उच्च जोखिम, न्यून सतर्कता

 न्यूज विराट
उच्च जोखिम, न्यून सतर्कता

भारतको विहारमै कोरोनाबाट मानिसको ज्यान गएपछि थप सतर्कता अपनाउनुपर्ने प्रदेश २ को सीमा नाकामा भने हेल्चक्र्याइँ रोकिएको छैन। थोरै जनशक्ति, सीमित स्वास्थ्य उपकरण र एउटै टोली दिनभर सीमामा खटिनुपर्ने बाध्यताले पनि सीमाबाट कोरोना भित्रिने जोखिम बढेको छ।

आवतजावतका लागि खुला रहेको धनुषाको एकमात्र मुख्य नाका जटहीमा स्वास्थ्य जाँचका लागि नगराइन नगरपालिकाले दुईजना स्वास्थ्यकर्मीसहितको टोली हेल्प डेस्कमा राखेको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारतबाट दैनिक आउने सयौं सर्वसाधारणका लागि एक सिफ्टमा मात्र एकजना स्वास्थ्यकर्मी खटाइएको छ।

सामान्य कपडाको मास्क लगाएका स्वास्थ्यकर्मीसँग पन्जा र सेनिटाइजरको व्यवस्थासमेत नरहेकाले उनीहरुले खुला हातले नै स्वास्थ्य परीक्षण गरिरहेका छन्। एक सिफ्टमा एकजनाले मात्रै स्वास्थ्य जाँच गरिरहेकाले भारतबाट नेपालतर्फ फर्किरहेका कतिपय व्यक्ति निर्बाध रुपमै नेपाल प्रवेश गरिरहेका छन्।

आइतबार जटही सीमा हुँदै भारतको उत्तरप्रदेश र विहारबाट फर्किरहेका नेपाली चेकजाँचबिनै भित्रिँदै थिए। एक्लै रहेकाले दिसा पिसाबका लागि जाँदा आगन्तुक त्यत्तिकै प्रवेश गर्न सक्ने अवस्था रहेको स्वास्थ्य परीक्षक मनिलाल कर्णले बताए।नागरिक दैनिकबाट

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College