शिक्षकलाई एआइ तालिम , रिसर्चजमा आधरित विद्यार्थी उत्पादन गर्दै पूस्याट कलेज

 न्यूज विराट
शिक्षकलाई एआइ तालिम , रिसर्चजमा आधरित विद्यार्थी उत्पादन गर्दै पूस्याट कलेज

विराटनगर । रिसर्चमा आधिरित विद्यार्थी उत्पादन गर्ने उद्देश्यले त्यसको लागि शिक्षकहरुलाई प्रविधिसँग दक्ष बनाउन विराटनगर – ३ मा रहेको पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ साईन्स एण्ड टेक्नोलोजी (पुस्याट) लागि परेको छ । प्रविधिले फड्को मारेपछि विद्यार्थीहरुलाई समय सापेक्ष शिक्षा प्रदान गर्नको लागि कलेजले शिक्षकहरुलाई प्रविधिसँग जोडेर अगाडी बढेको हो ।
त्यसको लागि कलेजले सबै संकायका शिक्षकहरुलाई भेला पारेर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी एक हप्ता तालिम दिन सुरू गरेको छ । भदौ २ गतेसम्म संचालन हुने उक्त तालिममा पूविका आगिक क्याम्पस आवद्ध ५७ जना शिक्षकहरुको सहभागिता रहेको कलेजका डाइरेक्टर नरेश कुमार साहले जानकारी दिए । शिक्षकहरुलाई सिर्चज बेस तालिम दिएर विद्यार्थीहरुलाई प्रविधसँग जोडेर अगाडी बढाउने योजना रहेको उनले बताए । ‘विश्व विद्यालयमा पढाइ हुने भनेको ब्याचलर, मास्टर र रिसर्च हो । त्यसमा पनि अहिले पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्राडा बिजुकुमार थपलिया रिसर्चलाई फोकस गर्नुपर्छ भन्ने सुझाब दिनुभयो । त्यही अनुसार अहिले एआइको तालिम दिन सुरु गरिएको हो,’ उनले भने, ‘अहिले सिर्चजमा आधरित पढाइ विद्यार्थीहरुलाई दिनपर्छ भनेर त्यसको लागि शिक्षकहरुलाई दक्ष बनाउनको यो तालिम दिएको हो ।’
स्कुल अफ साईन्स एण्ड टेक्नोलोजीका डिन डा. पवन कुमार झाको योजना अनुसार शिक्षकहरुलाई तालिम दिएर प्रविधिमा पोख्त बनाउने बताइएको छ । यो तालिमपछि हरेक संकायले रिसर्च आर्टिकलहरू निकाल्नेछन् ।
खोज र विकासमा केन्द्रित गराउने गरी काठमाडौं विश्वविद्यालयका प्राडा सुदन झा र फ्युज मेशिनका रोजेश शिखराकरले सहभागीहरूलाई एआई सम्बन्धी विस्तृत प्रशिक्षण प्रदान गरेका छन् ।
प्रशिक्षणमा एआईको प्रयोगले कोडिङ्गदेखि मुखाकृति पहिचानसम्मको कार्य सजिलै सम्भव हुने बताइएको थियो । सहायक डिन मनोजकुमार हलुवाई साहले एआई आजको आवश्यकता भएको बताए । उनले एआईसँग परिचित नभई अध्ययन, अनुसन्धान, खोज र विकासलाई गति प्रदान गर्न नसकिने बताए । पहिलो २ दिन एआई प्रविधिको बारेमा जानकारी दिने, तेश्रो र चौथो दिन खोजमा आधारित तालिम अनि अन्तिम २ दिन एआई सम्बन्धी सीप विकासको प्रशिक्षण दिइनेछ । प्रशिक्षणका लागि अत्याधुनिक सुविधा सम्पन्न प्रयोगशाला रहेको छ ।

सम्बन्धित समाचार

‘डीभी लोटरी २०२१’ को नतिजा सार्वजनिक, यसरी चेक गर्नुहोस्

एजेन्सी, जेठ २५-सन् २०२१ को डीभी लोटरीको नतिजा सार्वजनिक भएको छ । न्युयोर्कको स्थानीय समयअनुसार दिउँसो १२ बजेदेखि डीभी लोटरीको नतिजा चेक गर्न सकिनेछ । गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी भरेकाहरुले २०२१...

विराटनगरमा लाग्दै आएका हाटबजार बन्द, सुपर मार्केटहरुमा पनि छैन सतर्कता

विराटनगर, चैत ९ –कोरोनाको रोकथाम र नियन्त्रणका लागि भन्दै विराटनगर महानगरपालीकाले महानगर क्षेत्रमा लाग्दै आएको साप्ताहिक हाटबजार आजबाट हटाउने निर्णय गरेको छ । विराटनगर महानगरपालिका भवनसँगै जोडिएको सडकमा दशकौंदेखि लाग्दै आएको साप्ताहिक शनिबारे लगाउने तयारी...

विराटनगरसहित मोरङको ६ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना, यात्रुसँग बढी भाडा लिनेलाई कारवाही

विराटनगर । दसैं, तिहार, छठलगायतका चाडपर्व नजिकिएसँगै सार्वजनिक सवारीसाधनमाथि निगरानी बढाउने उद्देश्यले मोरङको ६ ठाउँमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ । चाडपर्वलाई लक्षित गरेर मोरङको विराटनगर बसपार्क, उर्लाबारी, पथरी, बेलबारी, विराटचोक र रंगेली समेतमा...

विकासशील देशमा थप ५० कराेड खाेप वितरण गर्ने अमेरिकाको घोषणा

एजेन्सी, ७ असोज । अमेरिकाले विकासशील देशहरूलाई कोरोना भाइरसविरुद्धको फाइजर खोपको थप ५० करोड मात्रा सहयोग गर्ने भएको छ । अर्को वर्षबाट थप ५० करोड फाइजर खोप विकासशील मुलुकहरूलाई बाँड्ने राष्ट्रपति जो बाइडेनले घोषणा गरेका...

कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने

काठमाडौं, १९ कात्तिक-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् । आगामी मङ्सिर...

पुरुषको बेवारिसे शव फेला

जनकपुरधाम, १७ वैशाख-धनुषामा पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । धनुषाको नगराइन नगरपालिका-७ स्थित देवडीहामा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो । देवडिहाको पुरनी पोखरीतर्फको जमिनमा मृत अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई...

कोशी प्रदेश सरकारले सर्वोच्चमा पठायो लिखित जवाफ, अर्को पेशी साउन ७ गते

विराटनगर । कोशी प्रदेश सरकार गठनविरूद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा विपक्षीले महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गरेको छ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ्ग, मुख्यमन्त्री उद्धव थापा र सभामुख बावुराम गौतम विरुद्ध परेको...

प्रचण्डबारे अभद्र टिप्पणी गरेकाे आरोपमा पत्रकार दीपक पाठक पक्राउ

काठमाडाैं, १८ वैशाख-पत्रकार दीपक पाठकलाई प्रहरीले पक्राउ गरेकाे छ । नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'बारे सामाजिक सञ्जाल फेसबुकमा अभद्र टिप्पणी गरेकाे भन्दै प्रहरीकाे साइबर ब्युराेकाे टाेलीले भक्तपुरकाे लाेकन्थलीबाट पाठकलाई पक्राउ गरेकाे हाे ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्