माग पूरा गर्ने प्रतिवद्धतापछि पूर्व मुख्यमन्त्री केदार कार्कीले तोडे अनसन
बुधबार, २६ भदौ, २०८१,
न्यूज विराट
विराटनगर । माग पूरा गर्ने सरकारी प्रतिबद्धता पछि कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन तोडेका छन् । प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले अनशनस्थलमा पुगेर मागहरू पूरा गर्ने लिखित प्रतिबद्दता जारी गरेपछि कार्कीले बुधबार रातीबाट अनसन तोडेका हुन् ।
उनले उठाएका मग पूरा गर्न कोशी सरकार तयार भएपछि विराटनगर ६ निवासी निर्मला शर्माका ४२ दिनको शिशुको हातबाट जुस खाइ कार्कीले अनसन तोडेका हुन् । सरकारको सन्देश दिन आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर र आन्तरिक मामिला तथा कानुन मन्त्री लीला वल्लभ अधिकारी वार्ता स्थलमा आएका थिए । मन्त्री अधिकारीले भने, ‘कार्कीले उठाएका माग पुरा गर्न सरकार सकारात्मक छ ।’ पूर्व मुख्यमन्त्री कार्कीले सरकार आफ्ना माग पूरा गर्न सहमति भएकोले अनसन तोडेको बताए । जनप्रिय कार्यक्रमहरु कटौती भएको भन्दै कार्कीले मंगलबारबाट कोसी प्रदेश सभा नजिकै देवकोटा चोकमा आमरण अनसन शुरु गरेका थिए । प्रदेश सरकार र कार्की पक्षका प्रतिनिधिबीच सांझ विराटनगरमा वार्ता भई माग पूरा गर्ने विषयमा सहमति जुटेको थियो । वार्तामा सहभागी नेपाली कांग्रेस विराटनगर महानगर कमिटीका सभापति दीपक चापागाईले कार्कीले उठाएका माग सम्वोधन गर्न कोसी प्रदेश सरकार सहमत भएको जानकारी दिए। वार्ताको नेतृत्व मुख्यमन्त्री हिक्मत कार्कीले गरेको र उठेका माग सम्वोधन गर्न सरकार तयार रहेको प्रतिबद्धता जनाएका थिए । पूर्व मुख्यमन्त्री कार्कीले कोसी सरकारले १० वर्षमुनिका बालबालिकाको नि : शुल्क उपचार कटौती गरेको, गरिब जेहेन्दार विद्यार्थीलाई दिने छात्रवृत्ति हटाएको, महिला स्वयं सेविकाको प्रोत्साहन भत्ता रोकेको, सुकुम्वासीलाई जग्गा खरिद गर्दा दिने बैंक ब्याज अनुदान सम्बन्धी व्यवस्था बजेटमै कटौती गरेको आदि विषयमा विरोध जनाउँदै कार्कीले आमरण अनसन शुरु गर्नुपरेको बताएका थिए ।
काठमाडौं, १८ पुस । नेपाली सेनाले २ सय २९ जना अधिकृत क्याडेटमा दरखास्त माग गरेको छ।नेपाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले अधिकृत क्याडेटमा भर्नाका लागि दरखास्त माग गरेको हो।नयाँ माग अनुसार १२० जना खुला,...
काठमाडौं, २३ जेठ । सरकारले कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाएकालाई दोस्रो मात्रा अस्ट्राजेनेकाकै खोप दिने निर्णय गरेको छ । फागुन २३ देखि चैत्र १० गतेसम्म कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई यो खोप दिन लागिएको हो ।...
काठमाडौं । पाकिस्तानले आर्थिक संकटसँग जुध्नका निमित्त संयुक्त राज्य अमेरिकासँग मद्धतको अपिल गरेको छ । अन्तर्राष्ट्रिय संचार माध्यम रोयटर्सका अनुसार पाकिस्तान आर्मीका चिफ कमर जावेद बाजवाले अमेरिकाका उप-विदेश मन्त्री वेन्डी सरमनसँग अन्तराष्टिय मुद्रा कोषबाट पाकिस्तानलाई...
प्रदेश १ को प्रदेशसभाको बैठक आउँदो २५ माघका लागि आह्वान भएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार सूचना जारी २५ माघका लागि बैठक आह्वान गरेको जानकारी दिएका हुन् । प्रदेशसभाको हिउँदे अधिवेशन ७ माघबाट...
विराटनगर । कोशी प्रदेश स्तरीय प्रथम भारोत्तोलन प्रतियोगिता सम्पन्न भएको छ । कोशी खेलकुद विकास बोर्डले जिल्ला खेलकुद विकास समिति मोरङको संयोजकत्वमा विराटनगरमा पहिलो पटक भारोत्तोलन प्रतियोगिता आयोजना गरेको हो ।्प्रतियोगितामा ५५ केजी समूहमा मोरङका...
विराटनगर । याक्सिगुम मिडिया प्रालिको ब्यानरमा निर्मित पहिलो याक्खा हाक्पारे भिडियो ‘ओम्माङ्बा’ सार्वजनिक भएको छ । सोमबार सुनसरीको धरानमा एक कार्यक्रम आयोजना गरी उक्त भिडियो सार्वजनिक गरिएको हो । गोकुल सोम्याहाङ्गद्वारा निर्मित उक्त भिडियोमा देउ...
विराटनगर। विनायक बोर्डिङ सेकेण्डरी स्कुलको विनायक स्काउट ट्रुपद्वारा आयोजित स्काउट एक रात दुई दिनको क्याम्प २०८१ को आज उद्घाटन भएको छ। स्काउटिङ मार्फत शान्ति र एकता भन्ने मूल नाराका साथ आयोजित यस क्याम्पको उद्घाटन प्रमुख...
काठमाडौं, ९ फागुन । बैंकिङ कसुरको आरोपमा ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् । काठमाडौंको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री गर्ने रिटेल शप ग्रीनलाइनका सञ्चालन अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो । चेक बाउन्स भएपछि...