यूवतीमार्फत यसरी पुग्यो कैदी भएको ठाउँमा प्रहरी

 न्यूज विराट
यूवतीमार्फत यसरी पुग्यो कैदी भएको ठाउँमा प्रहरी

विराटनगर । फरार भएको एक जना कैदीलाई प्रहरीले एक हप्तापछि पक्राउ गरेको छ । डियुटिमा खटिएको प्रहरीलाई लडाएर विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएको भनिएका विराटनगर–८ घर भएका २३ वर्षीय आर्यन महमद अहमद खान भनिने मोहमद अहमदलाई फरार भएको एक हप्तापछि बुधबार प्रहरीले पक्राउ गरेको हो ।
उनलाई नेपाल–भारत सीमानजिक मोरङको जहदा गाउँपालिका–१ तारेगामबाट पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । मोरङको बेलबारी घर भएकी १५ वर्षीया एक जना किशोरीलाई जवरजस्ती करणी मुद्दामा १२ वर्ष कैद सजाय ठहर भएर जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका अहमद साउन १७ गते बिहान साढे पाँच बजे अस्पतालबाट फरार भएका थिए । उनलाई उपचारका लागि साउन १५ गते कोशी अस्पताल भर्ना गरिएको थियो । उपचाररत अस्पतालबाटै डियूटिमा खटिएका प्रहरीलाई लडाएर उनी फरार भएपछि प्रहरीले खोजी तीव्र पारेको थियो ।

हप्तादिनसम्म फरार कैदी कहा–कहा पुगे ?
अस्पतालबाटै कैदी आर्यन फरार भएपछि इलका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वको तीन सदस्य टोली परिचान भयो । फरार भएका कैदी सोही दिन जोगवनी नाकाबाट भारत पुगे । उनलाई अस्पतालबाट रिसिभ गरेर बोर्डरसम्म कैदीका भाइले पुर्याएको पाइएको छ । ‘यस विषयमा पनि हामीले अनुसन्धान गर्दै आएका छौं,’ एसपी कार्कीले भने ।
फरार भएका कैदीको घर आफन्त कतै पत्ता नपाएपछि प्रहरीले भारत भागेको निष्कर्षमा पुग्यो । तर, भारतको कुन ठाउँमा छ । त्यो भने पत्ता लागेन । त्यसपछि अनुसन्धान अधिकृत कैदीको एक जना साथीमार्फत उनलाई जवरजस्ती करणी मुद्दा हाल्ने पीडितसँग फरार कैदीको सम्र्पक हुने गरेको जानकारी पायो । त्यसपछि फोन सम्र्पकबाट जसलाई कैदी आर्यनले जवरजस्ती करणाी गरेर कैद भुक्तान गर्दै आएका थिए । उनीहरुबीच कुराकानी भेटघाट हुने गरेको थियो । त्यो कुरा प्रहरीले कैदीको मिल्ने साथीमार्फत जानकारी पायो । ती साथीले उक्त कुरा प्रहरीलाई जानकारी दिए । त्यसपछि अनुसन्धानमा खटिएका प्रहरी टोली पीडित किशोरीमा घरमा पुगेर कैदी फरार भएको घटना सुनाएपछि पक्राउको लागि सहयोग गरिदिन आग्रह गरे । ‘फोन सम्र्पकमा कैदी र पीडित किशोरीबिच कुराकानी भएपछि उनले पनि भारतको लोकेसन भनिदिए । त्यसपछि भारतको जारखण्ड राज्यको साहियबगन्जको आफन्तको बस्ने गरेको कुरा कैदीले पीडितलाई भने । त्यसपछि इप्रका रानीका प्रहरी निरीक्षक थापा नेतृत्वको टोली खोजी कार्यमा परिचालन भयो । कैदीले ती युवतीलाई फरार भएको भोलीपल्ट फोन गरेको पाइएको छ । फोन सम्र्पकमा युवतीलाई कटियारसम्म आउ म लिन आउँछुसम्म भनेका रहेछन्,’ उनीहरुबिच भएको कुराकानी उद्रति गर्दै एक अनुसन्धान अधिकृतले भने, ‘त्यसपछि युवतिको सहारबाट कैदीलाई समाउन एक हप्तामा पक्राउ गर्न सजिलो भयो ।’

सम्बन्धित समाचार

तस्करीको एक सय बोरा चामलसहित पिकअप भेन प्रहरी नियन्त्रणमा

विराटनगर । तस्करीको चामलसहित प्रहरीले एउटा पिकअप भेन नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले मोरङको रतुवामाई नगरपालिका ७ स्थित भित्री सडकबाट भारतबाट तस्करी भएको चामल नियन्त्रणमा लिएको हो । प्र....

स्ववियु निर्वाचन जेठ ३० मा

काठमाडौं, १० चैत । त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने भएको छ । नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित पाँचबुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन...

संविधान संशोधन प्रस्ताव संसदमा लैजाने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, ९ जेठ-सरकारले नेपालको नयाँ नक्सा कार्यान्वन गराउनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन गरेर नयाँ नक्सालाई कार्यान्वनमा ल्याएर सम्पूर्ण सरकारी कार्यालयमा औपचारिकता दिने...

हेटौंडा-कुलेखानी-काठमाडौं सडकखण्डमा २ ठाउँमा पहिरो

मकवानपुर, ८ असार-हेटौँडा कुलेखानी काठमाडौं सडकखण्डको भीमफेदी गाउँपालिका-६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका-२ हेभीमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको छ । अहिले पहिरो गएको ती २ ठाउँको सडक खुलाउन स्काभेटरले पहिरो हटाउने काम...

विराट एक्स्पोमा नगद छुटदेखि विभिन्न उपहारसम्म

विराटनगर, फागुन ४–विराटनगरमा जारी विराट एक्स्पोमा उद्योगी र व्यापारीहरुले नगद छुटदेखि विभिन्न उपहार योजनाहरू ल्याएका छन् । एक्स्पोमा उपभोक्तालाई आकर्षण गर्न बिक्रेताहरूले नगददेखि विभिन्न उपहारहरूको व्यवस्था गरेको बताएका छन् । क्वालिटी थाइफुडका बाबुराम पोखरलेलले स्टलमा...

विराटनगरका औषधी व्यवसायी रजक माथि निर्घात कुटपिट

विराटनगर । विराटनगरका एक जना औषधी व्यवसायीमाथि निर्घात कुटपिट भएको छ । विराटनगर ७ हस्पिटल चोकमा रहेको रजक फर्माका संचालक २५ वर्षीय राहुल कुमार रजकमाथि बुधबार निर्घात कुटपिट भएको हो । हस्पिटल चोकमा रहेको साईनो...

प्रदेश १ मा सत्ता गठबन्धनबाट नेकपा (एस) की जयन्ती राई विजयी

विराटनगर, १२ माघ । बुधबार भएको राष्ट्रियसभा निर्वाचनममा प्रदेश १ मा सत्ता जगठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा (एस) की नेतृ जयन्ती राई विजयी भएकी छन् । उनले नेकपा एमालेकी उम्मेदवार सुमित्रा भण्डारीलाई पराजित गरेकी हुन्...

अझै सिल भएन सप्तरीमा कोरोना भेटिएका युवकको गाउँ

सप्तरी, ३१ वैशाख-सप्तरीको डाक्नेश्वरी नगरपालिका-३ हटैलका १ युवकमा कोरोना संक्रमणको पुष्टि भएपछि सिल गरिएको सुनिए पनि बस्तीमा हालसम्म सेनिटाइजसम्म नगरिएको स्थानीयहरूले गुनासो गरेका छन् । बस्तीमा संक्रमित भेटिएसँगै आफूहरू त्रसित भएको अवस्थामा हालसम्म जनप्रतिनिधीले कुनै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्