पछिल्लो २४ घण्टामा नेपालमा २२ कोरोना संक्रमितको मृत्यु - News Birat

पछिल्लो २४ घण्टामा नेपालमा २२ कोरोना संक्रमितको मृत्यु

न्यूज विराट

काठमाडौं, ५ मंसिर-गएको २४ घन्टामा देशभर २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  यासँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ९८ पुगेको छ ।

शुक्रबार देशभर  १० हजार ३ सय ४० को पीसीआर गर्दा १ हजार ९ सय ४५ जनामा कोरोना पुष्टि भएको छ । योसहित संक्रमितको कुल संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ । त्यस्तै, शुक्रबार ५ हजार २ सय ६५ जना डिस्चार्ज छन् । अहिलेसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles