जनता कर्फ्यूका कारण नेपाल-भारतबीच आयात–निर्यात ठप्प

 न्यूज विराट
जनता कर्फ्यूका कारण नेपाल-भारतबीच आयात–निर्यात ठप्प

विराटनगर, ९ चैत-भारतमा आइतबार जनता कर्फ्यू लगाइएका कारण जोगबनी नाका ठप्प बनेको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि भन्दै भारतमा आइतबार कर्फ्यू लगाइएपछि जोगबनी नाका भएर हुने आयात–निर्यात ठप्प भएको हो ।

भारतमा लगाइएको जनता कर्फ्यूका कारण विराटनगर भन्सार नाका भएर हुने आयात–निर्यात दिनभर ठप्प रहेको भन्सार कार्यालयका सूचना अधिकारी गोपीकृष्ण उप्रेतीले जानकारी दिए ।

‘आज आयात–निर्यात ठप्प छ । भारत हुँदै हिजोसम्म आयात भएका वस्तुहरू पास गरिरहेका छौँ’, उनले भने, ‘अरू सबै सुनसान छ ।’ जनता कर्फ्यूमा सबै जनता आफ्नै घरभित्र बस्ने र बाहिर ननिस्कने व्यवस्था गरिएको छ । जनता कर्फ्यूका कारण भारतमा आइतबार आवश्यक सामग्री बेच्नेबाहेक सबै पसल, यातायातका साधनलगायत बन्द भएका छन् भने बजार सुनसान रहेका छन् । भारतका कतिपय स्थानमा यसअघि नै लामो समयका लागि बन्द घोषणा गरिएको छ ।

जनता कर्फ्यूका कारण दिनभर जोगबनी क्षेत्र सुनसान छ । सो क्षेत्र भएर कुनै पनि सवारी साधन चलेका छैनन् । नेपाल र भारततर्फ दुवै देशका सुरक्षाकर्मीहरूले कसैलाई पनि आहोरदोहोर गर्न दिएका छैनन् । प्रायः दिनहुँ अत्यधिक भीडभाड हुने जोगबनी बजार पूर्ण रूपले बन्द रहेको छ ।

सीमामा उच्च सतर्कता

मानिसको ओहोरदोहोर बन्द भए पनि जोगबनी नाकामा उच्च सतर्कता अपनाइएको पाइएको छ । सीमामा राखिएको हेल्थ डेस्कमा विशेषज्ञसहितको टोली परीक्षणमा तैनाथ रहेको छ । सीमामा नेपालतर्फ आउन र भारततर्फ जान पूर्ण रूपमा रोक लगाइएको छ ।

दुवैतर्फ प्रभावित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा लगाइएको जनता कर्फ्यू १४ घण्टाका लागि मात्र भएको भएको अधिकारीहरूले जनाएका छन् । भारतमा लगाइएको जनता कर्फ्यूका कारण भारतीय र नेपालीसमेत प्रभावित बनेका छन् ।

स्थानीय समयअनुसार बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म कर्फ्यू लागू हुने जनाइएको छ । सामाजिक सञ्जाल ट्वीटरमा प्रधामन्त्री मोदीले जनता कर्फ्यूलाई पालना गर्न र कोरोनाविरुद्धको लडाइँमा एकजुट हुन आह्वान गरेका छन् । जनता कर्फ्यूबाट कोरोना भाइरसविरुद्ध लड्ने भारतीय क्षमता परीक्षण हुने भारत सरकारले विश्वास लिएको जनाइएको छ ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College