विद्यार्थीलाई प्रविधिसँग जोड्दै रोटरी क्लब अफ विराटनगर
आइतबार, १६ भदौ, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित जनता माविकी कक्षा १२ मा अध्ययरत छात्रा दुर्गा यादव अहिले मज्जासँगले कम्प्युटर चलाउन सक्ने भएकी छिन् । उनले कम्प्युटरबाट अंग्रेजी र नेपाली टाइपसँगै एक्सल पनि चलाउन थालेकी छिन् । कम्प्युटर राम्रोसँग चलाउन सक्ने भएपछि उनी विद्यालयको इमेल आइटि पनि बनाइदिने गरेकी छिन् । उनले करिब एक महिना कम्प्युटर तालिम दिएपछि राम्रोसँग कम्प्युटर चलाउन थालेकी हुन् । यसरी दुर्गा सँगै सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई प्रविधिसँग जोडेर पिछडा सामुदायलाई सशक्तिकरण बनाउने काम रोटरी क्लब अफ विराटनगरले सुरु गरेको छ । रोटरी क्बलले विराटनगरको जनता मावि र मिल्स माविमा अध्ययरत विद्यार्थीहरुलाई प्रविधिसँग जोडेर अगाडी बढाएको क्बलका अध्यक्ष मनोज विक्रम शाहले जानकारी दिए । पहिलो चरणमा २० जना सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई कम्प्युटर तालिम दिएको उनले सुनाए । ‘तालिम लिएका विद्यार्थीहरुले अहिले राम्रोसँग कम्प्युटर चलाएर प्रविधिको ज्ञान हासिल गरेका छन् । हामीले शिक्षाको ज्योती छर्दै विद्यार्थीहरुलाई प्रविधिमा जोड्ने कामको सुरुवात गरेका छौं ,’ उनले भने । शाहले रोटरीमा आफ्नो कार्यकालमा ८ समूह गरी करिब २ सय जना विद्यार्थीहरुलाई कम्प्युटर तालिम दिएर प्रविधिमा अब्बल बनाउने योजना रहेको सुनाए । पहिलो चरणको तालिमबाट २० जना विद्यार्थीहरुले प्रविधिको बारेमा जानकारी पाएका छन् । ‘केही दिन भित्रमा फेरी दोस्रो चरणको कम्प्युटर तालिम सुरु हुनेछ । यो तालिममा सामुदायिक विद्यालयहरुमा अध्ययरत विद्यार्थीहरुले सहभागि हुनेछन्,’ उनले भने, ‘एउटा समूहमा २० जना विद्यार्थी सहभागि हुनेछन् । ’ विद्यार्थीहरुलाई कम्प्युटर सिकाउन क्लबले छुट्टै टिचर राखेको छ । विद्यार्थीहरुलाई प्रविधिसँग जोडेर रोजगारमुखि शिक्षा प्रदान गर्नको लागि रोटरीले यस्तो अभियानको सुरुवात गरेको अध्यक्ष शाहले बताए । रोटरी क्लबका अध्यक्ष शाह विराटनगरको सामाजिक क्षेत्रमा सक्रिय युवा हुन् । स्कुल व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका उनी आफै पढेको जनता नमूना स्कुलको सुधारमा खटिएका छन् ।
पहिलो चरणमा कम्प्युटर तालिममा सहभागि भएका विद्यार्थीहरुलाई आइतबार प्रमाणपत्र वितरण गरिएको छ । कार्यक्रममा बोल्दै शाहले शिक्षा र स्वास्थ्यसहित दैवीप्रकोप र आपतकालिन सेवातर्फ काम गर्ने बताए । आउँदो एक वर्षमा क्लवले अल्पकालिन र दीर्घकालिन खाले योजना संचालन गर्ने उनको भनाई छ ।
कार्यक्रममा पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति डा. विजु कुमार थपलियाले आजको आवश्यकता प्रविधिमैत्री शिक्षा भएकोले रोटरीले विद्यार्थीहरुलाई दिएको तालिम एकदमै लाभदाय रहेको बताए । प्रविधीसँग जोडेर विद्यार्थीहरुको शिक्षण सिकाइ उपलब्धी मुलक बनाएर अगाडी बढनुपर्ने उनले बताए । ‘शिक्षाको सार्थक परिणामका लागि प्रविधिसँगै शिक्षालाई अद्यावधिक गर्नसके शैक्षिक रुपान्तरण गर्न सहज हुने छ,’ उनले भने , ‘प्रविधिसँग जोडेर विद्यार्थीहरुलाई रोजगारमुखी शिक्षा आजको आवश्यकता हो ।’
विराटनगर,१२ भदौ । नेपाली कांग्रेस(विपी)का केन्द्रीय सभापति शुशिलमान शेरचनले आफ्नो पार्टीलाई जनताले आगामी निर्वाचनबाट राष्ट्रिय पार्टी बनाउने बताएका छन् । विराटनगरमा आज पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै सभापति शेरचनले पार्टीले संघीउ संसदको १६५ निर्वाचनमा उम्मेदवार उठाउने...
विराटनगर । नेपाल प्रहरीले अन्तर्वार्तामा पास गराउने भन्दै रकम असुली गर्नेहरुबाट सावधान रहन अनुरोध गरेको छ । नेपाल प्रहरीले एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो । २६ गते प्रहरी जवान पदको विज्ञापन भई...
विराटनगर, माघ २८–नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरी नेपालकै होचो भूभाग कचनकवलमा तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । कचनकवल गाउँपालिका खेलकुद विकास समितिको विशेष सहयोग तथा बनियानी युवा क्लबको आयोजनामा सुरु...
काठमाडौं, १४ मंसिर-चिनियाँ रक्षामन्त्री तथा पहिलो वरियताका स्टेट काउन्सिलर वेई फेङ औपचारिक भ्रमणका सिलसिलामा नेपाल आइपुगेका छन् । रक्षामन्त्री वेई २० सदस्यीय प्रतिनिधिमण्डलसहित केहीबेरअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । नेपाल भ्रमणका क्रममा रक्षामन्त्री वेईले प्रधानसेनापति...
काठमाडौं, २३ असार-नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षत्री नियुक्त भएका छन् । क्षत्रीलाई सोमबार बसेको मन्त्रिपरिषदकाे बैठकले आईजीपीमा नियुक्त गरेको हो । क्षत्री नेपाल प्रहरीका २८औँ आईजीपी हुन्...
विराटनगर, फागुन २२–विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाईरसको उच्च जोखिममा समावेश गरेपछि मुलुकभर यतिबेला ‘मास्क’ को कृतिम अभाव सृजना भएको छ । कोरोना भाइरस संक्रमणबाट बच्नका लागि सतर्कता अपनाउँदै सवैले ‘मास्क’ को प्रयोग गर्न थालेपछि...
काठमाडौं, १५ पुस-प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वाेच्च अदालतमा परेका निवेदनमाथिकाे सुनुवाइ भाेलि हुने भएकाे छ । आज पालाे नआएकाले सुनुवाइ भाेलिका लागि ताेकिएकाे वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए । ‘समय अभावका कारण आज...
विराटनगर । नेकपा एमाले कोशी प्रदेशका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार मुख्यमन्त्री नियुक्त गरेर शपथ ग्रहण गराउने भएका छन् । प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरी शुक्रबार साँझ ६...