने अन्तिम तैयारी भैरहेको बताए। बधाई ग्रहण गर्दै सांसद आचार्यले आफु बढेपढेकै ठाउँमा स्थापना भएको देशकै पहिलो प्राविविधिक विश्वविद्यालयको स्तरान्ती गराई अन्तराष्ट्रिय स्तरमा चिनाउने काममा आफु सक्रृय भएर लाग्ने बताए । उनले मनमोहन प्राविधिक विश्वबिद्यालय कुनै एक पार्टी वा नेताको नभएर समग्र देशको भएकोले आफनोतर्फबाट स्तरोन्तीमा सक्दो सहयोग हुनसक्ने प्रतिबद्धता गरे । उनले भने, ‘म हुर्के बढेको ठाउँमा स्थापना भएको विश्वविद्यालयको संरक्षणमा सहयोग गर्ने जिम्मेवारी मेरोपनि हो । यसैले सबैको योजनाअनुसार म अगाडी बढछु ।’
बधाई कार्यक्रममा प्राविधिक विश्वविद्यालयका संरक्षण समिति सदस्य तथा सभासद सत्यनारायण चौधरी , राजनकेसी , बलभद्र थारु , माओबादी केन्द्र मोरङका संयोजक विजय विश्वास लगायतले प्राविधिक विश्वविद्यालयको स्तरोन्ती भएमा सुगम भनेर चिनिएपनि पछाडी पारिएको सिमान्तकृत समुदाय बस्ने पालिकाहरुको मात्र नभएर समग्र देशकै विकासमा योगदान पुग्ने बताए । प्रदेश सरकारले २०७६ मा कानुन बनाएर मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा केन्द्रिय कार्यालय रहेको मनमोहन प्राविधिक विश्वबिद्यालयमा गत शैक्षिक सत्रदेखी स्नातक तहमा सिभिल र इलेक्ट्रिक एण्ड ईलेक्ट्रिोनिक्स बिषयमा पठनपाठन भैरहेको छ । यो विश्वविद्यालयले आगामी दशबर्ष भित्र विभिन्न दश भन्दा बढि प्राबिधिक बिषयमा पिएचडीसम्मको पठनपाठन सुरु गराउने लक्ष्य लिएको छ ।
विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...
विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...
विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...
विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...