राशिफल

प्रदेश १ मा मन्त्रालय फुटाएको विरोधमा विराटनगरमा एमालेका २३ वटा जनसंगठनहरुद्वारा प्रदर्शन

 न्यूज विराट
प्रदेश १ मा मन्त्रालय फुटाएको विरोधमा विराटनगरमा एमालेका २३ वटा जनसंगठनहरुद्वारा प्रदर्शन

विराटनगर, १८ माघ । प्रदेश १ सरकारले मन्त्रालयहरु फुटाएर मन्त्रालयको संख्या बढाएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट जनसंगठनहरुले विराटनगरमा प्रदर्शन गरेका छन् ।

्मंगलबार एमाले निकट २३ वटा जनसंगठनहरुले संयुक्तरुमा विराटनगरमा प्रदेश र संघीय सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । मन्त्रालय फुटाउन पाइदैन, स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर, मूल्यबृद्धि नियन्त्रण गर, कृषकलाई मलखाद तत्काल व्यवस्था गरलगायतका नारा लगाउदै जनसंगठनहरुले प्रदर्शन गरेका हुन् ।
जनसंगठनहरुले गठबन्धन सरकारविरुद्ध विराटनगरको सडकमै पत्रकार सम्मेलन गरेर चर्को आलोचना गरेका छन् ।

एमालेका २३ वटा जनवर्गीय संगठनले संयुक्तरुपमा सडक पत्रकार सम्मेलन गर्दै वर्तमान देउवा सरकार प्रतिगमनको बाटोमा अग्रसर भइरहेको आरोप लगाएका छन् ।

त्यस्तै राजेन्द्र राई नेतृत्वको प्रदेश १ सरकार पनि जनविरोधी, राष्ट्रियहित विरोधी र संघियताको मर्ममा नै प्रहार गर्ने गर अघि बढिरहेको आरोप लगाएका छन् । ‘७ वटा मन्त्रालय फुटाएर गठबन्धन सरकार टिकाउनकै लागि १२ वटा मन्त्रालय र १५ वटासम्म मन्त्रीको संख्या पु¥याउने खेलमा लाग्नु निन्दनीय र खेदजनक छ ।’ जनसंगठनहरुद्धार जारी संयुक्त विज्ञप्तीमा भनिएको छ ।

पूँजीगत खर्च भन्दा साधारण खर्च अत्यधिक रहेको महत्वपूर्ण आयोजनाहरुलाई अलपत्र पारिएको, कालोबजारी ब्याप्त हुँदा पनि प्रदेश सरकार भने भागबण्डामा मात्र केन्द्रीत रहेको संगठनहरुको आरोप छ ।

सडक पत्रकार सम्मेलनमा जनस्वास्थ्य जस्तो संवेदनशिल विषयमा समेत सरकार मौन रहेको आरोप लगाउँदै बजारमा सिटामोलको समेत चरम अभाव हुनु दुःखद भएको जनसंगठनहरुले आरोप लगाए ।

त्यस्तै मूल्यबृद्धिले जनतालाई आक्रान्त बनाएको र कृषक मलखाद नपाएर भौंतारिँदा पनि सरकार मुकदर्शक बनेको उनीहरुको आरोप छ । सयुक्त पत्रकार सम्मेलनमा सरकारलाई जनविरोधी कामहरु तत्काल सच्याउन जनसंगठनहरुले माग गरेका छन् ।

सडक पत्रकार सम्मेलनमा अनेरास्ववियुका उपमहासचिव भाष्कर खनाल, युवासंघका नेता मुकेश बुढाथोकी, नविन पौडेललगायतका नेताहरुले मागको सुनुवाई नभए जस्तोसुकै आन्दोलनमा उत्रने सरकारलाई चेतावनी दिए ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...