विराटनगर । मोरङको कटहरी–१ स्थित कृषि थोक बजारमा कृषि एक्स्पो २०८१ सुरु भएको छ । बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले एक्स्पोको उद्घाटन गरेका हुन् । विराटनगरमा लाग्दै आएका विभिन्न व्यापार मेला भन्दा फरक कृषि एक्स्पो आधुनिक खेती प्रणालीका लागि प्रयोग हुने उपकरण औजारदेखि उन्नत प्रवृधिबाट उत्पादन भएका तरकारी, फलफूल तथा बीउबीजनको आकर्षणले भरिएको छ । कृषि थोक बजारको सुन्दर प्राङगणमा आकर्षक तवरले बनाइएको स्टलमा पहाडका खाद्य तथा नगदे बालीका स्टल रहेका छन् । तराईमा संस्थागत तवरले भईरहेको खेती प्रणालीदेखि पशुपालन व्यवसाय समेत झल्कने वस्तुहरु राखिएको छ । पहाड र हिमालमा उत्पादन हुने चीज, घ्यू, राडीपाखी, अल्लो कपडा, अलैंची र एभोकार्डो, काँक्राफर्सी, मह–अचारदेखि हुम्ला–जुम्लाको स्याउ र इलामको किबी जुस समेत मेलामा राखिएको छ । यसैगरी दशैं नजिकीएसँगै घरमा आवश्यक पर्ने दाल समेत मेलामा रहेका छन् । भोजपुरको खुकुरी र शहरका घरमा तरकारी खेतीका लागि आवश्यक पर्ने नयाँ प्रविधि समेत रहेको छ ।
कोशी प्रदेशको प्रादेशिक अर्थतन्त्रको एकतिहाई भन्दा बढि हिस्सा ओगट्ने कृषिजन्य उत्पादनको प्रवद्र्धन र विस्तारको सम्भावनालाई मध्यनजर गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले मेला आयोजना गरेको हो । उत्पादन वृद्धि , बजारीकरण, मूल्य अभिवृद्धिको विकास गरी रोजगारी सिर्जना हुने अपेक्षा एक्स्पोबाट पुरा हुने विश्वास राखिएको छ । कोशी प्रदेश , कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालयल र नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रिय कार्यालयले प्रवद्र्धन गरेको यस एक्स्पोमा नवीनतम् औजार, यन्त्र तथा प्रविधि,कृषि उपज वस्तु, भेटनरी, अलैंची, डेरी लगायतको प्रदर्शनी रहेको छ भने कृषि विज्ञसंग छलफल तथा सेमिनार, नयां नयां अनुुुसन्धान र परियोजनाहरुको प्रस्तुती गर्ने कार्यक्रम छ ।
नेपालकै मुख्य कृषि उत्पादन क्षेत्र हो । नेपालबाट र्नियात हुने अलैची, चिया, अदुवा, अम्लिसो, तरकारीहरु, दुध, मासु, छुर्पि र जडिबुटीहरुको मुख्य उत्पादन क्षेत्र कोशी मानिन्छ । नेपालबाट बिदेश निर्यात हुने अलैची ९० प्रतिशत, चिया ९९ र अदुवा ३३ प्रतिशत भन्दा ठूलो हिस्सामा प्रदेशको योगदान रहेको छ । त्यसरीनै देशको खाद्यान्न आपूर्तिको मुख्य क्षेत्र पनि कोशी नै हो । प्रदेशले आफुलाई पुर्याएर बढि भएको तिन लाख मेट्रिक टन भन्दा बढी खाद्यान्न देशको अन्न भण्डारमा योगदान दिन्छ । कोशीबाट बेमौसमी तरकारी भारततर्फ र केरा लगायतका फलफुल काठमाण्डौ तथा अन्य सहरी क्षेत्रमा निर्यात हुने गरेको छ । मासु, दुध, चीज, छुर्पि जस्ता उत्पादनमा अगाडी छ । बंगुर पालनमा यो क्षेत्रको योगदान ३७ प्रतिशत रहेको छ ।
माछा, मासुको माग बढे संगै कुखुरा तथा माछा पालनमा आकर्षण बढ्दै गएको छ । देशमा रहेका कृषि उत्पादन प्रशोधन गर्ने धेरै उधोगहरु यो प्रदेशमा रहेका छन । जसमध्ये धान चामल, जुट, दुध प्रशोधन, चिया, पशुदाना, मैदा तथा फलफुल तरकारी प्रशोधन गर्ने उधोगहरु मुख्य रहेका छन ।
काठमाडाैं, १५ जेठ-सरकारले युवा तथा खेलकुद क्षेत्रका लागि बजेट घटाएको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन...
काठमाडौं, १४ कात्तिक-धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि बडादसैं समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष...
काठमाडौं, ३ असार-भारत र चीनबीचको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघले चासो व्यक्त गरेको बताइएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा चासो व्यक्त गरेका हुन् । भारत र चीनबीचको सीमामा भएको विवाद र...
पोखरा, २ वैशाख-पोखरा महानगरपालिकाले कास्कीका ४ वटै गाउँपालिकालाई स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री पीपीई प्रदान गरेको छ । पोखरा महानगरपालिकाले रूपा, मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकालाई १०/१० थान पीपीई मंगलबार प्रदान गरेको हो ।...
प्रदेश १ सरकारले आगामी १ असारदेखि लकडाउनको मोडालिटी परिर्वतन गर्ने भएको छ । मोरङको धनपालथान-५ दादरवैरीया स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको ८ कोठे भवनको आज शिलान्यास गर्दे प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले...
विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...
काठमाडौं, जेठ ९- पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार आज उक्त संख्यामा संक्रमितले कोरोनालाई परास्त गर्नुभएको हो । सोही अवधिमा ७...
विराटनगर । पेट्रोलियम डिलर्स एशोसिएसन कोशी विराटनगरले अग्नी नियन्त्रक र चालकलाई सम्मान गरेको छ । विराटनगरमा सोमबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । यसरी सम्मानित हुनेहरुमा अग्नी नियन्त्रक रमेश मेहता, प्रकाश कोइराला र...