राशिफल

कांग्रेसकाे प्रदेशसभा क्षेत्रीय अधिवेशन आज

 न्यूज विराट
कांग्रेसकाे प्रदेशसभा क्षेत्रीय अधिवेशन आज

काठमाडौं, ३ मंसिर । नेपाली कांग्रेसले पहिलाेपल्ट प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्दै छ । पार्टीकाे १४औँ महाधिवेनअन्तर्गत आजदेखि प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरु हुन लागेकाे हाे ।

स्थानीय तहकाे अधिवेशन भएका जिल्लामा आज प्रदेशसभा क्षेत्रीय अधिवेशन हुने कांग्रेसकाे केन्द्रीय निर्वाचन समितिले जनाएकाे छ । समितिका अनुसार धेरैजसाे जिल्लामा आज अधिवेशन हुने छ । जुन-जुन जिल्लामा आज अधिवेशन हुँदैन, त्यहाँ जिल्ला निर्वाचन अधिकृतले नयाँ मिति तोक्ने छन् ।

संवैधानिक व्यवस्थाअनुसार ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसको नयाँ कार्यसमिति चयन हुनेछ। कांग्रेसले स्थानीय तहमा निर्देशिका बनाएर सहमतिमै प्रदेशसभा क्षेत्रीय कार्यसमिति चयन गरिसकेकाे छ । प्रदेशसभा क्षेत्रीय अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधिसमेत चुन्ने छ । ती महाधिवेशन प्रतिनिधिले प्रदेश कमिटी छान्ने छन्र । कांग्रेसको प्रदेशसभा अधिवेशन मंसिर १६ र १७ गते तथा केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुने निर्धारित कार्यतालिक छ ।

सम्बन्धित समाचार

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

विराट गोल्डकप, नेपाल पुलिसलाई हराउँदै विराटनगर सिटी सेमिफाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...