कृषिमा नयाँ व्यवस्था आउँदै छ : मन्त्री भुसाल

 न्यूज विराट
कृषिमा नयाँ व्यवस्था आउँदै छ : मन्त्री भुसाल

झापा, ७ असोज-कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषिक्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको बताएका छन् । झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले सरकारले ल्याउने नयाँ व्यवस्थाले कृषकका समस्या समाधान गर्ने दाबी गरे ।

उनले कृषिक्षेत्रमा ल्याइने नयाँ व्यवस्था संविधानबमोजिम हुने र त्यसले कृषिक्षेत्रको उत्पादन, प्राविधिक, किसानलाई दिइने सेवा, वित्तीय पहुँच, बीमा तथा उत्पादनको  समर्थन मूल्य तोक्दै जाने गरी नयाँ कृषि व्यवस्था सरकारले ल्याउन लागेको जानकारी दिए । ‘नेपालमा कृषि कर्म गर्ने हरेक नागरिकले अब निराश हुनु पर्दैन,’ मन्त्री भुसालले भने, ‘कृषकले उत्पादन गरेको हरेक वस्तुको सरकारले समर्थन मूल्य तोक्छ र त्यसको सुनिश्चितता गर्दै जानेछ ।’

कृषिक्षेत्रमा अहिले सयौँ समस्या रहेको र त्यसलाई नयाँ व्यवस्थामा ढालेर समस्याको हल गर्न यो सरकार लागिपरेको बताउँदै मन्त्री भुसालले अबको दुई/तीन वर्षमा कृषिक्षेत्रमा नयाँ व्यवस्था ल्याएर कृषकका सबै समस्या हल गर्ने धारणा राखे । उनले कृषिक्षेत्रमा ल्याइने नयाँ व्यवस्थाका लागि आफैँबाट सुशासनको काम सुरु गरेको बताए ।

सरकारले ठीक तवरले काम गरिरहेको बताउँदै मन्त्री भुसालले सरकारका जुनसुकै कार्यक्रमहरू अहिलेको संविधानबमोजिम नै अघि बढेको बताए । संविधानलाई कार्यान्वयन गर्दै जाने दिशामा सरकार रहेकाले सरकार सञ्चालनका क्रममा केही कमी कमजोरी भए त्यसलाई सरकारले सुधार्दै जाने बताए । ‘सरकारअगाडि बढ्न सरकारको टिका टिप्पणी आवश्यक छ,’ मन्त्री भुसालले भने, ‘यो सरकार संविधानभित्र छ र संविधानलाई कार्यान्वयन गर्नका लागि सरकारका सबै संरचना ठीक ढङ्गले सञ्चालन भइरहेका छन् ।’ रासस 

सम्बन्धित समाचार

ओली-प्रचण्डबीचकाे छलफल सुरु

काठमाडौं, ९ भदौ-प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच बालुवाटारमा छलफल सुरु भएको छ । दुबै अध्यक्षबीच नेकपा कार्यदलले पेस गरेको प्रतिवेदनमाथि छलफल सुरु भएकाे हाे । ३०...

कोरोनाबाट नेपालमा थप १ जनाको मृत्यु

काठमाडौं, ८ साउन-पर्साको वीरगञ्जमा ६ साउनमा मृत्यु भएका ७० वर्षीय वृद्धमा कोरोना भाइरस पोजिटिभ देखिएको छ । नारायणी अस्थाई कोभिड अस्पताल गण्डकको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएका वीरगञ्ज महानगरपालिका-६ का ती वृद्धको कोरोना परीक्षण गर्दा...

मछिन्द्र क्लबले जित्यो ए डिभिजन लिगको उपाधि

काठमाडौं, फागुन ३–कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको उपाधि मछिन्द्र क्लबले जितेको छ। शनिबार भएको लिगको अन्तिम खेलमा विभागीय त्रिभुवन आर्मी क्लबलाइ १–० गोलले हराउादै मछिन्द्रले पहिलोपटक ए डिभिजन लिगको उपाधि जितेको हो। दशरथ...

इप्रका रामपुरले एकै दिन १३ फरार अभियुक्त पक्राउ, प्रहरी निरीक्षक ढकाल आएपछि फरार अभियुक्त धमाधम पक्राउ

विराटनगर । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरले एकै दिन विभिन्न अपराध गरी फरार १३ जना प्रतिवादीहरु पक्राउ गरेको छ । प्रहरीले ‘फरार पक्राउ’ अभियान सुरु गरि विभिन्न अपराध गरी फरार भएका प्रतिवादीहरु धमाधम पक्राउ...

पार्टी लाइनमा आउँदा मेरो जित भएको छ : वामदेव गौतम

काठमाडौं, १३ असार-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तेस्रो दिनको स्थायी कमिटीको बैठकमा उपाध्यक्ष वामदेव गौतमले आज सिङ्गो पार्टी   लाइनमा आउँदा आफ्नो जित भएको बताएका छन् । उपाध्यक्ष गौतमले भनेका छन्, ‘महाकाली सन्धि...

गुद्रीमा घर, टहरा र सटर खाली गर्न महानगरले निकाल्यो सुचना

विराटनगर, १६ कात्तिक । ५ अर्ब रुपैयाँ भन्दा बढीको लगानीमा विराटनगर–९ स्थित गुद्रीमा निर्माण हुने व्यापारिक कमप्लेक्सका लागि महानगरपालिकाले सुचना निकालेको छ । विराटनगर–९ स्थित गुद्रीबजार क्षेत्रको १४ कट्ठा जग्गामा बन्ने सो व्यापारिक कमप्लेक्सका लागि...

नवनियुक्त मुख्यमन्त्री भीम आचार्यद्वारा पदभार ग्रहण

विराटनगर, भदौ १० । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गर्नुभएको छ । मुख्यमन्त्रीमा आजै नियुक्त हुनुभएका एमाले नेता आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट पद तथा गोपनीयताको शपथ लिएपछि कार्यालयमा पुगेर पदभार...

इजरायलस्थित मिसाइल खस्ने बंकरबाट ५ विद्यार्थीहरूको गुहार : ‘१० जना साथीहरूलाई लग्यो, हामीलाई पनि नलगोस्’

विराटनगर । प्यालेस्टाइनी विद्रोही समूह हमास हमलाका कारण हिंसाग्रस्त इजरायलबाट पाँच नेपाली विद्यार्थीले आफूहरूलाई बचाउन सरकारसँग गुहार मागेका छन्। विपिन सुवेदीले असुरक्षित बंकरबाट भिडिओ सन्देश जारी गर्दै बताएअनुसार उनीहरू पाँच जना सुदूरपश्चिम विश्वविद्यलायअन्तर्गत कृषि विज्ञान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्