मेयर सराबगीका पिताको निधन - News Birat

मेयर सराबगीका पिताको निधन

न्यूज विराट
वीरगञ्ज, १५ भदौ-वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीका बुबाको ७८ वर्षको उमेरमा निधन भएको छ ।  १५ दिनदेखि अस्पतालमा उपचार गराइरहेका सरावगीका बुबा चिरञ्जीवीलाल सरावगीको गएराति निधन भएको हो । 

पछिल्लो समय भेन्टिलेटरमा उपचार गरिँदै आइएका उनलाई रक्तचाप तथा मिर्गौलासम्बन्धी समस्या थियो । २२ साउनमा कोरोना संक्रमण देखिएपछि वीरगञ्जबाट काठमाडौं ल्याइएको थियो । २ भदौमा उनको कोरोना रिपोर्ट नेगेटिभ देखिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles