विराट क्षितिजमा नयाँ व्यवस्थापक, दक्ष शिक्षकबाट बीएसी सिएसआइटी र बीसिए कार्यक्रम

 न्यूज विराट
विराट क्षितिजमा नयाँ व्यवस्थापक, दक्ष शिक्षकबाट बीएसी सिएसआइटी र बीसिए कार्यक्रम

विराटनगर । विराटनगर – २ मा रहेको विराट क्षितिज कलेजमा नयाँ व्यवस्थापकिय टिम आएको छ । नयाँ आएको व्यवस्थापकिय टिमले अनुभवी र दक्ष शिक्षकहरू राखेर नयाँ शैक्षिक शत्रबाट बीएससी सिएसआइटी र बीसिए कार्यक्रम संचालन गर्ने भएको छ ।

कलेज परिसरमा शनिबार पत्रकार सम्मेलन गरी आइटिको क्षेत्रमा विराट क्षितिज कलेजलाई स्थापित गर्ने उद्देश्यले दक्ष शिक्षक र प्रध्यापकहरू राखेर कार्यक्रमहरू संचालन गर्ने योजना रहेको जानकारी गराएको हो ।

कलेजका संचालक दिनेश दाहालले नयाँ आएको व्यवस्थापकीय टिमले विराटनगरमा प्रविधिको क्षेत्रमा एक अब्बल शैक्षिक संस्थाको रुपमा विराट क्षितिज कलेजलाई स्थापित गर्ने योजना बनाएर अगाडी बढेको बताए । ‘त्यसको लागि हामीसँग प्रयाप्त मात्रमा पूर्वाधार र आइटिको ल्याब रहेको छ । थप नयाँ टेक्नोलोजीको बारेमा अपग्रेड बढाउनको लागि काठमाण्डौंबाट पनि हामी दक्ष प्राविधिक भित्र्याउने छौं र विराटनगरमा आइटि कलेजको रुपमा विराट क्षितिजलाई परिचित गराउने हाम्रो योजना रहेको छ,’ संचालक दाहालले भने ।

कलेजको नयाँ व्यवस्थापकिय र प्रशासकीय नेतृत्व दिनेश दाहाल, ज्ञानेन्द्र कार्की र कान्तिपुर एजुकेशन फाउन्डेशन मोरङ प्रालिले गर्नेछन् । प्रावाधिक शिक्षाको माग विश्व बजारमा बढीरहेकोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने सक्षम र दक्ष जनशक्ति उत्पादन गर्दै अगाडी बढने अर्का संचालक ज्ञानेन्द्र कार्कीले बताए ।
कोशी प्रदेशको राजधानी रहेको विराटनगर शैक्षिक हबको रुपमा विकास भइरहेको अवस्थामा नयाँ व्यवस्थापकीय टिमले संचालन गरेको विराट क्षितिजले थप शिक्षा क्षेत्रमा थप नयाँ उचाइ हासिल गर्ने कान्तिपुर एजुकेशन फाउन्डेशनका प्रिन्सिपल भुवन नेपालले बताए ।
त्रिभूवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएको विराट क्षितिजमा बीएससी सिएसआइटीमा ३६ र बी सिएमा ३५ जना विद्यार्थीको कोटा रहेको छ । सीमित विद्यार्थी भर्ना गरेर गुणस्तरीय शिक्षासँगै सिपयुक्त दक्ष जनशक्ति प्रदान गर्ने उनले बताए ।

सम्बन्धित समाचार

१ हजार १५४ जनामा कोरोना पुष्टि, संक्रमित ६५ हजार नाघे

काठमाडौं, ५ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १ सय ५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि ग्रेडेड र अरिहन्त स्कुललाई

विराटनगर । जिल्ला स्तरीय एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलल र अरिहन्त स्कुलले जितेको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मोरङले प्रजातन्त्र दिवसको अवसर पारेर विराटनगरमा सोमबार आयोजना गरिएको प्रतियोगिताको...

विराटनगरको सैनिक टोलमा सांगीतिक कार्यक्रम

विराटनगर । विराटनगर १३ सैनिक टोलमा सांगीतिक कार्यक्रम भएको छ । स्थानीय कलाकारहरुको उपस्थितिमा शनिबार नेपाल हातेमालो मंञ्चको आयोजना गोदावरी स्कुलको सह आयोजनामा उक्त सांगीतिक कार्यक्रम भएको हो । कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुती दिएर सैनिक...

प्रहरी र सशस्त्र प्रहरीको एकीकृत अनुगमन र मूल्यांकन विधि बनाउँदै गृह मन्त्रालय

काठमाडौं, २४ माघ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको एकीकृत अनुगमन तथा मूल्यांकन कार्यढाँचा बनाउने तयारी गरेको छ । मातहतका दुवै सुरक्षा निकायको एकीकृत अनुगमनले सुरक्षा निकायहरूको कार्यसम्पादनमा प्रभावकारिता वृद्धि हुने भन्दै एकीकृत...

प्रदेश १ को प्रदेशसभा बैठक २५ माघमा बस्ने

प्रदेश १ को प्रदेशसभाको बैठक आउँदो २५ माघका लागि आह्वान भएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार सूचना जारी २५ माघका लागि बैठक आह्वान गरेको जानकारी दिएका हुन् । प्रदेशसभाको हिउँदे अधिवेशन ७ माघबाट...

उदयपुरबाट खोटाङ प्रवेश गर्ने झोलुङ्गे पुलमा तारजालीको बार

खोटाङ, २१ वैशाख-छिमेकी जिल्ला उदयपुरसँगको अनियन्त्रित आवतजावत रोक्न सिमानामा पर्ने कम्पुघाटस्थित सुनकोशी नदीमा सञ्चालित झोलुङ्गे पुलमा रातको समयमा ताला लगाउने व्यवस्था गरिएको छ । उदयपुरमा कोरोना भाइरसको सङ्क्रमित भेटिएसँगै त्यहाँ बसोबास गर्दै आएका खोटाङे सर्वसाधारण...

नोबलमा कोरोना संक्रमितको मृत्यु

विराटनगर १२ असोज–विराटनगरको नोबेल मेडिकल कलेजमा सोमबार एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । झापाको गौरादह १ घर भएका ५१ वर्षीय पुरुषको सोमबार दिउँसो नोबेलको आइसोलेसनमा मृत्यु भएको हो । नोबेलका प्रबन्धक नारायण दाहालका...

प्रदेश- २ को पाँचौ अधिवेशन चैत ३० गते

प्रदेश नं– २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले चैत ३० गते दिनको १ बजे प्रदेशसभाको पाँचो अधिवेशनको आह्वान गरेका छन् । मन्त्रिपरिषदले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख अहिराजद्वारा अधिवेशनको आह्वान भएको प्रदेश कार्यालयका सचिव...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्