कोशी प्रदेश सरकारले सर्वोच्चमा पठायो लिखित जवाफ, अर्को पेशी साउन ७ गते

 न्यूज विराट
कोशी प्रदेश सरकारले सर्वोच्चमा पठायो लिखित जवाफ, अर्को पेशी साउन ७ गते

विराटनगर । कोशी प्रदेश सरकार गठनविरूद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा विपक्षीले महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गरेको छ ।

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ्ग, मुख्यमन्त्री उद्धव थापा र सभामुख बावुराम गौतम विरुद्ध परेको मुद्दामा बिहीबार महान्यायाधिवक्ताको कार्यालय मार्फत सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेको हो ।

कोशी प्रदेश सरकार संविधान र कानुन अनुसार नै गठन भएको भन्दै सर्वोच्च अदालतलाई महान्यायाधिवक्ता कार्यालय मार्फत जवाफ पठाएको बुझिएको छ ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुंगले उद्धव थापालाई संविधान र कानुन विपरीत मुख्यमन्त्री नियुक्त गरेको भन्दै सो नियुक्ति बदरको माग राख्दै असार २२ गते सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो । एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कुमार कार्कीको तर्फबाट दायर रिट उपर सुनुवाइ गर्दै सर्वोच्चले मुख्यमन्त्री थापा, सभामुख बाबुराम गौतम र प्रदेश प्रमुख परशुराम खापुंगलाई सरकार गठनका बेला भएको दाबी र समर्थनको सक्कल कागजात सहित लिखित जवाफ पठाउन आदेश दिएको थियो ।

न्यायाधीश सपना मल्ल प्रधानको इजलासबाट भएको आदेश अनुसार कोशी प्रदेश सरकारका मुख्यमन्त्री, सभामुख र प्रदेश प्रमुखले सक्कल कागजात र लिखित जवाफ पठाएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

‘संविधानले नै व्यवस्था गरेअनुरूप दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा सरकार गठन गर्न दाबी पेस गरेका हौँ,’ मुख्यमन्त्री थापाले पठाएको पत्रमा उल्लेख छ ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले पनि अदालतले माग गरे अनुसारको जवाफ समयमै महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पठाइएको बताए ।

उनले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान भएको र सोही प्रावधानलाई टेकेर नै थापाले बहुमत पु¥याएकाले मुख्यमन्त्री नियुक्त गरिएको जवाफ सर्वोच्चमा पठाइएको जानकारी दिए ।
यस्तै सर्वोच्चले माग गरेअनुसार थापालाई मुख्यमन्त्री नियुक्त गर्दा पेस गरिएको प्रस्ताव, समर्थन, दाबी, हस्ताक्षरको सक्कल प्रति समेत पठाइएको छ ।

एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जसपा गरी ६० सांसदको समर्थनमा हिक्मत कार्की पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । जसपाले जेठ १७ र माओवादीले जेठ २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
अल्पमतमा परेका कार्कीले असार १५ गते विश्वासको मत लिन नसकेपछि उनको सरकार ढलेको थियो ।
कार्कीले विश्वासको मत लिन नसकेपछि कोशी प्रदेश नयाँ सरकार गठनको प्रक्रियामा गएको थियो ।
नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अन्तरगत आव्हान गरेका थिए । सोही आव्हानका आधारमा नयाँ सरकार गठनको दाबी लिएर नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापा प्रदेश प्रमुख समक्ष गएका थिए । उनले पेस गरेको दाबी पत्रमा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका २९, एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसदको समर्थन रहेको छ । यस्तै सरकार गठनमा कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले समेत हस्ताक्षर गरेका छन् ।
कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमलाई समेत गणना गरी बहुमत पु¥याएर सरकार गठनका लागि गरिएको दाबीका आधारमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा उद्धव थापालाई नियुक्त गरेपछि असार २२ गते हिक्मत कार्की सर्वोच्च गएका थिए ।
उनले दायर गरेको रिट निवेदनमा सभामुखको समेत गणना गरेर सरकार गठन गरिनु असंवैधानिक भएको जिकिर गरिएको छ । उनले दिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै असार २७ गते सर्वोच्चले साउन ३ गतेभित्र महान्यायाधिवक्ता÷मुख्य महान्यायाधिवक्ता कार्यालय कोशी प्रदेशमार्फत लिखित जवाफ पेस गर्न विपक्षीका नाममा आदेश दिएको थियो ।
यस्तै कोशी प्रदेश सरकारका नाममा दीर्घकालीन असर पर्ने निर्णय नगर्न प्रदेश सरकारलाई आदेश दिएको छ । साउन ७ गतेका लागि अर्को पेसी तोकिएको छ ।

सम्बन्धित समाचार

कोरोना भाइरसबाट १४ महिने शिशुको मृत्यु

एजेन्सी, चैत २६-भारतको गुजरातस्थित जामनगरमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एक शिशुको मृत्यु भएको छ ।कोरोनाको उपचार गराइरहेका ती बालकको ५ अप्रिलमा जामनगरस्थित सरकारी अस्पतालमा मृत्यु भएको हो । अस्पतालले विज्ञप्तिमा शिशुको अवस्था अस्पतालमा ल्याउँदा...

कान्तिपुर स्कुलको भव्य भयो वार्षिकोत्सव तथा अभिभावक दिवस

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले छुट्टै पहिचान बनाउन सफल भएको विराटनगर १० मा रहेको कान्तिपुर स्कुलले १० औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।स्कुल परिसरमा शुक्रबार एक भव्य कार्यक्रमको...

खोप लगाएको प्रमाणीकरण अब चार अस्पतालबाट हुने

काठमाडौं, ८ साउन । कोरोनाविरुद्धको खोप लगाएको प्रमाणीकरण अब चारवटा अस्पतालबाट हुने भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा प्रमाणीकरण गर्नेको भिड बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिभिल अस्पताल, पाटन अस्पताल र सशस्त्र...

आज १ हजार ४९७ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु

काठमाडौं, ८ असोज-पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ४ सय ९७ जनामा कोराना भाइरस (कोभिड- १९) पोजिटिभ देखिएको छ । ११ हजार ४ सय ४९ को स्वाब परीक्षण गर्दा आज देशभर एक हजार ४ सय...

धनुषामा ५८ सहित प्रदेश २ मा थप २५० जनामा कोरोना

जनकपुरधाम,  १७ भदौ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप २५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार बुधवार धनुषामा ५८, महोत्तरीमा २९, सिरहामा १३, बारामा ५२, पर्सामा १४, सर्लाहीमा ५१,...

प्रचण्डले भने-शेयर बजारबारे मैले गरेको विश्लेषण सही छ

काठमाडौं, २९ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको पुँजीवादको चरित्रबारे आफूले गरेको विश्लेषण सही रहेको दाबी गरेका छन् । केही दिनअघि उनले शेयरबजारलाई साम्राज्यवादको विकसित रूपको संज्ञा दिएपछि चौतर्फी आलोचना भएको थियो...

४५ हजार परिवारलाई घरघरमै राहत सामग्री

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले नेपाललाई लकडाउन गरेसँगै झापाका जनप्रतिनिधि अहिले विपन्न परिवार खोज्दै राहत बाड्न व्यस्त छन् । ८ नगरपालिकासहित १५ स्थानीय तह रहेको झापामा झण्डै ४५ हजार परिवारलाई...

अपहरणको आरोपमा शंकर पोखरेलविरुद्ध बिमला वलीले प्रहरीमा दिइन् जाहेरी

काठमाडौं, २९ भदौ । एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध प्रदेश सांसद बिमला खत्री वलीले अपहरण तथा शरीर बन्धकमा किटानी जाहेरी दिएकी छन् । पोखरेल मुख्यमन्त्री पदमा रहँदा आफूलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्