मोरङको कानेपोखरीमा डुबेर एक बालिकाको मृत्यु

 न्यूज विराट
मोरङको कानेपोखरीमा डुबेर एक बालिकाको मृत्यु

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा खोलामा डुबेर बालिकाको मृत्यु भएको छ । शनिबार बेलुका कानेपोखरी गाउँपालिका – ६ की उषा मगरको घरमा बस्दै आएकी ८ वर्षीय बालिका तुलसा रानामगरको ज्यामिरे भलुवा खोलामा डुबेर मृत्यु भएको हो ।
शनिबार बेलुका उनी घरदेखि करिब डेढ किलोमिटर टाढा रहेको खोलामा नुहाउन गएकी थिइन् । नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
बालिकाको घर पाँचथरको कुम्मायक गाउँपालिका १ यासोकमा हो । उनी कानेपोखरी स्थीत ६ फुपुको घरमा बस्दै आएकी थिइन् ।

सम्बन्धित समाचार

कोरोनाको उच्च जोखिममा छ देश : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको संक्रमणमा देश अति जोखिममा रहेको बताएका छन् । उनले देशबासीको नाममा सम्बोधन गर्दै अहिलेसम्म ९ जनामा सीमित रहे पनि उच्च जोखिममा रहेको बताएका हुन् । उनले कोरोनाविरुद्धको लडाइमा सरकार ऐक्यबद्धता...

सुरक्षा घेराबीच अर्को गेटबाट प्रधानन्यायाधीश सर्वोच्च प्रवेश

नेपाल बारको आन्दोलनका बीच प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् । कडा सुरक्षा घेराबीच दोस्रो गेटबाट राणा अदालतभित्र छिरेका हुन् । बारका वकिलहरुले सर्वोच्चको मूल गेट बाहिर प्रदर्शन गरिरहेका थिए । तर, सर्वोच्चमा...

भारतमा २४ घण्टामा कोरोना संक्रमित ८ सय ६१ जनाको मृत्यु

एजेन्सी, साउन २५-भारतमा विगत २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ६४ हजार ३ सय ९९ जना रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिमध्ये...

कैलालीको गोदावरी नगरपालिका आजदेखि सिल

धनगढी, ६ असार-कैलालीको गोदावरी नगरपालिकामा कोरोना संक्रमण फैलिँदै गएपछि आजदेखि नगरक्षेत्र सिल गरिएको छ।एक जनाको कोरोना संक्रमणबाट मृत्यु र नौँ जनामा संक्रमण पुष्टि भएपछि गोदावरी नगर क्षेत्र अनिश्चितकालका लागि सिल गरिएको नगर प्रमुख हरिसिंह साउँदले...

मेरिल्याण्ड कलेजलाई अर्को सफलता, सिम्रन अग्रवाल फेरी उत्कृष्ट

विराटनगर । व्यवस्थापन संकायमा सर्वोउत्कृष्ट पहिचान बनाएको विराटनगर – ७ स्थित मेरिल्याण्ड कलेजकी छात्रा सिम्रन अग्रवालले अर्काे सफलता हात पारेकी छिन् ।त्रिभुवन विश्व विद्यालयद्वारा हालै प्रकासीत विविएस चौथो बर्षको रिजल्टमा सिम्रनले सर्वाधिक ८१.२ प्रतिशत अंक...

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन निजामति कर्मचारी संगठनको माग

विराटनगर, साउन २–नेपाल निजामति कर्मचारी संगठनले कोरोना भाईरस (कोभिड १९) को उपचारमा संलग्न स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको भन्दै तत्काल व्यवस्था गर्न माग गरेको छ । प्रदेश तथा स्थानीय तहले जोखिम भत्ताको व्यवस्थापन गर्नुपर्ने व्यवस्था भएपनि...

केही दिनमै डिस्चार्ज हुँदै टेकुमा उपचार गराइरहेका कोराना संक्रमित

काठमाडौं, २९ चैत-टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का २ सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुँदैछन् । कोभिड–१९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा...

आरआरमा नेविसंघ र अखिलबीच झडप

काठमाडौं, फागुन ५–प्रदर्शनीमार्ग्स्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा सोमबार बिहान अनेरास्ववीयू र नेपाल विद्यार्थी संघका विद्यार्थीबीच झडप भएको छ । झडपमा परेर नेविसंघका आविश्कार पौडेल, कुशल बस्नेत र सुमन खड्का घाईतेको भएको नेविसंघ महामन्त्री दिपक भट्टराईले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्