पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४४७ डिस्चार्ज, २०७ संक्रमित थपिए - News Birat

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४४७ डिस्चार्ज, २०७ संक्रमित थपिए

न्यूज विराट

विराटनगर, ५ मंसिर–पछिल्लो २४ घण्टामा प्रदेश १ बाट चार सय ४७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेसवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार दुई सय २६ पुगेको छ ।

प्रदेश १ मा शुक्रबार दुई सय ७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७१, सुनसरीमा ५७, संखुवासभामा ३४, झापामा २८, तेह्रथुम र उदयपुरमा तीन÷तीन, इलाम र धनकुटामा दुई÷दुई र प्रदेश १ बाहिरका सात जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ५०, रतुवामाई र रंगेलीमा पाँच÷पाँच, ग्रामथान, कटहरी, सुन्दरहरैचा, केराबारी, बेलबारी र सुनबर्षीमा एक÷एक र स्थानीय तह नखुलेका पाँच जनाको रिपोर्ट पाजिटिभ आएको छ । सुनसरीको धरानमा ३८, इटहरीमा १४, इनरुवामा तीन, बराहक्षेत्र र कोशी गाउँपालिकामा एक÷एक, संखुवासभाको खाँदबारीमा ३२, मकालु र सिलिचोङमा एक÷एक, झापाको दमक र विर्तामोडमा पाँच÷पाँच, गौरादह, भद्रपुर, अर्जुनधारा र मेचीनगरमा तीन÷तीन, कनकाईमा दुई, बुद्धशान्ति, हल्दिबारी र कमल गाउँपालिकामा एक÷एक र स्थानीय तह नखुलेका एक जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता तेह्रथुमको म्याङलुङमा तीन, उदयपुरको चौदण्डीगढीमा दुई र उदयपुरगढीमा एक, इलामको इलाम नगरपालिका र सुर्योदयमा एक÷एक, धनकुटाको धनकुटा नगरपालिकामा दुई, र प्रदेश १ बाहिरका सात जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २४ हजार नौ सय ४१ पुगेको छ । प्रदेश १ मा शुक्रबार सात सय ७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७६ महिला र एक सय ३१ पुरुषको रिपोर्ट पाजिटिभ आएको हो । हालसम्म १ लाख ८२ हजार एक सय ३७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles