कोशी प्रदेश सरकारको १०० दिनको उपलब्धी सार्वजानिक

 न्यूज विराट
कोशी प्रदेश सरकारको १०० दिनको उपलब्धी सार्वजानिक

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नियुक्त भएको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विशेष कार्यक्रम गरी उनले आफूले सय दिनभित्र गरेका ६० काम सार्वजनिक गरेका हुन् ।
उनले सार्वजनिक गरेका कतिपय उपलब्धिमा यसअघि नै बनिसकेका पुल उद्घाटनदेखि बजेटमा राखिएको कार्यक्रम र संघीय सरकारले गरेका कामलाई पनि समावेश गरिएको छ ।
प्रदेश सरकारले काम गरेन भन्ने गलत प्रचारलाई हटाउन पहिले सुरु भएर आफ्नो कार्यकालमा सम्पन्न भएका योजनाहरूलाई पनि समावेश गरेर सय दिनका उपलब्धि सार्वजनिक गरेको मुख्यमन्त्री कार्कीले बताए । प्रदेशमा वर्ष २०८१ लाई प्रदेश पर्यटन वर्ष घोषणा गर्नेदेखि विराटनगरको बरगाछी चोकमा ट्राफिक लाइट जडान गरेको विषयलाई पनि सय दिने उपलब्धि मानिएको छ ।
मुख्यमन्त्री कार्की गत वैशाख २७ गते तेस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेश सरकारले गरेका कामहरू सही ढंगले जनतामाझ प्रचारप्रसार नभएकोले सयदिने उपलब्धि सार्वजनिक गर्नुपरेको उनले बताए ।
केही महिनापछि कोशी प्रदेशमा विगत सात वर्षमा भएका विकास र प्रगति पनि सार्वजनिक गर्न लागेको मुख्यमन्त्री कार्कीले बताए । उनले सार्वजनिक गरेको एक सय दिने उपलब्धिमा तेह्रथुमको ओख्रे र सुनसरीको हरिपुरमा निर्माण भएको सडक उद्घाटन गरेको, कोशीलाई पूर्णखोप प्रदेश घोषणा गरेको र धनकुटाको भेंडेटारमा निर्माण भएको स्काईवाक उदघाटन गरेर सञ्चालनमा ल्याएको लगायत छन् । यसैगरी मुख्यमन्त्री कार्यालयमा प्रदेशबासीको गुनासो सुन्न हेल्लो सीएम कार्यक्रम सञ्चालनमा ल्याएको, विपदको सूचना दिन प्रदेश पोर्टल सञ्चालन गराएको, प्रदेशका पाँच पालिकामा उद्यमशीलता कार्यक्रम सञ्चालनमा ल्याएको र प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र खोल्न अध्ययन कार्यदल गठन गराएको पनि उपलब्धिमा राखिएको छ ।

यस्तै संखुवासभा र चीनसँग जोड्ने किमाथाङ्का नाका खुला गराएको, पहाडका ६ जिल्लामा भेटनरी उपचार केन्द्र सञ्चालन गराएको र विपदमा परेकाहरूलाई राहत तथा उद्धारमा सहयोग गरेको पनि उपलब्धिमा समावेश गरिएको छ ।

पाथिभरा, हलेंसी, बराहक्षेत्र धार्मिक क्षेत्र समिति, केचना कञ्चनजङ्गा पर्यटन समिति, संघीयता कार्यान्वयन र प्रदेश कानुन निर्माण कार्यदल गठन गराएको, चालु वर्षमै कोशी प्रदेशमा लगानी सम्मेलन गर्ने तयारी थालेको लगायत पनि मुख्यमन्त्रीले उपलब्धिका रूपमा जनाएका छन् ।

यस्तै प्रदेश सरकारले दोस्रो आवधिक योजना निर्माण गरेर कार्यान्वयन थालेको पनि उनले बताए ।

सम्बन्धित समाचार

जेभियर्स स्कुलमा प्रविधिमैत्री प्रर्दशनी

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ ؘसखमाहास्थित जेभियर्स स्कुलमा एक दिने प्रविधिमैत्री प्रर्दशनी आयोजना गरिएको छ ।स्कुल परिसरमा शुक्रबार एक कार्यक्रम आयोजना गरि आटिफिसियल ईन्टिलेजन्स र कोडिङ रोबटिक्स प्रर्दशनी आयोजना गरिएको हो ।जेभियर्स स्कुलमा...

घर हिँडेकाको उचित व्यवस्थापन होस् : कमल थापा

काठमाडौं, ५ वैशाख-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्नका लागि सरकारले लकडाउन गरेपछि उपत्यकामा बसेर ज्याला मजदुरी गर्नेहरू समस्या परेका छन् । लगातारको लकडाउनका कारण कार्य क्षेत्र बन्द भएपछि खर्च अभावमा विभिन्न जिल्लाबाट...

भारतद्वारा एकतर्फी रूपमा लिपुलेकहुँदै चीन जाने सडकमार्ग उद्घाटन

एजेन्सी, बैशाख २६-भारतले एकतर्फी रूपमा नेपाली भूमि लिपुलेक हुँदै चीन जोड्ने सडकमार्गको उद्घाटन गरेको छ । रक्षामन्त्री राजनाथ सिंहले भारतबाट चीनसम्मको सीमा जोड्ने ८० किलोमिटर लामो सडकमार्गको भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेका हुन् । चीनको सीमासम्म...

जसपालाई प्रचण्ड-नेपाल समूहको प्रस्ताव : ओलीको प्रतिगमन सच्चियो, अब मिलेर जाऔँ

नेकपाको प्रचण्ड-नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपाललाई मिलेर सरकार बनाउने प्रस्ताव गरेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि सत्ता समीकरणका लागि नेकपाको प्रचण्ड-नेपाल समूहले बिहीबार जसपाका शीर्ष नेताहरूसँग छलफल गरेको हो । छलफलमा...

प्रस्तावित रतुवामाई जेसीसले सुरु गर्यो ‘हरित नगरी’ अभियान

विराटनगर, साउन ९–सामाजिक क्षेत्रमा कृयाशिल रतुवामाई जेसिसले मोरङको रतुवामाई नगरपालिकामा ‘हरित नगरी’ अभियान सुरु गरेको छ । प्रस्तावित रतुवामाई जेसिसले ‘किप क्लिन एण्ड ग्रिन रतुवामाई’ भन्ने मुल नाराका साथ नगर क्षेत्रका किसानलाई बृक्षारोपणका लागि विभिन्न...

बालुवाटार बैठक सकारात्मक, भोलि फेरि बस्ने

काठमाडौं, १९ असार-वालुवाटारमा भएको नेकपाका अध्यक्षद्वयसहितका नेताहरूबीचको वार्ता सकिएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अधयक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूबीचको बैठक सकिएको हो । उनीहरूबीचको वार्ता...

कांग्रेस नेता चन्द्र भण्डारीका भाइ शंकरको सवारी दुर्घटनामा मृत्यु

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाइ डा. शंकरप्रसाद भण्डारीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । रूपन्देहीको देवदह १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैँले चलाएको लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी उनको...

मिठाइ उद्योगमा बिस्फोट हुँदा दुई कामदार घाइते

विराटनगर। मोरङको जहदा गाउँपालिका–३ मा रहेको मिठाई बनाउने उद्योगमा पाइप विष्फोट हुँदा दुई जना कामदार घाइते भएका छन् ।निर्माणाधीन अवस्थाको कोसी विराट एग्रो प्रा.लि नामक मिठाई बनाउने फ्याक्ट्रीमा मेसिन जडान गर्ने क्रममा मंगलबार साँझ ७ः४५...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्