मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध निवेदनमाथिकाे सुनुवाइ भोलिलाई सारियो - News Birat

मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध निवेदनमाथिकाे सुनुवाइ भोलिलाई सारियो

न्यूज विराट

काठमाडौं, १५ पुस-प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वाेच्च अदालतमा परेका निवेदनमाथिकाे सुनुवाइ भाेलि हुने भएकाे छ । आज पालाे नआएकाले सुनुवाइ भाेलिका लागि ताेकिएकाे वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए । ‘समय अभावका कारण आज पालाे आएन, सुनुवाइ भोलि हुने छ’, उनले भने।

सर्वोच्चले न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई एकल इजलासका लागि तोकिसकेको छ । वरिष्ठ अधिवक्ता त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीले दायर गरेका निवेदन एकल इजलासमा सुनुवाइ हुने छ ।  निवेदनमा अधिवक्ताहरूले प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा गरेको सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्न नमिल्ने दाबी गरेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles