विराटनगरमा खुल्यो ‘जियोन युनिसेक्स’ सैलुन, साउन महिनाभरी ३० प्रतिशतसम्म छुट
सोमबार, ०७ साउन, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगर – ९ मकालु टिभी अगाडी जियोन युनिसेक्स सैलुन मेकअप स्टुडियो एण्ड नेल एकाडेमी संचालनमा आएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी उक्त युनिसेक्स संचालनमा आएको हो ।
युनिसेक्सको उद्घाटन कोशी प्रदेशको राज्य मन्त्री सृजना राईले रिविन काटेर गरिन् । उनले युनिसेक्सको उद्घाटन गरेपछि आफ्नो कपाल पनि मिलाइन् । युनिसेक्समा सेवा लिएपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिदै राज्यमन्त्री राईले समृद्धीको लागि महिलाहरु आत्मनिर्भर बन्नुपर्नेमा जोड दिइन् । उनले आत्मनिर्भर बन्नको लागि यस्तो युनिसेक्स सैलुनले ठूलो सहयोग पुग्ने उहाको भनाई छ ।
कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बहादुर बस्नेत (पर्शुराम) ले राजनैतिकसँगै महिलाहरु आत्मनिर्भर बन्नको लागि व्यसायिक रुपमा खुलेको सैलनले ठूलो सहयोग पु¥याउने बताए । जियोन युनिसेक्स सैलुन मेकअप स्टुडियो एण्ड नेल एकाडेमीमा महिला पुरुष दुवै जनलाई सेवा दिन खुलिएको हो । त्यसबाहिक ब्यूटिसिनय सम्बन्धी सम्पूर्ण तालिम र नेल सिक्नेहरुको लागि पनि एकाडेमी खोलिएको ब्यूटिसियन तथा युनिसेक्स सैलुनका संचालक शान्ता जोशीले जानकारी दिइन् । ब्युटिपार्लरमा महिला सहभागिता र लगानी धेरै भए पनि सैलुनमा महिला सञ्चालक बढ्न सकेका छैनन् । यही सोचेर शान्ताले युनिसेक्स (महिला र पुरुष दुवैका लागि) सैलुन खोलेकी हुन् । ‘धेरै पेसा अवलोकन गरेँ र सबभन्दा आत्मसन्तुष्टिको पेसा सैलुन नै लाग्यो । मलाई अरूलाई राम्रो बनाउन मनपर्छ । सैलुन भन्नासाथ अरूलाई खुसी बनाएर पैसा कमाउने पेसा हो भन्ने लाग्छ, उनले भनिन्।
युनिसेक्समा १५ लाख भन्दा बढीको लगानी छ । एकैपटक ठूलो लगानीमा सैलुन खोलेकी उनी व्यावसायिक रूपमा यो पेसा सुरक्षित छ भनेरै सुरू गरेको बताइन् । त्यसैले लगानीअनुसार प्रतिफल राम्रो हुनेमा विश्वस्त रहेको उनले बताइन् । युनिसेक्स सैलुन संचालन भएको अवसरमा साउन महिनाभरी ग्राहकहरुलाई ३० प्रतिसम्म छुट दिने गरेको उनले जानकारी दिइन् । उनी निर्धक्क साथ भन्छिन्, ‘काम त सबैले गर्छन् तर कसरी गर्ने भन्ने फरक कुरा हो । जियोन युनिसेक्सले फरक तरिकाले सेवा दिएको छ । चुनौती नभएको होइन, ठूलो लगानी छ, तर सामना गर्छु भनेरै हात हालेकी छु । पक्कै पनि सफल हुनेछु । ’ उनले सैलुनको साजसज्जा पनि आकर्षित तरिकाले गरेकी छिन् । विशेषगरी कपाल काट्ने, रंगरोगन, स्याहारदेखि फेसियल, मेकअप (साधारण र बेहुला–बेहुली), छाला तथा नङ स्याहार लगायतका सेवा युनिसेक्सले दिन्छ । जियोन युनिसेक्समा शान्ता बाहेक दुई जना कर्मचारी राखिकी छिन् । लामो समय काम गरेका अनुभवी कर्मचारी र अनुभवी ‘हेयर मास्टर’ बोलाएको उनले जानकारी दिइन् । शान्ताका अनुसार सैलुनमा प्रयोग हुने अधिकांश सामान उनले आधुनिक उपकरणबाट गुणस्तरीय सामानको प्रयोग गर्ने बताएकी छिन् । सानैदेखि आत्मनिर्भर बन्न रूचाउने शान्ताले ब्यूटिसियनको क्षेत्रमा लामो समयदेखि कार्यरत रहेकी छिन् । उनी सफल उद्यमीका रूपमा पहिचान बनाउन लागी परेकी छिन् । अरू महिलालाई पनि उद्यमी बन्न उनी सुझाब दिने गरेकी छिन् । ‘व्यवसाय के गर्ने भन्ने निधो गरेर थोरै लगानीबाट पनि राम्रो आम्दानी लिन सकिन्छ,’ शान्ता भन्छिन्, ‘जोसँग जस्तो सीप र क्षमता छ त्यहीअनुसार केही न केही गर्नुहोस् । जति मेहनत र लगाव लगाउनुहुन्छ, त्यति नै सफल भइन्छ ।’
विराटनगर, जेठ १७–मोरङको रतुवामाई नगरपालिका वडा नम्बर १० का विपन्न परिवारलाई आरम्भ नाट्य डबली कला साहित्य मञ्चले राहत वितरण गरेका छ । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मुलुकमा लकडाउन घोषणा भएपछि दैनिक ज्यालादारी...
उदयपुर, ५ वैशाख-कोरोना भाइरस (कोभिड–१९) को प्रकोप रोक्न ११ चैतदेखि मुलुक लकडाउनमा छ । लकडाउन अझै कति दिनसम्म चल्छ भन्ने टुंगो छैन ।यस्तो अवस्थामा दैनिक औषधि सेवन गरिरहेका बिरामीको समस्या मध्यनजर गर्दै उदयपुरको बेलका नगरपालिकाले...
विराटनगर । सुनसरीको इनरुवा नगरपालिका ३ घर भएकी २३ वर्षीया निकिता चौधरीको रहस्मय मृत्यु भएको छ । १९ महिना अगाडी ३२ वर्षीय नगेन्द्र भगतसँग विवाह भएको निकताको रहस्मय मृत्यु भएको हो । शनिबार राती साढे...
काठमाडौ, ९ जेठ । नेपालमा कोरोना संक्रमणको संख्या दैनिक रुपमा वृद्धि भएसँगै नेपाललाई बेलायतले २० लाख २० लाख डो’ज अस्ट्राजेनेका खोप पठाउने भएको छ । यसअघि नेपाल लगायत दक्षिण एसियका राष्ट्रलाई तत्काल सहयोगको खाँचो रहेको...
विराटनगर । विराटनगरका उद्योगी अरुण कुमार राठीलाई आफ्नै व्यापारिक साझेदारले बन्धक बनाएर १५ लाख रुपैयाँ फिरौति मागेको घटनाको निष्पक्ष छानविन गरेर दोषीलाई कडा कारावही गर्न पूर्वका तीन वटा व्यवसायिक संस्थाले माग राखेका छन् । उद्योग...
विराटनगर, १४ भदौ–प्रदेश १ मा आइतबार ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४५, सुनसरीमा ३७, झापामा ९, संखुवासभामा २, प्रदेश १ बारिहका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज...
विराटनगर । नेपाल औषधि ब्यवसायि संघ (एनसीडिए) मोरङले निःशुल्क आँखा जाँच शिवीर तथा औषधि वितरण कार्यक्रम आयोजना गरेको छ ।संघले विराटनगर ८ स्थित विराटेश्वर बृद्धाश्रम परिसरमा बिहीबार शिवीरको आयोजना गरेको हो ।नेपाल औषधि ब्यवसायि संघका...
काठमाडौं, ५ मंसिर-गएको २४ घन्टामा देशभर २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यासँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ९८ पुगेको छ । शुक्रबार देशभर १० हजार ३ सय ४०...