संभावित १८ रोग थाहा पाउने ल्याब परीक्षण सेवा सुरू, ४० दिन भित्रमा रिपोर्ट दिने

 न्यूज विराट
संभावित १८ रोग थाहा पाउने ल्याब परीक्षण सेवा सुरू, ४० दिन भित्रमा रिपोर्ट दिने

विराटनगर । झापाको ओम साई पाथीभरा हस्पिटलले जीनोम परीक्षण सेवा सुरु गरेको छ । कोशी प्रदेशको झापा, सुनसरी र विराटनगरका प्रमुख शहरहरुबाट डीएनए संरचनाको परीक्षण गर्ने सेवा सुरु गरिएको हो ।

भारतको डेल्टाज्सँगको सहकार्यमा यो सेवा सुरु गरिएको बताइएको छ । यहाँ नमूना संकलन गरेर भारतको हैदरावादस्थित ल्याबमा परीक्षण गर्न सम्झौता गरिएको छ । जीवनमै एक पटक मात्रै गरिने परीक्षणबाट भविष्यमा लाग्ने संभावित १८ रोगका १३१ नतिजाहरु थाहा पाइने दावी छ । विराटनगरमा ओमसाइ पाथीभराले सेवा बारे जानकारी दिन आयोजित कार्यक्रममा अध्यक्ष दिपककुमार पोखरेलले यो सेवा नेपालमा पहिलो पटक सुभारम्भ गरिएको दावी गरेका छन् ।

मानव शरीरमा अनुवांशिक रोगको पूर्व आंकलन गर्ने जीन चिकित्सा पद्धतिमा यो विश्वमै लाभदायी मानिदै आएको छ । जीनोमद्वारा एकढेड लाख प्रोटिनको कार्य पत्ता लगाउने र समस्याका आधारमा निदान गर्ने उपाय निकाल्न सकिने भनाई छ । मानव शरीर कोशिकाबाट बनेको हुन्छ । त्यस भित्रको डीएनएमा एडेनिन (ए) थायमिन (टी) गुआनिन (जी) र साइटोसिन –(सी) हुने चिकित्सा विज्ञानका जानकारहरु बताउँछन् ।
यो सेवा विराटनगरमा विस्तार भएसँगै सोमबारदेखि नमूना समेत संकलन सुरु गरिने सम्पर्क व्यक्ति नविन घिमिरेले जानकारी दिए । उनका अनुसार परीक्षणका लागि स्वाब (¥याल) कलेक्सन गरिन्छ । यसमा २ वर्षदेखि १४ वर्षसम्मका बालबालिकाको डिएनए परीक्षणबाट उसको भविष्य बारे समेत जानकारी पाउन सकिने दावी छ । उसलाई लाग्ने संभावित रोग, उसको संभावित व्यक्तित्व र पेसा, रुचि समेत जानकारी हुने दावी चिकित्सकहरुले विराटनगरमा आयोजित कार्यक्रममा दावी गरेका छन् । यसैगरी १४ वर्षमाथि वयस्कसम्मका किशोर÷किशोरीको समेत जीन परीक्षणबाट भविष्यका संभावित रोग तथा रुचिका कुराहरु जानकारी लिन सकिने बताइएको छ ।

विराटनगरका सम्पर्क संयोजक घिमिरेका अनुसार नमूना संकलन गरेको ४० दिन भित्रमा रिपोर्ट आउनेछ । झापाको भद्रपुरस्थित ओमसाइ पाथीभराले झापामा हस्पिटलमार्फत नै सेवा दिने संरचना तयार पारेको छ । त्यस बाहेक धरान, इटहरी र विराटनगरमा सेवा केन्द्रमार्फत ओमसाइको सेवा विस्तार गरिएको छ । कसैले परीक्षण गराउन चाहेमा २५ हजार रुपेँया शुल्क लाग्नेछ । होल बडी चेकअप गराउँदा ११÷१२ वटा रोगको मात्रै नतिजाहरु आउने गर्दछ । तर, ओमसाइले दिने भनेको ट्रायजीनोम परीक्षणबाट १८ वटा रोगसँग सम्बन्धित संभावित लक्षणसहितको रिपोर्ट आउने दावी गरिएको छ । डिएनए परीक्षणबाट मस्तिष्क कस्तो प्रकारको कार्य गर्दछ, एक व्यक्ति भन्दा अर्को व्यक्तिको भिन्नता जस्ता कुरा समेत जानकारी हुने चिकित्सा विज्ञानको विकासको रुपमा मानिन्छ ।

सम्बन्धित समाचार

प्रदेश १ मा मन्त्रालय फुटाएको विरोधमा विराटनगरमा एमालेका २३ वटा जनसंगठनहरुद्वारा प्रदर्शन

विराटनगर, १८ माघ । प्रदेश १ सरकारले मन्त्रालयहरु फुटाएर मन्त्रालयको संख्या बढाएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट जनसंगठनहरुले विराटनगरमा प्रदर्शन गरेका छन् । ्मंगलबार एमाले निकट २३ वटा जनसंगठनहरुले संयुक्तरुमा विराटनगरमा प्रदेश र...

बिजुलीको पोलमा करेन्ट लागेर मृत्यु

विराटनगर, १२ असार । उदयपुर ताप्लि २ घर भई हाल लिमचुङबुङ ३ दोबाटे स्थित बस्दै आएका २५ बर्षीय उमेश परियारको करेन्ट लागेर मृत्यु भएको छ । हिजो दिउसो १ बजे भैसी चराउन गएका परियारको सोही...

कोरोनाको आशंकामा एकै दिन ३ हजार ७ सय बढीको परीक्षण, थपिएनन् संक्रमित

सम्भावित कोरोना भाइरस संक्रमणको आशंकामा ४७ हजार बढीको परीक्षण गरिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले कोरोना भाइरस संक्रमणको आशंकामा आरडीटी र पीसीआर विधिबाट ४७ हजार बढीको परीक्षण गरिएको बताए...

संक्रमितको संख्या १४ हजार नाघ्यो, बुधबार थपिए ४८२ जना

काठमाडौं, १७ असार-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८२ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए। उनका...

बोर्डर आउट पोष्ट चुनीमारीद्धारा बरामद पटाका नष्ट

विराटनगर, २९ कात्तिक–मोरङको रतुवामाई नगरपालिका–१ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) बरडंगा चुनीमारीले भारतबाट अवैध रुपमा भित्र्याइएका पटाकाजन्य पदार्थ नष्ट गरेको छ । विभिन्न मिति र स्थानबाट बिओपी चुनीमारीबाट खटिएको शसस्त्र प्रहरीको...

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

विराटनगर । प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।मोरङ कटहरी गाउँपालिका वडा नं. ३ बस्ने ४५ बर्षिय पन्चु पासवानलाई पक्राउ गरेको हो । पासवानले कटहरी गाउँपालिका वडा...

नाट्टा कोशी प्रदेशको अध्यक्षमा पुण्य भट्टराई निर्विरोध निर्वाचित

विराटनगर । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको अध्यक्षमा पुण्य प्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा नाट्टाको शनिवार सम्पन्न भएको ११ औँ वार्षिक साधरणसभा तथा ७ औँ अधिवेशनबाट भट्टराई...

जनता कर्फ्यूका कारण नेपाल-भारतबीच आयात–निर्यात ठप्प

विराटनगर, ९ चैत-भारतमा आइतबार जनता कर्फ्यू लगाइएका कारण जोगबनी नाका ठप्प बनेको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि भन्दै भारतमा आइतबार कर्फ्यू लगाइएपछि जोगबनी नाका भएर हुने आयात–निर्यात...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्