विराटनगरका ब्यूटिसियनलाई ‘ब्राइडल मेकअप’ र ब्राइडल हेयर ट्रेनिङ
मङ्गलबार, २२ साउन, २०८१,
न्यूज विराट
विगराटनगर । विराटनगरका ब्यूटिसियनहरुलाई निःशुल्क एक दिने ‘ब्राइडल मेकअप’ र ब्राइडल हेयर ट्रेनिङ दिएको छ । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल महानगर कमिटि विराटनगरले मंगलबार एक दिने निःशुल्क ‘ब्राइडल मेकअप’ र बाइडल हेयर ट्रेनिङ दिएको हो ।
राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल महानगर कमिटि विराटनगरमा आवद्ध भएका सदस्य ब्यूटिसियनहरुलाई अपग्रेड गराउने उद्देश्यले ट्रेनिङ दिएको महानगरको अध्यक्ष भली सुब्बाले जानकारी दिइन् ।
एक दिने ट्रेनिङमा एक सय ५० भन्दा बढी ब्यूटिसिनयहरूको सहभागिता रहेको छ । उक्त ट्रेनिङको उद्घाटन राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपालकी उपमहासचिब ममता प्रधान, केन्द्रीय सदस्य गंगा तामाङ, कोशी प्रदेश अध्यक्ष कला डाँगीलगायतले संयुक्त रूपमा गरे ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपालकी कोशी प्रदेश अध्यक्ष कला डाँगीले ब्यूटिसियनहरुलाई ब्राइडल मेकअप र ब्राइडल हेयर ट्रेनिङले ठूलो सहयोग पुग्ने बताइन् । यस्तो तालिम समय समयमा दिएर ब्यूटिसियनहरुलाई अपग्रेड गर्दै अगाडी बढाउनुपर्नेमा उनले जोड दिइन् ।
ब्राइडल मेकअप र ब्राइडल हेयर ट्रेनिङको ट्रेनर राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल महानगर कमिटि विराटनगरकी सचिब बसन्ती गुरूङले गरेकी थिइन् । नाबुन विराटनगरले आफ्ना सदस्य ब्यूटिसियनहरुलाई आत्मनिर्भर बनाउनको लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यसअघि पनि विभिन्न सामाजिक कामहरुदेखि ब्यूटिसिनयहरुको क्षमता अभिवृद्धीको कार्यक्रमहरु पनि गर्दै आएको छ ।
ट्रेनिङको उद्घाटन शत्रमा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी उपमहासचिब ममता प्रधान, केन्द्रीय सदस्य गंगा तामाङ, प्रदेश अध्यक्ष कला डाँगी, कोशी प्रदेशकी पुर्व उपाध्यक्ष ललिता धिमाल, प्रदेश इन्चार्ज सायदा तमसुम, महानगरको निर्वतमान अध्यक्ष अमिता पोखरेललगायतको उपस्थिती रहेको थियो ।
विराटनगर । भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको घटनामा न्याय माग गर्दै आज साँझ विराटनगरस्थित रानी नाकामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन विराटनगर महानगर कमिटीले श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।...
विराटनगर, बैशाख १९–उदयपुर घर भएकै कारण अपरेशन थिएटरबाट विरामी निकाल्ने विराटनगर स्थित नोबेल मेडिकल कलेजमाथि कार्वाहीको माग गर्दै विरामीका आफन्तले उजुरी दिएका छन् । प्रसुति शल्यक्रियाको लागि भर्ना भएकी उदयपुरको त्रियुगा–११ की सरस्वती रौनियारलाई बुधबार...
विराटनगर, २५ वैशाख । २०१९ सालमा तत्कालिन बरडंगा गाविसमा जन्मिएका केदारप्रसाद यादव उमेरले ६० पुग्न लागे । पारिवारिक वातावरणनै राजनीति भएपछि उनी बाल्यकालदेखिनै त्यसैमा आकर्षित भए । सानै उमेरदेखि राजनीतिक चेतना नआउँदै नेपाली कांग्रेसको झण्डा...
विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा एनबीएससी क्रिकेट क्लब विराटनगर फाइनलमा पुगेको छ । वाइआरसीसी विराटनगरलाई ६३ रनले निराश बनाउँदै एनबीएससी उपाधि नजिक पुगेको हो । वाइआरसीसीले उपाधिको लागि बिहीबार अन्तिम सेमिफाइनल...
काठमाडौं, ५ साउन-शून्य कोरोना संक्रमित भएका जिल्लाको संख्या ७ पुगेको छ । स्वास्थ्य तथा जसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका ७ जिल्ला कोरोना फ्रि भएको बताए । उनका अनुसार...
विराटनगर, ११ माघ । विराटनगरस्थित दशगजा क्षेत्रमा भारतले सीमा मिचेर बनाएको सुरक्षा पोष्ट हटाइएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अन्तराष्ट्रिय नियम विपरित सुरक्षा पोष्ट खडा गरेपछि स्थानीय प्रशासन र नेपालका सुरक्षा निकायको...
जनकपुर, फागुन ४–प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाममा आउंदो फागुन १० गतेदेखि प्रादेशिक खाद्य मेला आयोजना हुने भएको छ । ‘परम्परागत, पोषिलो एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं, असल पोषणका लागि खानेबानीमा सुधार गरौं’ भन्ने...
इलाम, १ कात्तिक-नेपाल-भारत सीमावर्ती क्षेत्र छब्बिसेमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । इलामको सूर्योदय नगरपालिका- ४ को सीमावर्ती मेचीबजार छब्बिसेमा शुक्रबार सशस्त्र प्रहरीको १७३ औँ बिओपी स्थापना गरिएको हो । सीमा...