संसारकै सम्पन्न शहरमा थाङ्नाको मास्क

 न्यूज विराट
संसारकै सम्पन्न शहरमा थाङ्नाको मास्क

एजेन्सी, चैत १५-अमेरिकाको समृद्ध राज्य न्यूयोर्क यतिबेला इतिहासको सबैभन्दा खतरनाक महामारीसँग जुधिरहेको छ । कोरोना भाइरसबाट शुक्रबार मात्र ८५ न्यूयोर्कवासीले ज्यान गुमाएका छन् ।

अहिलेसम्म न्यूयोर्कमा ४० हजार मानिस कोरोना संक्रमित भएको पाइएको छ ।हालत यति खराब भएको छ कि स्थानीय प्रशासनको स्थिति नियन्त्रणमा लिन आर्मी गुहार्नु परेको छ ।

सयभन्दा बढी अर्बपति रहेको यो शहरमा यति धेरै बिरामी छन् कि निकै सुविधासम्पन्न अस्पतालमा पनि बेडको कमी भएको छ । केही अस्पतालले त एक भेन्टिलेटरमा दुई बिरामी राखेका छन् ।

एक डाक्टर मार्को गरोनले ट्विटरमा यस्तै भेन्टिलेटरको तस्वीर पोस्ट गर्दै लेखेका छन्, ‘अब डाक्टरहरूका सामुन्ने दुविधा छ, भेन्टिलेटर सुविधा कसलाई दिने, कसलाई नदिने । जबकि, सत्य यो हो भेन्टिलेटर सबैलाई आवश्यक छ ।’

अबका दिनमा स्थिति अझै गम्भीर हुने सम्भावना छ । यही कारणले फूड र ड्रग्स प्रशासनले आपतकालको स्थिति प्रयोग गरिने उपकरण ‘वेस्पर’लाई कोरोना बिरामीका लागि उपलब्ध गराउन थालेको छ । यो उपकरणमार्फत एक भेन्टिलेटरले चार बिरामीलाई सास लिन मद्दत गर्छ ।

सम्बन्धित समाचार

१३औँ संस्करणको साफ च्याम्पियनसिप अर्को वर्ष हुने

काठमाडौँ, १६ असार-बङ्गलादेशमा हुने भनिएको १३औँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ च्याम्पियनसिप ९साफ० प्रतियोगिता अर्को वर्ष हुने भएको छ । कोरोना भाइरसका कारण साफ च्याम्पियनसिप एक वर्ष सारिएको हो । साफको सोमबार बसेको बैठकले साफ...

चार प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना

देशका अधिकांश भूभागमा सोमबार सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । लुम्बिनी, बागमती, गण्डकी र सुदूरपश्चिम...

इटहरीमा ‘प्रणय सृजना’ वाचन

इटहरी, २ फागुन । इटहरी २ मा रहेको सङ्गीत साधना प्रतिष्ठानको सभाहलमा ‘प्रणय सृजना’ वाचन कार्यक्रमको आयोजना गरिएको छ । तरहरामा रहेको क्यानभास साहित्य समाजद्वारा आयोजित ‘प्रणय सृजना’ वाचनमा इटहरी, धरान, बराहक्षेत्र, रामधुनी, धनकुटा, मोरङ,...

समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणको बाटो तयार भइसक्यो

काठमाडौं, माघ १५–प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षको अन्तरालमा देशले समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणको बाटो समातेको बताएका छन् । उनले नेकपाको केन्द्रीय कमिटी बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सरकार बनेको दुई वर्षमा मुलुकले अग्रगामी...

भारतीय विस्तारविरुद्ध सडकमा उत्रिएका पूर्वएआइजी र जर्नेल २ घण्टा थुनिए

 काठमाडौं, २७ वैशाख-पूर्वएआइजी ठाकुरमोहन श्रेष्ठ र नेपाली सेनाका पूर्वजर्नेल डा. प्रेमसिंह बस्न्यात २ घण्टा थुनिएका छन् । शुक्रबार भारतले एकतर्फीरूपमा नेपाली जमिन मिचेर धार्मिकस्थल मानसरोवरसम्म पुग्ने सडक उद्घाटन गरेपछि नेपालीहरू विरोधमा उत्रिएका छन् । त्यसैको...

ओलीको जमानत जफत हुन्छ : झलनाथ खनाल

नेकपा प्रचण्ड–माधव समूहको सचिवालय सदस्य झलनाथ खनालले आउँदो चुनावमा प्रधानमन्त्री केपी ओलीको जमानत जफत हुने दाबी गरेका छन् । बुधबार नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा आयोजना गरेको विरोधसभामा बोल्दै खनालले दुई वर्षपछि हुने चुनावमा ओलीको जमानत जफत...

धरणीधर सहकारीको अढाइ करोड वचत जोखिममा

विराटनगर । ‘भोलीदेखि कार्यालय बन्द गर्छु म कारबाहीमा जान्छु जे सुकै गर्नुहुन्छ गर्नु लु,’ सहकारीका वचतकर्ताले दबाब दिएपछि अध्यक्ष रामबहादुर घिमिरेले वचतकर्तालाई उल्टै धम्की दिए ।विराटनगर–९ स्थित ट्राफिक चोकमा मुख्य कार्यालय रहेको धरणीधर बहुमुखी सहकारी...

नदीजन्य पदार्थको अवैध उत्खनन

मुलुकमा जारी बन्दाबन्दीको मौका छोपेर बाँकेको राप्तीसोनारी गाउँपालिकाअन्तर्गत पर्ने खोलाबाट नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको छ । राप्तीसोनारी ३ खैरेनी र साइपुर नाका, वडा नं ४ को लालपुर तथा वडा नं ५ का आलिनगर र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्