इस्टर्न कलेज अफ इन्जिनियरिङ्ग र सिलिगुरी इन्टिच्युट अफ टेक्नोलोजीबीच शैक्षिक सहकार्य सम्झौता

 न्यूज विराट
इस्टर्न कलेज अफ इन्जिनियरिङ्ग र सिलिगुरी इन्टिच्युट अफ टेक्नोलोजीबीच शैक्षिक सहकार्य सम्झौता

विराटनगर। इस्टर्न कलेज अफ इन्जिनियरिङ्ग, विराटनगर र भारतको सिलिगुरी इन्टिच्युट अफ टेक्नोलोजीबीच शैक्षिक विकास तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको छ।

यो सम्झौताले दुवै देशका विद्यार्थीहरूलाई विश्वस्तरीय इन्जिनियरिङ शिक्षा र अनुसन्धान अवसरहरू प्रदान गर्ने लक्ष्य राखेको छ।

सम्झौता पत्रमा इस्टर्न कलेज अफ इन्जिनियरिङ्ग, विराटनगरको तर्फबाट प्रिन्सिपल ई। अमित सुराना र भारतको सिलिगुरी इन्टिच्युट अफ टेक्नोलोजीको तर्फबाट प्रिन्सिपल डा। मिथुन चक्रवर्तीले हस्ताक्षर गरेका छन् ।

संकाय आदान(प्रदान कार्यक्रम,अन्तर्राष्ट्रिय इन्टर्नशिप र औद्योगिक तालिम,संयुक्त रोजगार मेला,अन्तर्राष्ट्रिय कार्यशाला र सम्मेलनहरू,संयुक्त अनुसन्धान परियोजनाहरू,अनुसन्धान सुविधाहरूको साझेदारी सम्झौताका मुख्य बुँदाहरू रहेका छन्।

इस्टर्न कलेजका प्रिन्सिपल ई। अमित सुरानाले भने, ूयो सम्झौताले हाम्रो इन्जिनियरिङ शिक्षालाई अझ बढी अनुसन्धानमुखी बनाउन र विद्यार्थीहरूको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ ।

सिलिगुरी इन्टिच्युट अफ टेक्नोलोजीका प्रिन्सिपल डा। मिथुन चक्रवर्तीले यस सहकार्यलाई दुवै संस्थाका लागि फाइदा जनक बताउँदै भने, ूयसले हाम्रा विद्यार्थी र संकायलाई अन्तर्राष्ट्रिय अनुभव र ज्ञान आदान(प्रदानको अवसर प्रदान गर्नेछ।ू

इस्टर्न कलेज, जसले दुई दशकदेखि गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्दै आएको छ, यस सहकार्यमार्फत आफ्नो शैक्षिक कार्यक्रमहरूलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने लक्ष्य राखेको छ। यो सम्झौताले नेपाल र भारतबीचको शैक्षिक सम्बन्धलाई अझ बलियो बनाउनुका साथै क्षेत्रीय स्तरमा उच्च शिक्षाको गुणस्तर सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

कलेजमा अहिले वि।ई सिभिल इन्जिनियरिङ्ग, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रोनिक्स कम्यूनिकेशन र अटोमेशन इन्जिनियरिङ कार्यक्रमहरु संचालन हुदै आएको छ ।

सम्बन्धित समाचार

मेयर सराबगीका पिताको निधन

वीरगञ्ज, १५ भदौ-वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीका बुबाको ७८ वर्षको उमेरमा निधन भएको छ ।  १५ दिनदेखि अस्पतालमा उपचार गराइरहेका सरावगीका बुबा चिरञ्जीवीलाल सरावगीको गएराति निधन भएको हो ।  पछिल्लो समय भेन्टिलेटरमा उपचार गरिँदै आइएका...

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

काठमाडौं, जेठ २–सरकारको नीति तथा कार्यत्रम संघीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे संयुक्त बैठकमा नीति तथा कार्यत्रम प्रस्तुत गर्ने छिन् । नीति तथा कार्यक्रम पेस गर्न संसद्...

कृषिमा नयाँ व्यवस्था आउँदै छ : मन्त्री भुसाल

झापा, ७ असोज-कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषिक्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको बताएका छन् । झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले सरकारले ल्याउने नयाँ व्यवस्थाले कृषकका समस्या...

कोरोना महामारीले कबुल गरिएका कतिपय काम सम्पन्न भएन:प्रधानमन्त्री ओली

काठमाडौं, ३ असोज-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण विकास निर्माणका कामले सोचे जस्तो गति नलिएको बताएका छन् । संविधान दिवस (राष्ट्रिय दिवस)को अवसरमा शनिबार टुँडिखेलबाट देशबासीको नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारीले...

कांग्रेसकाे प्रदेशसभा क्षेत्रीय अधिवेशन आज

काठमाडौं, ३ मंसिर । नेपाली कांग्रेसले पहिलाेपल्ट प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्दै छ । पार्टीकाे १४औँ महाधिवेनअन्तर्गत आजदेखि प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरु हुन लागेकाे हाे । स्थानीय तहकाे अधिवेशन भएका जिल्लामा आज प्रदेशसभा क्षेत्रीय अधिवेशन हुने कांग्रेसकाे केन्द्रीय निर्वाचन समितिले...

नमुना विद्या मन्दिर स्कुलले मनायो अभिभावक दिवस

विराटनगर । विराटनगर–८ स्थित नमुना विद्या मन्दिर आवासीय माध्यमिक विद्यालयले ३१ औं अभिभावक दिवस मनाएको छ । शनिबार हाटखोला स्थित आरोहण गुरुकुलमा नमुना विद्या मन्दिरले ३१ औं अभिभावक दिवस मनाएको हो । अभिभावक दिवसको अवसरमा...

अध्यादेश फिर्तालगत्तै ओली, प्रचण्ड र देउवाबीच बालुवाटरमा भेटवार्ता

काठमाडौं, १२ वैशाख-सरकारले विवादित अध्यादेश फिर्ता लिन निर्णय गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहा प्रचण्डसँग भेट गरेका छन् । ओली, प्रचण्ड र देउवाबीच प्रधानमन्त्री निवासमा...

वरिष्ठ न्युरो सर्जन डा.  यामबहादुर रोकाको ‘१०८ कविता सङ्ग्रह’ विमोचन

विराटनगर । वरिष्ठ न्युरो सर्जन डा.  यामबहादुर रोकाको ‘१०८ कविता सङ्ग्रह’ विमोचन गरिएको छ । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिवार एक कार्यक्रमको आयोजना गर्दै डा. रोकाको कविता सङ्ग्रह १०८ विमोचन गरिएको हो । डा. रोकाको १०८...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्