नेकपा दावी गर्न दुवै पक्षको प्रमाण पुगेनः निर्वाचन आयोग - News Birat

नेकपा दावी गर्न दुवै पक्षको प्रमाण पुगेनः निर्वाचन आयोग

न्यूज विराट

काठमाडौं, १८ पुस-नेकपाकाे आधिकारिकता र चुनाव चिन्ह विवादमा निर्वाचन आयाेगले दुवै पक्षसँग थप कागजात मागेकाे छ । शुक्रबार आयाेगले नेकपाका दुवै अध्यक्षलाई पत्राचार गरी थप कागजात पेस गर्न भनेकाे हाे । केपी ओली र प्रचण्डलाई अध्यक्ष सम्बोधन गर्दै छुट्टाछुट्टै पठाइएकाे पत्रमा आयाेगले उनीहरूले  यसअघि पेस गरेका निवेदनका विषयमा समेत थप स्पष्ट पार्न भनेको छ ।

निर्वाचन आयोगका अनुसार प्रचण्ड-माधव समूहलाई आधिकारिकताको मागदाबीका लागि कागजात केही अपुग भएकाे भनी पत्रमार्फत जानकारी गराइएकाे छ । साथै कानुनी प्रक्रिया पूरा गरेर निवेदन दिन पनि सुझाइएकाे छ । ओली पक्षलाई भने आयोगले विवरण अद्यावधिकका लागि बुझाइएको पत्रमा स्पष्ट पार्न भनेको छ ।

प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरिदिएका थिए । त्यसपछि विभाजित नेकपामा आधिकारिकता र चुनाव चिन्हसम्बन्धी विवाद उत्पन्न भएकाे छ । दुवै पक्षले ५ गतेयता लगातार आयोगमा पत्र पठाएका छन् । तर, यसबारे आयाेगले छानबिन थालेकाे छैन । दुवै पक्षले आफ्नाे दाबीसहित सम्पूर्ण कागजात र प्रमाण पेस गरेपछि मात्र छानबिन थाल्ने आयाेगले जनाएकाे छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles