बोर्डर आउट पोष्ट चुनीमारीद्धारा बरामद पटाका नष्ट - News Birat

बोर्डर आउट पोष्ट चुनीमारीद्धारा बरामद पटाका नष्ट

न्यूज विराट

विराटनगर, २९ कात्तिक–मोरङको रतुवामाई नगरपालिका–१ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) बरडंगा चुनीमारीले भारतबाट अवैध रुपमा भित्र्याइएका पटाकाजन्य पदार्थ नष्ट गरेको छ । विभिन्न मिति र स्थानबाट बिओपी चुनीमारीबाट खटिएको शसस्त्र प्रहरीको टोलीले बरामद गरेको ठुलो परिमाणको पटाका नष्ट गरेको हो ।

दीपावली एवम् छठ पर्वको अवसरमा भारतबाट अवैध रुपमा भित्र्याइएका ५८ हजार ८ सय थान पटाका (खुर्सानी बम) शुक्रबार बेलुका स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी, बुद्धिजिवी तथा सामाजिक अगुवाहरुको राहोवरमा बिओपी परिसरभित्रै नष्ट गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) बरडंगा चुनीमारीका इन्चार्ज सुकबहादुर तामाङले बिओपीको कार्यक्षेत्र अन्तर्गत विभिन्न मिति र स्थानबाट बरामद गरिएको पटाका नष्ट गरिएको बताए । उनका अनुसार एक साता अघि पनि २८ हजार पाँच सय ६० थान पाटाका र पटाकाजन्य वस्तु नष्ट गरिएको थियो ।

 

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles