प्रहरीलाई लडाएर फरार भएका कैदी भारत भागेको आशंका, खोजीमा ब्यापक प्रहरी परिचालन

 न्यूज विराट
प्रहरीलाई लडाएर फरार भएका कैदी भारत भागेको आशंका, खोजीमा ब्यापक प्रहरी परिचालन

विराटनगर । उपचारको लागि विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका एक जना कैदी भारत भागेको आशंका गरिएको छ ।

बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद डियुटिमा खटिएको प्रहरीलाई लडाएर कोशी अस्पतालबाट आज विहान फरार भएका थिए ।

पेट दुख्ने समस्याका कारण बिरामी परेका अहमदलाई मंगलबार उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको थियो । बिहीबार बिहान सवा ५ बजेतिर उनी अस्पतालबाट फरार भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए । शाौचालय जाने क्रममा अस्पताल निगरानीमा खटाइएका प्रहरीलाई धकेलेर लडाउँदै उनी फरार भएको प्रहरीले बताएको छ । फरार भएका कैदीको खोजी कार्यमा प्रहरी लागि परेको डिएसपी बस्नेतले जानकारी दिए ।

विराटनगर महानगरपालिका ८ घर भएका अहमद जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी हुन् । भारततर्फ भाग्नसक्ने सम्भावनालाई मध्यनजर गरेर नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाएको छ । उनको खोजीमा सादा पोशकममा प्रहरी ब्यापक परिचालन गरिएको छ । जबरजस्ती करणी मुद्दामा अहमदलाई जिल्ला अदालत मोरङले २०७९ फागुन २९ गते १२ वर्ष कैद र ५ लाख जरिवानाको फैसला गरेको थियो । अदालतको फैसला अनुसार २०९१ साल फागुन ३ गते मात्रै कारागारबाट छुट्छन् ।

सम्बन्धित समाचार

२१६ जनामा कोरोना संक्रमण पुष्टि, २०९ जना संक्रमणमुक्त

काठमाडौं, १८ पुस । पछिल्लो २४ घण्टामा २ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ सय नौ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका...

सर्वदलीय बैठकमा संविधान संशोधनका विषयमा छलफल 

काठमाडौं, १३ जेठ-आज बसेको सर्वदलीय बैठकमा संविधान संशोधनका विषयमा छलफल भएको छ । प्रधानमन्त्री  सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजेपछि बसेको सर्वदलीय बैठकमा संविधान संशोधनको बारेमा छलफल भएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी...

चिनियाँ दूतावासले भन्योः कानुनको पालना सबैले गर्नुपर्छ

काठमाडौं, २७ वैशाख-स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारअगाडि प्रदर्शन गर्न पुगेका चिनियाँ नागरिकबारे चिनियाँ दूतावास बोलेको छ । शुक्रबार दिउँसो स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गर्न पुगेका चिनियाँ नागरिक र...

प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त

काठमाडौं, १ भदौ । प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश...

नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडपपछि रूकुम पश्चिममा निषेधाज्ञा

रूकुम पश्चिममा साँझ ५ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । मंगलबार नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप भएर स्थिति तनावग्रस्त  बनेपछि जिल्ला प्रशासन कार्यालय मुसीकोट रूकुम पश्‍चिमले निषेधाज्ञा जारी गरेको हो । पूर्वमा घारी खोला, पश्चिममा...

मन्त्री घिमिरेको कोरोना रिपोर्ट पुनः पोजेटिभ

विराटनगर, २६ भदौ–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको पीसीआर रिपोर्ट पुन ः पोजेटिभ आएको छ । कोरोना लक्षण देखिएको दुईसाता पछि विहीबार गरिएको पीसीआर परीक्षण रिपोर्ट आज पुन ः पोजेटिभ आएको प्रदेश १...

बेलबारीको रमिते डाँडा आकर्षक पर्यटकीय गन्तब्य बन्दै

विराटनगर, २१ पुस-मोरङको बेलबारी–२ लालभित्तीस्थित रमितेडाँडा आन्तरिक पर्यटनका लागि आकर्षकको केन्द्र बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्गबाट करिब २ किलोमिटर उत्तरमा अवस्थित रमितेडाँडामा वनभोज खान पुग्नेहरुको घुइँचो लाग्न थालेको छ । लालभित्ती चोकबाट करिब २...

प्रदेश १ मा निको हुने बढ्दै, आज १०४२ संक्रमणमुक्त, ७१८ संक्रमित थपिए

विराटनगर, १९ जेठ । प्रदेश १ मा आज १,०४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४४१ महिला र ६०१ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङबाट मात्रै आज ५४५ जना संक्रमणमुक्त...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्