त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीका कपडा बरामद, विराटनगरका बब्लु अग्रवालले पठाएको खुलसा
सोमबार, १० भदौ, २०८१,
न्यूज विराट
विराटनगर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सशस्त्र प्रहरीले चोरीपैठारीको आशंकामा १० पोका कपडा बरामद गरेको छ । आइतबार विराटनगर विमानस्थलबाट यति एयरलाइन्सको उडानबाट कार्गोमार्फत पठाइएको १० वटा पोकामा रहेको तयारी कपडा सशस्त्र प्रहरी बल नेपालको राजस्व अनुसन्धान विभाग हरिहर भवनमा तैनाथ राजस्व प्रहरीले नियन्त्रणमा लिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सो कपडा बरामद भएको हो ।
१० पोका कपडा बरामद भएको राजस्व अनुस्न्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले पुष्टि गरेका छन् । ‘कपडा बरामद गरेर अनुसन्धान भइरहेको छ । कसले पठाएको हो । त्यस विषयमा हामी गहन अनुसन्धान सुरु गरेका छौं,’ उनले भने, ‘बरामद गरेको बिलबिजक पनि भेटिएको छैन । यस विषयमा थप अनुसन्धानपछि भन्न सकिन्छ ।’ बरामद भएको कपडा विराटनगरमा तस्करीको धन्दा चलाउने बल्लु अग्रवालको रहेको बुझिएको छ । मोरङमा कडाइ गरेपछि उनले सुनसरीको सीमावर्ती क्षेत्रबाट तस्करीको कपडा विराटनगर गोदाममा ल्याउने र काठमाण्डौ पठाउने गरेका छन् । उनले दुई दर्जन बढी भरिया प्रयोग गरि भारतबाट अवैध रुपमा क्यारिङमार्फत कपडा ल्याउने र काठमाण्डौसहित पुर्वको विभिन्न सहरमा पठाउने गरेका छन् ।
काठमाडौं, ४ बैशाख-प्रहरी दबंग शैलीमा उत्रिन खोज्दा डाक्टरमाथि नै लाठी चार्ज भएको छ । बुधबार राति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत ३ जना डाक्टरमाथि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज प्रहरीले लाठी चार्ज गरेको हो । प्रहरीको...
विराटनगर, १६ फागुन । मोरङको जहदाका एक व्यक्ति बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जहदा गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्र सरबरीया रहेका छन् । उनीमाथि गत फागुन ११ गते स्थानीय...
विराटनगर, १६ मंसिर । सुनसरी ईटहरी उप-महानगरपालिका ६ स्थितबाट ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईटहरी ४ पान्धारे का ३० बर्षिय सन्तोष श्रेष्ठ रहेका छन् । हिजो बेलुका साढे ६ बजे...
काठमाडौं, १० जेठ-भारतका वरिष्ठ वामपन्थी पत्रकार आनन्द स्वरुप बर्माले नेपालले हालै आफ्नो नक्सामा सामेल गरेको भूभाग नेपालकै भएको बताएका छन् । आजतकसँगको कुराकानीमा वरिष्ठ पत्रकार बर्माले यो क्षेत्रमा सन् १९६२ मा भएको भारत–चीन युद्धमा तत्कालीन...
काठमाडौं, ३० चैत-विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर निक्कै खस्कने रिपोर्ट सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक भएको रिपोर्टअनुसार नेपालको आर्थिक वृद्धिदर जम्मा १ दशमलव ५ प्रतिशतदेखि दुई दशमलव ८ प्रतिशतमा सीमित हुने भएको...
विराटनगर, २८ साउन । विधि सम्मत ढंगले तोकिएकै समयमा महाधिवेशन गर्न र फर्जी क्रियाशील सदस्य खारेजीको माग गर्दे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास अघिल्तिर युवा कांग्रेस नेता विद्यार्थीले प्रदर्शन गरेका छन् । युवाको नेतृत्व १...
बिराटनगर । बिराटनगर रानी स्थित सिमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीद्वारा कडाईका साथ चेकजाँच सुरु गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको “सुरक्षा सुनिश्चितता अभियान २०८०“ अन्तरगत नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी...
विराटनगर,२५ साउन । जिल्ला समन्वय समिति मोरङको तेस्रो जिल्ला सभा आजदेखि यहाँ शुरु भयो । सो अवसरमा समन्वय समितिका प्रमुख अजम्वजर राई, उपप्रमुख उषा झाले समितिका पूर्व उपप्रमुख प्रकाशकुमार साह एवं पूर्व सदस्यहरुलाई सम्मान पत्रद्वारा...