संघीयता पछि स्वास्थ्य क्षेत्रमा आएको परिवर्तन

 न्यूज विराट
संघीयता पछि स्वास्थ्य क्षेत्रमा आएको परिवर्तन

गोपाल प्रसाद पोखरेल
विराटनगर ।
कोशी प्रदेशमा आर्यूवेदीक स्वास्थ्य केन्द्रको अवस्था संघीयताको आवागमनसँगै कोशी प्रदेशका जिल्लाहरुमा स्वास्थ्य क्षेत्रको अवस्थामा आमूल परिवर्तनको महशुस भएको छ । घरदैलो सम्मै सेवाको पहुँच पुर्याउन संघीय , प्रदेश र स्थानीय सरकार अग्रसर छन ।

स्वास्थ्य अभावमै कुनै पनि विरामीले अकालमै ज्यान गुमाउन नपरोस भन्ने ध्येय राखी प्रदेश सरकारले जिल्ला स्थित सवै स्वास्थ्य संस्थाहरुको सेवा र गुणस्तरमा श्रीवृद्धि गरेको छ । भरपर्दो र विश्वसनिय सेवा उपलब्ध भएसँगै विरामीको घुँईचो स्वास्थ्य संस्थाहरुमा बढेको पाइन्छ । बैकल्पिक स्वास्थ्य उपचार पद्धतीका रुपमा तिव्र रुपमा विकास भैरहेको आर्यूवेदीक उपचार पद्धतीको सेवालाई समेत प्रदेश सरकारले भरपर्दो र विश्वसनीय पार्दै त्यसको तिव्र रुपमा विकास गरेको देखिन्छ ।

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सुचना अधिकारी तथा आयुर्वेदिक चिकित्सक डा. रविन्द्र निरौलाले प्रदेशमा संचालित आर्यूवेदीक स्वास्थ्य केन्द्रहरुर्ले परिणममुखी सेवा उपलब्ध गराईरहेको बताउनु भयो । निरौलाका अनुसार, आयुर्वेद अस्पतालहरुको सेवा प्रवाह प्रति जनता खुसी मात्र छैनन कि यो पद्धती प्रति आर्कषण बढेर गएको छ ।

प्रदेश सरकारले आर्यूवेदीक अस्पतालको सेवालाई १४ वटै जिल्लामा विस्तार गरिसकेको छ । प्रत्येक जिल्लाका आयुर्वेद स्वास्थ्य केन्द्र संचालनमा छन । ती केन्द्रहरुमा बहिरंग सेवा, पञ्चकर्म सेवा, क्षार सुत्र सेवा तथा शल्य चिकित्सा सेवा, प्राकृतिक चिकित्सा सेवा , होमियोप्याथिक चिकित्सा सेवा, उपचारात्मक योग सेवा, स्वास्थ्य जिवन परामर्श सेवा, नागरिक आरोग्य सेवाकेन्द्रबाट सामान्य चिकित्सा सेवा , स्तनपायी आमा तथा मातृशिशु सुरक्षात्मक सेवा, जेष्ठ नागरिक स्वास्थ्य संरक्षण तथा प्रबधर्नात्म सेवा, प्याथोलोजि ल्याव सेवा उपलब्ध रहेका छन । अधिकांश जिल्ला आयुर्वेद औषधालयहरुले फार्मेसी संचालन गरेका छन । यस्तै प्रत्येकजिल्लाहरुमा आरोग्य केन्द्रहरु पनि संचालनमा छन । प्रदेश सरकारले पछिल्लो समयमा झापाको लखनपुरमा ५० शैयाको शल्य चिकित्सा सहितको आयुर्वेदिक अस्पताल निर्माण सम्पन्न गरेर संञ्चालन गरि सकेको छ ।

लखनपुर आयूर्वेदीक अस्पताल संचालन पछि स्थानीयहरुमा यो सेवा प्रति भरोस बढदै गएको देखिन्छ।
स्थानीयबासी गोपाल गुरागाँइका अनुसार यस आर्यूवेदीक अस्पतालमा उपचार गराउन आउने विरामीहरुलाई शल्यक्रिया सहित दिर्घ रोगीहरुको उपचार संभाव हुन थालेपछि महगो उपचार पद्धती प्रति आर्कषण घटदै गएको छ । यो अस्पताल निर्माण भएपछि यो क्षेत्रमा आर्यूवेदीक पद्धती प्रति सर्वसाधारणको भरोसा र आर्कषण बढदै गएको छ । विःस २०७९ सालमा मुख्यमन्त्री राजेन्द्र कुमार राइले प्रादेशिक आयुर्वेदिक अस्पतालको उद्घाटन गर्नु भएको थियो ।
पथरी शनिश्चरे नगरपालिका वडा न। ८ का ५५ वर्षका अर्जुन पौडेल पायल्सका बिमारी भएर लामो समय देखी ग्रस्त हुनुहुन्थ्यो । धेरै उपचार गराउदा सम्म पायल्य निको नभएपछि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र विराटनगरमा उपचार गराउन आउनु भयो । उपचार पश्चात अहिले उहाँको पायल्स निको भएको छ ।

उहाँ मात्र होइन धेरै विरामीको आर्यूवेदीक पद्धती प्रति भरोस राख्न थालेका छन । पथरी शनिश्चरे ८ का डिल्ली सिटौलाको ग्यास्ट्रीकको समस्या थियो । उहाँले पनि आयुर्वेद स्वास्थ्य केन्द्रमा आएर उपचार गरेपछी अहिले निको हुनु भएको छ । त्यतीमात्र होइन पथरी शनिश्चरे ८ कै दुर्गा मायाँ विस्टको पनि पेटदुख्ने समस्याले लामो समय देखी ग्रस्त हुनुहुन्थ्यो । उपचार पछि उहाँहरु सबै जना निको भएर स्वास्थ्य जीवन यापन गरिरहनु भएको छ । । उहाँहरु त एउटा उदाहरण मात्र हो । कोशी प्रदेश भरिमा उहाँहरु जस्ता ४ देखि ५ सय विरामीहरु आयुर्वेद स्वास्थ्य केन्द्र, आर्युवेदीक औषधालय र आर्यूवेदी उपचार केन्द्रमा नियमित उपचार गराइरहनु भएको छ । आयुर्वेद चिकित्सक , होमियो प्याथिक चिकित्सक पद्धतीमा उपचार गराइरहेका विरामीहरुले आफूहरुलाई स्वास्थ्य लाभ भएको महशुस गरिरहेका छन ।

आयुर्वेदिक उपचार पद्धति प्रति विरामीको जति आर्कषण बढदै गएको त्यसको तुलनामा प्रदेश सरकारले यो पद्धतीको विकास र प्रर्वद्धनका लागि ध्यान नदिएको गुनासो समवन्धित चिकित्सिकहरुले गरेका छन । पर्याप्त बजेट अभावले गुणस्तरीय सेवा उपलब्ध गराउन कठिनाई भैरहेको समवन्धि चिकित्सकहरुको गुनासो छ । प्रदेश सरकारले आयुर्वेदिक क्षेत्रको विकासका लागी बजेट कम छुट्याउने गर्दा सोचे अनुसार उपचार संभाव नभएको जिल्ला आयुर्वेदीक स्वास्थ्य केन्द्र मोरंडका प्रमुख केकेन राइ बताउनु हुन्छ, । उहाँ भन्नुहुन्छ , बजेटमा आयुर्वेद क्षेत्रमा उपेक्षा छ सेवाग्राहिहरुको बिस्वास बढ्दो क्रममा छ , सेवाग्राहीको विस्वासलाइ मध्नजगर गरेर सेवा क्षेत्रलाइ बिस्तार गर्न प्रदेश सरकार लाग्नुपर्छ ,।

प्रदेशमा सरकार गठन अघि बैकल्पीक चिकीत्सालयहरुको अवस्था बत्तिबालेर खोज्नुपर्ने अवस्था थियो । जव देश संघीयतामा गयो र २०६५ सालमा तत्कालीन स्वास्थ्य मन्त्रालयले बैकल्पिक उपचार पद्धतिलाई प्रँथामिकतामा राखेर कोशि प्रदेशका १४ वटै जिल्लामा चिकित्सक सहितको स्वस्थ्य केन्द्र संचालनमा ल्याउने निणर्य गरो । सबै जिल्लामा आर्यूवेदीक अस्पताल संचालन हुने क्रमले तिव्रता पाएको पूर्व समाजिक तथा स्वास्थ्य मन्त्री जिवन घिमिरे बताउनु हुन्छ ।
यो सेवा भरपर्दो बन्दै गएपछि यतिवेला प्रादेशिक आयुर्वेदिक अस्पतालमा दैनिक ४० देखि ५० जना विमारीहरु उपचारका लागि आउने गरेका छन । त्यसैगरी आयुर्वेदिक स्वास्थ्य केन्द्र मोरंडमा दैनिक एक सय देखि एक सय पचासको संख्यामा विमारीहरुले उपचार गराईरहेका छन ।
यस्तै छिमिेकी मूलुक भारतका तथा झापा, मोरंड सुनसरी, पाँचथर ,इलाम, ताप्लेजुङ,खोटांड, उदयपुर, धनकुटा, तेह्थुम, इलाम, लगायतका जिल्लाहरुबाट प्रदेशीय आर्यूवेदीक अस्पतालमा उपचार गराउन आउने विरामीको संख्या उल्लेखनीय देखिएको छ ।
जिल्ला आयूवेद स्वास्थ्यकेन्द्र उदयपुरका चिकित्सक मुकेश कुमार सिंहका अनुसार उदपुर जिल्लामा यो सेवा प्रति विरामीको आर्कषढ बढेको छ । सिहले भन्नु भयो , टाउको दुख्ने, ज्वारो आउने, ग्यास्टिक, हात खुट्टा दुख्ने , नसा सम्बन्धि रोगहरुका अधिकांश विमारी उपचारका लागि आउने गरेका छन । चिकित्सक सिंह भन्नु हुन्छ, इर्मरजेन्सी र चिरफार बाहेक सबै प्रकारका रोगहरुको उपचार उदयपुर आर्यूवेदीक अस्पतालमा भइरहेको छ । यता झापा र मोरङमा पनि टाउको दुख्ने, ज्वारो आउने, ग्यास्टिक, हात खुट्टा दुख्ने , नसा सम्बन्धि रोगहरुका बिमारीहरु उपचारकालागी आउने गरेका छन । प्रादेशिक आयुर्वेद अस्पताले त पिलो , सिस्ट जस्ता बिमारीहरुको शल्याक्रियाको सेवा उपलब्ध गराउदै आएको छ । । तर प्रादेशिक आयुर्वेद अस्पताल बाहेक अन्य स्वास्थ्य केन्द्ररुमा एक्सरे, भिडियो एक्सरे मेशिनको व्यवस्थापन गर्न नसक्दा उपचार गर्न कठिन भइरहेको आयुर्वेदिक स्वास्थ्य केन्द्र मोरंका प्रमुख केकेन राइको भनाइ छ । उहाँ भन्नु हुन्छ , सरकारकारी अस्पताल तथा निजी अस्पतालमा गएर भिडियो एक्सरे गर्न पठाउनुपर्ने समस्या अझै पनि छ,। जनशक्ती तथा कर्मचारीको अभाव हुनुका साथै अझै प्रभावकारी तरिकाले उपचार गर्न अत्याधुनिक उपकरणको आवाश्यकता छ ।
कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले १४ जिल्लामा प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य तालिम केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विस्तार गरिसकेको छ । त्यस्तै, १४ वटा अस्पतालहरु, १४ वटा स्वास्थ्य कार्यालयहरु, १४ वटा आयुर्वेद औषधालय÷स्वास्थ्य केन्द्रहरु गरी ४६ वटा स्वस्थ्य कार्यालयहरु अहिले संचालनमा छन् । अस्थायी प्रकृतिका १÷१ वटा प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्र पनि संचालनमा ल्याईएको छ । सो आयुर्वेद अस्पतालमा २३ प्रकारका औषधिहरु निःशुल्क वितरण गरिदै आएको छ ।
कोशी अस्पतालमा भौतिक निर्माण तिव्र
भरपर्दो सेवा प्रदान गर्ने उद्देश्य कोशी अस्पताल विराटनगरमा प्रसूती गृहको निर्माण गरिएको छ । प्रदेशको र संघिय स्वास्थ्य मन्त्रालयको सहयोगमा निर्मित उक्त अस्पतालको निर्माण पछि पूर्वी क्षेत्रका गर्भवती महिलाहरुले राहत पाएका छन ।
चर्को शूल्क लिएर निजी अस्पतालमा प्रसूती गराउनु पर्ने बाध्यता अव टरेकोछ । प्रदेशका तत्कालीन स्वास्थ्य मन्त्री जिवन घिमिरे र संघिय स्वास्थ्य मन्त्री भानुभक्त ढकालको पहलमा अमेरिकि दुताबासको आर्थिक सहयोगमा एम सिसि परियोजना मार्फत अमेरिकि सेनाले नै ठेक्का लगाएर एक वर्ष भित्रमै अस्पताल निर्माण गर्रि हस्तान्तरण गरेको हो । करिब ४ करोडको लगानीमा प्रसुतिगृह निर्माण गरिएको हो । नवनिर्मित भवन नजिकै रहेको विपत व्यवस्थापन शाखाको भवन समेत तत्काली सरकारको स्वास्थ्य मन्त्रालयले गरेको हो । कोशी अस्पतालको हाता भित्र रहेको पुरानो तथा जिर्ण भवन भत्काई विविध सेवा संञ्चालनका लागी कोशि प्रदेश सरकारको पहलमा अत्याधुनिक ८ तल्ले भवनको निर्माण कार्य भैरहेको छ २ सय १७ करोडमा केसि कन्स्टक्सनले सो भवन निर्माणको जिम्मा पाएको छ । सो भवनको भुँइतलामा प्रशासन ,ल्याव , फार्मेसी संचालन गरिने छ । प्रथम तल्लामा बच्चावार्ड, आइसियु, एनआइसियु संञ्चालन हुने छ । त्यसैगरी दोस्रो तलामा अर्थोवाड, तेस्रोमा मेडिकल, चौथो र पाँचौमा सर्जीकल,सातौमा सेमिनार हल, आठौमा चिकित्सक कक्ष निर्माण हुने छ ।
पुरानो भवन साघुँरो र जिर्ण बन्दा शलयक्रिया गर्ने स्थानको अभाव थियो । छानाबाट पानी चुहिने र विरामीले सास्ती व्यहोर्नु परेपछि अस्पताल प्रशसनले पुरानो भवन भत्काएर नयाँ बनाउने निर्णय गरेको कोशी अस्पतालका मेडिकल सुपरिडेन्टेड डा. रविन सिंहले बताउनु भयो ।

प्रदेशकै ठुलो अस्पताल रहेको कोशी अस्पताल प्रशासनका अनुसार २४ सै घण्टा आकास्मीक सेवा संचालनमा छ । प्रदेश सरकारको सहयोगले नै कोशी अस्पतालले प्रदान गर्ने सेवा गुणस्तर र सेवामा बृद्धि भएको हो । सो अस्पतालमा स्त्री रोग सम्बन्धि, हाडजोर्नी सम्बन्धी, फिजिसियन सेवा, किड्नी उपचार सेवा, क्यान्सर उपचारसेवा, विभिनन प्रकारका सर्जरीसेवा , चर्मरोग, नसारोग, मानसिक रोग, इमरजेन्सी सेवा, सर्पदंश सेवा , इसिजि , एक्सरे , भिडियो एक्सरे , सिटि स्क्यान लगायतका सेवा छन । रगत , पिसाव, दिसाको जाँच गर्नुका साथै पिसिआर सेवा पनि उपलब्ध छ ।
कोशि प्रदेशका स्वास्थ्य मन्त्रालयको योजना शाखाका अधिकृत आस्था थापाले कोशि प्रदेशका सबै जिल्ला अस्पतालको स्तरउन्नती गर्दे उपकरणहरु उपलब्ध गराइएको जानकारी दिनुभयो । झापा, मोरंग , सुनसरी, पाँचथर, इलाम, धनकुटा भोजपुर, संखुवासभा, तेरथुम ,उदयपुर , खोटाङ ताप्लेजुङ लगायतका कोशि प्रदेशका १४ वटै जिल्ला अस्पतालहरुको भवन मर्मत गनुका साथै प्रदेश सरकारको सहयोगमा रंगरोगन समेत गरिएको छ ,।

कोशि प्रदेशको स्वास्थ्य मन्त्रलयको पहलमा ४ करोडको लगानीमा एक सय शैयाको कोरोना अस्पताल स्थापना गर्नुका जनशक्ती व्यवस्थापन समेत गरेको छ । सो अस्पताल हाल शैलेजा आचार्य हृदय रोग केन्द्रका रुपमा संञ्चालनमा छ । सो अस्पतालका भवनहरु अहिले प्रयोग विहिन छन । सो अस्पालमा कोरोना सक्रमणको बेला जनशक्तीहरु अहिले अस्पताल चौकमा रहेको कोशि अस्पतालमा स्थान्तरण भएर काम गर्दै आएका छन । उक्त अस्पतालमा अहिले एक जना मेडिकल अफिसरमात्र रहेका छन । सो भवन प्रयोगविहन भएपछी भुत बंगलामा परिणत भएको छ । सो भवनमा जनशक्ती व्यवस्थापन गरेर एउटा अस्पताल चलाउने हो भने प्रभावकारी तरिकाले संञ्चालन गर्न सकिन्छ । त्यतिमात्र होइन । अक्सीजन प्लान्ट र अत्याधुनिक बेडको समेत स्थापना गरिएको थियो ।

सो अस्पतालको भवनलाइ व्यवस्थीत गरेर संञ्चालन गर्ने हो भने प्रभावकारी हुने थियो । कोशि प्रदेशको स्वास्थ्य मन्त्रलयले प्रदेश प्रयोगशालाको भवन निर्माण गर्नुका साथै नयाँ नयाँ रगत परिक्षण गर्ने उपकरणहरुको समेत व्यवस्थापन गर्नेकाम सम्पन्न भयो । प्रदेश प्रयोगशालाले प्रदेश भरिमा दर्ता भएका ल्यावहरुको अनुगमन र नियमनको काम समेत गर्ने अख्तीयारी प्राप्त गरेको छ । सो अनुसार काम गर्दै आएको छ ।
त्यसैगरी उर्लाबारीमा संञ्चालीत मंगबारे अस्पताललाइ ट्रमा सेन्टरको रुपमा विकास गर्नुका साथै आधुनिक एक्सरे, भिडियो एक्सरे, ल्यावका मेशिनहरु स्थापना गरेर सर्वसाधारणलाइ सेवा उपलब्ध गराउने काम भएको छ । त्यति मात्र होइन । अस्पताल रंगरोगन गर्ने र फुलबारी व्यवस्थापन गर्ने काम सम्पन्न भएको छ । त्यसैगरी प्रदेश स्वास्थ्य मन्त्रलयले मोरंगको रंगेली अस्पतालको पनी स्तरउन्नती गरेको छ । त्याँहाको रंग रोगन , रगत , दिसा, पिसा जाच्ने मेशिन, एक्सरे मेशिन , भिडियो एक्सरे गर्ने मेशिन व्यवस्थापन गनुका साथै सर्जन सहितका डाक्टरहरुको समेत व्यवस्थापन गर्ने काम सम्पन्न भएको छ ।
प्रदेश स्वास्थ्य मन्त्रलयको पहलमा संघिय सरकारको लागानीमा झापाको भद्रपुरमा रहेको मेची अस्पतालको नयाँ भवन निर्माणको काम सम्पन्न भयो । त्यतिमात्र होइन सो अस्पतालको रंग रोगन गर्ने काम सम्पन्न गर्नुका साथै आवश्यक पर्ने चिकीत्सक मन्त्रलयकै पहलमा ल्याउने काम सम्पन्न भयो । सो अस्पतालका पुराना मेशिनहरु विस्थापीत गरेर नयाँ ल्याव, एक्सरे, ईसिजी,सिटी स्क्यान , जस्ता उपकरणको व्वस्थापन गर्ने काम भएको छ । मेचि अस्पताल पूर्वका झापा, इलाम, पाँचथर तथा ताप्लेजुङका सरकारी अस्पतालमध्ये सबैभन्दा ठूलो सरकारी अस्पतालको रूपमा मेची प्रादेशिक अस्पताललाई लिइन्छ । यो अस्पतालको उपचार सेवालिन दैनिक २ देखि ३ सयको हाराहारीमा सेवाग्राहीहरु आउछन ।

सम्बन्धित समाचार

कात्तिक १४ गते एमाले मोरङको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम, ५ हजार बढीको सहभागीता हुने

विराटनगर । विगतको वर्षहरुमा जस्तै यसपालि पनि नेकपा (एमाले) मोरङले चाड पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी कात्तिक १४ गते विराटनगरस्थित पार्टी कार्यालय पाञ्चालीमा पार्टीका वरिष्ठ उपाध्यक्ष तथा...

मिल्स गोल्डकप फुटबल ट्रस्टको अध्यक्षमा पुन ः किशोर शाही निर्वाचित

विराटनगर । मिल्स गोल्डकप फुटबल ट्रस्ट रानी विराटनगरको अध्यक्षमा पुनः किशोर बहादुर शाही निर्विरोध निर्वाचित भएका छन् । ट्रस्टको विराटनगरमा शनिबार भएको छैटौं साधरण सभा तथा पहिलो अधिवेशनबाट शाही अध्यक्षमा पुन ः निर्वाचित भएका हुन्...

विराटनगरको सरगम गीत गजलमा प्रहरीको छापा, एक दर्जन जुवाडे पक्राउ

विराटनगर, २४ साउन । विराटनगरको रोडशेष चोकस्थित एक गीत गजलमा प्रहरीले छापा मारेर एक दर्जन जुवाडेलाई पक्राउ गरेको छ । विराटनगर– १२ रोडशेष चौकदेखि थोरै दक्षिणमा रहेको सरगम गीत गजलमा प्रहरीले छापा मारेर १२ जना...

ओलीकै सक्रियता र पहलमा निर्वाचन आयोगमा एमाले दर्ता : प्रचण्ड

काठमाडौं, ९ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियता र पहलमा नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको बताएका छन् । पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा...

स्ववियु निर्वाचन जेठ ३० मा

काठमाडौं, १० चैत । त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने भएको छ । नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित पाँचबुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन...

कोरोनाको आशंकामा एकै दिन ३ हजार ७ सय बढीको परीक्षण, थपिएनन् संक्रमित

सम्भावित कोरोना भाइरस संक्रमणको आशंकामा ४७ हजार बढीको परीक्षण गरिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले कोरोना भाइरस संक्रमणको आशंकामा आरडीटी र पीसीआर विधिबाट ४७ हजार बढीको परीक्षण गरिएको बताए...

कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ४२ पुग्यो

काठमाडौं, ७ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका ६० वर्षीय पुरुष र ४९ वर्षीया चिनियाँ महिलाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा....

कांग्रेसले हँसिया-हतौडामा भोट हाल्दैन :कांग्रेसका बागी उम्मेदवार

काठमाडौं । पार्टी निर्णय विपरीत नेपाली कांग्रेसबाट भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका जगन्नाथ पौडेलले कम्युनिस्टसँग मिलेर कांग्रेसको कल्याण नहुने बताएका छन् । कांग्रेसका मतदातालाई हँसिया हतौडामा भोट हाल्न लगाउने कार्य स्वीकार्य नहुने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्