भारतको पत्र : लिम्पियाधुरा–गुन्जी–कालापानीमा नेपालीलाई पस्न नदेऊ

 न्यूज विराट
भारतको पत्र : लिम्पियाधुरा–गुन्जी–कालापानीमा नेपालीलाई पस्न नदेऊ

काठमाडौं, १२ साउन-भारतले नेपालले हालै आफ्नो नक्सामा समेटेको भूभाग लिम्पियाधुरा, गुन्जी र कालापानी क्षेत्रमा नेपालीलाई प्रवेश गर्न नदिन पत्र पठाएको छ । भारतको धार्चुला उपजिल्लाधिकारीले नेपालको जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र लेख्दै नेपालीलाई सो क्षेत्रमा प्रवेशमा रोक लगाउन आग्रह गरेको हो । 

पत्रमा गुन्जी, कालापानी, लिम्पियाधुरालाई भारतीय क्षेत्र भएको दाबी गरेको छ । पत्रमा भनिएको छ, ‘विभिन्न नेपाली गुट/समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रूपमा लुकीछिपी सीमा पार गरेर मिडियाको ध्यान आकृष्ट गर्न चाहन्छन्, जसबाट दुवै देशको प्रशासनलाई हैरान बनाउन सकियोस्,’ पत्रमा लेखिएको छ, ‘अतः यस प्रकारका कुनै सूचना तपाईंहरूलाई प्राप्त भयो भने त्यसको जानकारी तत्काल दिने कष्ट गरिदिनुहोला ।’

नेपालले आफ्नो भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले त्यसप्रति आपत्ति जनाउँदै आएको छ । भारतले लामो समयदेखि कब्जा गरेको यो क्षेत्रलाई आफ्नो दाबी गरिरहेको छ ।

सम्बन्धित समाचार

विराटनगर महानगरमा सरसफाई अभियानलाई तीब्रता

विराटनगर, २४ भदौ । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सरसफाई अभियानलाई तीव्रता दिएको छ । प्रत्येक शुक्रबार विहानको समयमा सरसफाई अभियान अनुसार आज विराटनगर महानगरपालिकाको बस पार्क क्षेत्रमा सफाई अभियान सञ्चालन गरियो । बस पार्क टोल...

भारतीय न्युज च्यानल प्रसारण रोक्ने निर्णय

काठमाडौं, २५ असार-विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा...

लुकेर घर फर्कन लागेका ११ भारतीय मुस्लिम धर्मावलम्बी पक्राउ

महोत्तरी, २२ वैशाख-महोत्तरीमा लकडाउन उल्लंघन गर्दै सीमा पार गर्न लागेका ११ भारतीय मुस्लिम धर्मावलम्बीलाई पक्राउ गरिएको छ । जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ मुस्लिम धर्मावलम्बीलाई आज बिहान नेपाल प्रहरी...

चीनमाथि अमेरिकी धम्कीपछि आईएमएफले दियो चेतावनी

एजेन्सी, बैशाख २७-अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले वैश्विक अर्थव्यवस्थामा आउने गिरावटबारे यसअघि गरिएको अनुमान अझै कम हुने संकेत दिएको छ । आईएमएफले चीन र अमेरिकालाई पुनः व्यापारिक युद्धमा नअल्झन चेतावनी दिँदै यसबाट कोरोना भाइरस (कोभिड–१९)...

आज थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ५० पुग्यो

काठमाडौं, १ जेठ-नेपालमा आज थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सर्लाही धान्कौल नगरपालिकाका ४५ वर्षीय पुरुष, धनुषाको जनकपुर नगरपालिकाका ४० वर्षीय पुरुष, मिथिला नगरपालिकाकी २० वर्षीया महिला,...

इलामको विकासको जिम्मा अब सुहाङले लिन्छन् : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको जिम्मा अब सुहाङ नेम्वाङको भएको बताएका छन् । इलाम पुगेर एमालेको विजयी सभालाई सम्बोधन गर्दै ओलीले इलामको विकासको जिम्मा सुहाङको भएको र आफू सुहाङको पछाडि...

किशोरी बलात्कार आरोपी ६ महिनापछि पक्राउ

काभ्रेपलाञ्चोक, ११ वैशाख-सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भएर हाल काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ बस्ने १ किशोरीलाई बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । सामूहिकरूपमा जबर्जस्ती करणी गरेको आरोपमा ६ महिनादेखि फरार ३ जनालाई बुधबार पक्राउ...

सिटिभिटीले लिएको लेभल टूको परीक्षा विवादमा, केन्द्र सारेर पुनः परीक्षा लिन माग

विराटनगर । प्राबिधिक तथा व्यवसायिक तालिम परिषद् (सिटिभिटी) ले सौन्दर्यकर्मीहरुको लागि सुरू भएको लेभल टूको प्रयोगत्मक परीक्षा विवादमा परेको छ । ३ फागुनदेखि विराटनगरमा सुरु भएको प्रयोगत्मक परीक्षा विवादमा परेको हो । परीक्षा निष्पक्ष हुन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्