ज्ञानसन ऋषिदेवको हत्या प्रकरण , थप दुई जना पक्राउ

 न्यूज विराट
ज्ञानसन ऋषिदेवको हत्या प्रकरण , थप दुई जना पक्राउ

विराटनगर । सुनसरीको गढी गाउँपालिका ६ घर भएका ५० वर्षीया ज्ञानसन ऋषिदेवको घाटी काटेर हत्या गरेको घटनामा प्रहरीले थप दुई जनालाई नियन्त्रणमा लिएर अनुस्न्धान सुरु गरेको छ ।

यसअघि प्रहरीले एक जनालाई नियनत्रणमा लिएको छ । सुरुमा पक्राउ गरेका व्यक्तिबाट थप दुई जनाको नाम खुलेपछि उनीहरुलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको सुनसरी प्रहरीले जनाएको छ । यस घटनामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

‘अहिले यस घटनाको सुष्म रुपमा अनुसन्धान भइरहेको छ,’ सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले भने, ‘अहिले यतिमात्र भन्न सकिन्छ ।’ प्रहरीले नियन्त्रणमा लिएको आरोपितको नाम भने गोप्य राखेर अनुसन्धान सुरु गरेको छ । ‘नियन्त्रणमा लिएको व्यक्तिले लगाएको कपडामा रगत लतपतिएको छ । हामी घटनाको नजिक पुग्न लागेका छौं । एक जनाको मात्रै संलग्न छ कि अरुको पनि छ । त्यस विषयतर्फ पनि अनुसन्धानको दायरालाई फराकिलो बनाएका छौं,’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने ।
आज विहान गढी गाउँपालिका २ थलाहामा ऋषिदेवको टाउको काटेर हत्या गरेको अवस्थामा शव भेटिएको थियो । ऋषिदेवको घाटीदेखि मुनिका भाग एक ठाउँमा र टाउको अर्को ठाउँमा भेटिएको छ । प्रहरीले सुरुमा घाटीदेखिको मुनिको भाग मात्र भेटेको थियो । अनुसन्धान गर्दै गएपछि घाटीदेखि मुनिको भाग भेटिएको स्थानदेखि करिब ५० मिटर उत्तर पश्चिममा गढी २ गुजाइटोकीमा टाउँको भेटिएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए ।
ऋषिदेव रिङ बनाउने काम गर्दछन् । उनले रिङ बनाउने ठाउँमा शव भेटिएको हो ।

सम्बन्धित समाचार

अफताब आलमको मुद्दामा आज सुनुवाई हुँदै

काठमाडौं, भदौ ११ । नेपाली कांग्रेसका नेता अफताब आलमको मुद्दामा आज सुनुवाई तोकिएको छ । इँटा भट्टामा राखेर मजदूरहरुलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने आदेश विरुद्ध सर्वोच्चमा गएका आलमको...

यातायात कार्यालयले चालक अनुमतिपत्र वितरण नगर्ने

काठमाडौं, २० साउन-काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन् । सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन् ।  कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले...

बागलुङकी एक महिलामा कोरोना ‘र्‍यापिड टेष्ट’ पोजिटिभ

पोखरा, ३० चैत-गण्डकी प्रदेश सरकारले कोराना भाइरसको द्रुत परीक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) लाई तीब्र बनाएपछि बागलुङमा थप एकजना शंकास्पद (पोजेटिभ) लक्षण भएका महिला फेला परेकी छन् । आइतबार बागलुङको काठेखोला गाउँपालिकामा जोखिम मानिएका ५७ जनाको...

रुसमा सङ्क्रमण बढ्यो, एकैदिन एक हजारभन्दा बढीको मृत्यु

मस्को, ७ कात्तिक-रुसमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण निकै बढ्दै गएको देखिएको छ । यहाँ एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको सङ्क्रमणबाट मृत्यु भएको छ । रुसका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा त्यहाँ १...

कोरोना संक्रमित भेटिएपछि भक्तपुरकाे द्यौला बस्ती सिल

भक्तपुर, ७ जेठ-भक्तपुर नगरपालिका-५ भेलुखेलस्थित द्यौलाबस्तीमा आज बिहान प्रहरीले सिल गरेको छ । भेलुखेलका ४२ वर्षीय १ पुरुषलाई कोरोना परीक्षणमा पोजिटिभ देखिएपछि उनलाई मध्यराति १ बजे आइसोलेटेड एम्बुलेन्समा राखेर अस्पताल लगिएको महानगरीय प्रहरी परिसर भक्तपुरका...

विराटनगर आएर प्रधानमन्त्री देउवाले भने–ओलीलाई सवैले हटाऔँ भनेपछि गठबन्धनको नेतृत्व मैले गरेको हो

विराटनगर, २१ वैशाख । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताका आधारमा अहिलेको पाँचदलिय सत्ता गठबन्धन बनेको बताएका छन् । बुधबार विराटनगरमा नेपाली कांग्रस मोरङले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो...

न्यूरोले श्रमिकको सौलियतमा उपचार गर्ने, जिफन्ट र न्यूरोबीच सहमति

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले श्रमिकको सौलियतमा उपचार गरिदिने भएको छ । १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर न्यूरो हस्पिटलले श्रमिकहरूको सौलियतमा उपचार गरिदिने भएको हो । न्यूरो हस्पिटल र जिफन्ट कोशी प्रदेशबीच बुधबार...

प्रचण्डले आफ्नैलाई दिए धोका, संकटमा माओवादी

काठमाडौं, माघ २५ । आफ्नै पार्टीभित्र समेत सल्लाह नै नगरी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्ने प्रतिबद्धता जनाएको पत्र सार्वजनिक भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इतिहासकै सवैभन्दा ठूलो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्