अमेरिकामा कर्फ्यू लगाइयो

 न्यूज विराट
अमेरिकामा कर्फ्यू लगाइयो

एजेन्सी, जेठ १८–संयुक्तराज्य अमेरिकाका प्रमुख शहरहरूमा प्रहरी दमनको विरोधमा शनिबार विरोध प्रदर्शन तीव्र भएसँगै निषेधाज्ञा (कर्फ्यू) लगाइएको छ । प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई पनि बेवास्ता गरी सडकमा उत्रिएका थिए ।

अशान्तिको केन्द्रबिन्दु बनेको मिनियापोलिसमा लगातार पाँचौँ दिन हिंसा फैलिएको छ । भीड नियन्त्रण गर्न खटाइएका दङ्गा प्रहरीले अश्रुँग्यास र हवाई फायर गरेका थिए । गत सोमबार एक निहत्था अश्वेत व्यक्तिमाथि गोरा प्रहरीले अमानवीय ढङ्गबाट हत्या गरेको भन्दै हिंसा भड्किएको हो ।

लस एन्जलस, शिकागो र एटलान्टा समेतका दुई दर्जन शहरमा मानिसहरूलाई स्थानीय प्रशासनले निषेधाज्ञा घोषणा गरी रातभरि घरमै बस्न आदेश दिएको थियो । यहाँ नेसनल गार्डका सैनिकलाई पनि तैनाथ गरिएको थियो, जुन अमेरिकी इतिहासमा विरलै देख्न सकिने घटना हो ।

सियाटलदेखि न्यूयोर्कसम्म दशौँ हजार प्रदर्शनकारी सडकमा उत्रिएका थिए । उनीहरूको एक मात्र माग थियो, अश्वेत युवा जर्ज फ्लोएडका हत्या आरोपी प्रहरीलाई कडाभन्दा कडा सजाय होस् र घटनामा संलग्न अरू प्रहरीलाई पनि गिरफ्तार गरियोस् ।

मिनियापोलिसका पुलिस अधिकृत डेरेक चौभिनले जर्ज फ्लोएडलाई ८ मिनेटसम्म घाँटीमा घुँडाले थिचेको हृदयविदारक दृश्य सार्वजनिक भएपछि हिंसा भड्किएको हो । सास फेर्न छाडेपछि पनि चौभिनले झण्डै ३ मिनेटसम्म फ्लोएडको घाँटी थिचेको आरोप छ ।

सम्बन्धित समाचार

नेपालसँग तत्काल वार्ता गर्न भारत अनिच्छुक

काठमाडौं, २ असार-कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालले राजनीतिक नक्सा जारी गरेपछि असन्तुष्ट बनेको भारत यस विषयमा तत्काल वार्तामा बस्न अनिच्छुक देखिएको छ। त्यहाँका केही राजनीतिक विश्लेषक र विज्ञहरूले नेपालसँग वार्ता गरी विवाद समाधान गर्न...

चरेस सेवन गर्ने तीन जना विराटनगरमा पक्राउ

विराटनगर, माघ २४–नेपाल र भारतको सिमा क्षेत्रमा अवैध लागूऔषध चरेस सेवन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–१४ स्थित सिमा क्षेत्रबाट लागुऔषध चरेस सेवन गरिरहेको अवस्थामा प्रहरीले तीन जनलाई पक्राउ गरेको हो ।...

पैसा फाल्ने महिलामा आरडीटी पोजिटिभ, उनीहरू बस्ने क्षेत्र सेनिटाइज गरियो

जनकपुर, ७ बैशाख-जनकपुरधामको महावीर चोकमा पैसा फालेर फरार भएको आरोपमा पक्राउ परेकी दुई महिलामध्ये एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि महिला बस्ने एरियालाई बिहानैदेखि सेनिटाइज गर्ने कार्य सुरु गरिएको छ । जनकपुरधाम ७ का वडाध्यक्ष...

३२ एसपीकाे एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ३२ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितिले ३२ एसपीको एकैपटक एसएसपीमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षण गण नक्सालका...

गुल्मीका संक्रमितको भेन्टिलेटरमा उपचार जारी, भ्रामक खबरप्रति विश्वास नगर्न अस्पतालको आग्रह

काठमाडौं, ६ जेठ-सोमबार कोरोना संक्रमण पुष्टि भएका गुल्मीका संक्रमितको अहिले क्रिमसन अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार मदाने गाउँपालिका-६ निवासी ४१ वर्षीय संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको हो । उनको स्वास्थ्य अवस्था गम्भीर भए...

विराटनगरको केभिएम स्कुलमा विज्ञान प्रर्दशनी, दुई दर्जन बढी स्टल

विराटनगर । विराटनगरस्थित केभिएम स्कुलमा विज्ञान प्रर्दशनी आयोजना गरिएको छ । स्कुल परिसरमा आइतबार विद्यार्थीहरुले विज्ञान प्रर्दशनी गरेका हुन् । विद्यार्थीहरुले तयार पारेको विज्ञानसँग सम्बन्धीत दुई दर्जन बढी स्टल तयार पारी प्रर्दशन गरे । विद्यार्थीहरुले...

औषधी व्यवसायी संघद्धारा प्रदेश सरकारलाई ज्ञापन पत्र

विराटनगर, चैत २८-नेपाल औषधी व्यवसायी संघ मोरङले औषधीजन्य बस्तुको आपूर्तीको ढुवानीमा निर्वाध रूपमा सञ्चालन गर्न दिनुपर्ने माग राख्दै प्रदेश १ सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । लकडाउनमा औषधी तथा औषधीजन्य बस्तुहरु ढुवानी गर्दा प्रहरीले बाटोमा...

६५८८ को पीसीआर गर्दा आज ७७६ जनामा कोरोना पुष्टि

गत २४ घण्टामा ७ सय ७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ६ हजार ५ सय ८८ को पीसीआर गर्दा ७ सय ७६ जनामा कोरोना पुष्टि भएको हो । बुधबार पनि यही...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्