२९ वर्षीया कविताले पाइन् नयाँ जीवन, उच्च रक्तचाप भएकी गर्भवतीको मोरङ सहकारीमा निःशुल्क उपचार
बुधबार, ३० जेठ, २०८१,
न्यूज विराट
विराटनगर । भोजपुरको रामप्रसादराई गाउँपालिका – ८ की २९ वर्षीया रक्तअल्पता भएकी गर्भवति महिला कविता राईको मोरङ सहकारी अस्पतालमा निःशुल्क उपचार भएको छ । आर्थिक अवस्था नाजुक भएकी राईको उपचार मोरङ सहकारीमा निःशुल्क भएको हो ।
गर्भवती राईसँग पैसाँ नभएपछि विराटनगरस्थित कोशी अस्पतालमा देखाएपछि घर फर्किदै थिइन् । सुनसरीको बराहक्षेत्रबाट जेटबोर्ड चढेर घर जाने तयारीमा रहेकी थिइन् । तेही बिचमा स्थानीय संचारकर्मीले आर्थिक अवस्था अभावको कारणले उपचार नपाएको भिडियो सामाजिक संजालमा हालेका थिए । सो भिडियो भाइरल भयो । पैसाँ नभएर उपचार नपाएको भिडियो मोरङ सहकारीका स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. बालकृष्ण साहले जानकारी पाएपछि उनको उपचार निःशुल्क गरिदिने बताए । त्यसपछि स्थानीयको सहयोगमा कविता २४ जेठमा मोरङ सहकारी अस्पताल आइन् । उनको स्वास्थ्य परीक्षण गर्दा ७ महिना पूरा भएको ३२ हप्ताको गर्भ थियो । ‘गर्भको बच्चा ३२ हप्ता मात्रै पूरा गरेको र आमाको जटिलता कम गर्न बच्चा निकाल्नु पर्ने थियो । हामीले अस्पताल आएको भोलीपल्ट २५ जेठमा शल्यक्रिया गरी बच्चा निकाल्यौं । जटिल अवस्थामा उपचार गर्दागर्दै पनि आमा र बच्चा दुवैको बचाउन सकियो,’ उपचारमा संलग्न चिकित्सक डा. साहले भने ।
गर्भवती कविताको स्वास्थ्य अवस्था जटिल रहेको चिकित्सक साहले बताए । उनीमा उच्च रक्तचापले शरीर शुन्निएको, मृगौला तथा कलेजोमा पनि असर गरि सकेको, कुपोषण र रक्तअल्पता भएको थियो । ‘रक्तअल्पता भएको कारणले शल्यक्रियापछि हामीले तीन पिन्ट रगत चढाएर विरामीको सफल उपचार गर्न सकिएका छौं,’ उनले भने, ‘आमा र नवजात शिशुको अवस्था अहिले राम्रो भएको छ । त्यसैले बुधबार विरामीलाई डिस्चार्ज गरिएको छ ।’ मोरङ सहकारीका नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदिप कुमार झाले ३२ हप्तामा जन्मिएको नवजात शिशुको तौल १६ सय ग्राम रहेको बताए । ‘महिना नपुगेको र तौल कम भएको नवजात शिशुमा विभिन्न जटिलताहरू देखा पर्ने गर्दछ । यस्तो शिशुले तापक्रम मेन्टन गर्न सक्दैन । त्यसैले हामीले एनआइसियूमा राखेर उपचार गरेका थियौं,’ डा. झाले भने, ‘यसरी उपचार गरेपछि अहिले नवजात शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको छ ।’
अस्पतालका संचालक मिलन पौडेलले आर्थिक अवस्था नाजुक भएको परिवारको सामाजिक उत्तरदायित्वमा अन्तर्गत रहेर निःशुल्क उपचार गरेको बताए । ‘पैसाँ अभावको कारणले कसैले पनि मृत्युवरण गर्नु हुदैन भन्ने हाम्रो मान्यता रहेको छ । तेही भएर हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर निःशुल्क उपचार गरेर आमा र बच्चालाई बचाउन सफल भएका छौं ।’ उपचारपछि कविताले नयाँ जीवन पाएको बताइन् । ‘बाच्छु जस्तो लागेको थिएन् । असाय पिढा भएको थियो । उपचारपछि अहिले मज्जासँग हिडडुल गर्न सक्ने भएको छु,’ डिस्चार्ज भएपछि उनले भनिन्, ‘उपचारमा संलग्न चिकित्सकको टिम र अस्पतालप्रति कृतज्ञ रहेको छु ।’ कविताका श्रिमान भिम राईले पनि श्रीमतिकलाई नयाँ जिवन दिने उपचारमा संलग्न चिकित्सक र हस्पिटल परिवारलाई धन्यवाद दिए ।
विराटनगर । कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा नामकरण गरिनुपर्ने माग राख्दै असन्तुष्ट बनेका आदिवासी जनजाति संघ संगठनहरुले आज विराटनगरमा भव्य प्रदर्शन गरेका छन् । उनीहरुले विराटनगरमा भएको प्रदर्शनमा २० हजार मानिस सहभागी भएको दाबी...
एजेन्सी, चैत १५-अमेरिकाको समृद्ध राज्य न्यूयोर्क यतिबेला इतिहासको सबैभन्दा खतरनाक महामारीसँग जुधिरहेको छ । कोरोना भाइरसबाट शुक्रबार मात्र ८५ न्यूयोर्कवासीले ज्यान गुमाएका छन् । अहिलेसम्म न्यूयोर्कमा ४० हजार मानिस कोरोना संक्रमित भएको पाइएको छ ।हालत...
विराटनगर, ३० साउन । प्रदेश १ सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन कार्यविधि २०७९ स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले सो कार्यविधि स्वीकृत गरेको हो । सो उक्त कार्यविधि स्वीकृत भएसँगै अब...
काठमाडौं, माघ २०–सरकारले एकैपटक ६० जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ भने १६ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरिएका छन् । गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट १७ सहसचिव र १८ जना उपसचिवको सरुवा तथा...
विराटनगर, १९ मंसिर–पछिल्लो २४ घण्टामा प्रदेश १ मा २ सय ९४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २ सय ९३ जना होमआईसोलेसन र १ जना विराट मेडिकल कलेजबाट डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज...
भारतीय योग गुरु बाबा रामदेवले कोरोना भाइरस (कोभिड-१९)सँग नडराउन आग्रह गर्दै गुर्जोको रस पिउँदा फाइदा हुने बताएका छन् । उनले झारखण्ड राज्यको एक कार्यक्रममा गुर्जोको रस पिउँदा कोरोना भाइरले संक्रमण नगर्ने बताएका हुन् । रामदेवले...
विराटनगर । प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत प्याब्सन प्रेसिडेन्ट कप फुटबल प्रतियोगितामा मोरङको रंगेलीमा रहेको सनरे बोर्डिङ स्कुल र हरैचा मोडल स्कुल फाइनलमा पुगेको छ । सनरे स्कुल जुनियरतर्फबाट र हरैचा मोडल सिनियर तर्फबाट फाइनलमा पुगेको...
विराटनगर । विराटनगर – ४ कन्चनबारीमा सवारी दुर्घटनामा परी टिपर चालकसहित पाँच जना घाइते भएका छन् ।विराटनगरबाट इटहरी तर्फ जाँदै गरेको ना. ३ ख ६६६४ नम्बरको मिनी ट्रकले सोही दिशातर्फ गइरहेको टिफरलाई ठक्कर दिदा टिपर...