कोशी प्रदेशमा सकियो श्रमाधन रोजगार मेला : पाँच हजारले गरे अवलोकन, दुई हजारले दिए आवेदन
शुक्रबार, १८ जेठ, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरमा दुई दिन भएको ‘श्रमाधान रोजगार मेला’को पाँच हजार बढीले अवलोकन गरेका छन् । संघीय सरकार, प्रदेश र स्थानीय सरकारको संयुक्त आयोजनामा भएको उक्त मेला शुक्रबार समापन भएको हो ।
देशका सातै प्रदेशमा जारी मेलाको उद्घाटन विराटनगरस्थित सिटी प्यालेसमा राखिएको थियो । बिहीबार मेलाको उद्घाटन भएको थियो । आयोजकका अनुसार जेठ १७ गते बिहीबार तीन हजार र १८ गते शुक्रबार दुई हजार गरी पाँच हजारभन्दा धेरैले मेलाको अवलोकन गरेका हुन् । दुई दिनमा रोजगारीको खोजीमा मेलास्थल पुगेका करिब २ हजार युवाले रोजगारीका लागि आवेदन दिएका छन् । मेलामा रोजगारदाताले स्वास्थ्य क्षेत्रमा ४२ जना र उत्पादनमूलक उद्योगमा दुई हजार चार सय ९५ गरी दुई हजार पाँच सय ३७ जना दक्ष कामदार माग गरेका थिए । मेलास्थलमै ४० भन्दा धेरैको रोजगारी सुनिश्चित भएको छ भने दुई सय ५० भन्दा धेरै आवेदकलाई रोजगारदाताले अन्तर्वार्ताका लागि बोलाएका छन् । मेलामा उद्योग प्रतिष्ठानका ३४, रोजगारसम्बन्धी तालिम प्रदायक संस्थाका सात, बैंक तथा वित्तीय संस्था र बिमासम्बन्धी चार तथा नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकासहितका स्थानीय तहका रोजगार सूचना केन्द्रसमेत गरी सात वटा स्टल राखिएका थिए । नेपाल उद्योग वाणिज्य महासंघ कोेशी प्रदेशको संयोजनमा भएको मेलाको बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका हुन् । आन्तरिक रोजगारीलाई प्रवर्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले आयोजित ‘श्रमाधान रोजगार मेला’को श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिका पनि आयोजकका रुपमा रहेका थिए । देशका सातै प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’ बागमती प्रदेशको ललितपुरमा जेठ ३० गते समापन हुनेछ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ र होटल संघ नेपाल मेलाको सहआयोजक थिए ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र (सामी) र वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुनः एकीकरण परियोजना (रेमी)ले पनि मेलामा विशेष सहयोग गरेका थिए ।
उदयपुर, ५ वैशाख-कोरोना भाइरस (कोभिड–१९) को प्रकोप रोक्न ११ चैतदेखि मुलुक लकडाउनमा छ । लकडाउन अझै कति दिनसम्म चल्छ भन्ने टुंगो छैन ।यस्तो अवस्थामा दैनिक औषधि सेवन गरिरहेका बिरामीको समस्या मध्यनजर गर्दै उदयपुरको बेलका नगरपालिकाले...
काठमाडौं, जेठ ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र जनता समाजवादी नेता –जसपा)का नेता उपेन्द्र यादवको षडयन्त्र बिफल भएको छ । पार्टीभित्र छलफल नै नगरी उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले पठाएको कार्वाहीको...
काठमाडाैं, १५ जेठ-सरकारले युवा तथा खेलकुद क्षेत्रका लागि बजेट घटाएको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन...
काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतको इजलास निर्धारण गर्दा प्रधानन्यायाधीशको एकल आजदेखि तोडिँदै छ । अब न्यायाधीशहरुले गोलाप्रथाबाट इजलास पाउनेछन् । आधुनिक नेपालको न्यायिक इतिहासमा पहिलोपल्ट हुन लागेको गोलाप्रथा प्रक्रियाको माग गरी सर्वोच्चका न्यायाधीशहरु एक...
सरकारले घोषणा गरेको लक डाउनका कारण अधिकांश सरकारी कार्यालयहरू सुनसान देखिए पनि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा विगतको भन्दा चाप बढेको छ । विश्वव्यापी बनेको कोरोना महामारीको कारण अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू बन्द रहे पनि...
काठमाडौं, २२ असार-नेपालमा कोभिड–१९ का जम्मा सङ्क्रमितमध्ये ४२.७ प्रतिशत सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ६...
विराटनगर । विराटनगर – ११ पाञ्चालीमा रहेको सगरमाथा सेकेण्डरी बोर्डिङ स्कूलले २८ औं विद्यार्थी अभिभावक दिवस तथा वार्षिकोत्सव कार्यक्रम विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्थापना कालदेखि नै विद्यार्थीहरुलाई अनुशासनसहित गुणस्तरीय र जीवन उपयोगी...
काठमाडौं । सरकारले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाएको छ । डिजेल र पेट्रोलमा लिटरमा १० /१० रुपैयाँका दरले पूर्वाधार कर घटाउने निर्णय गरिएको अर्थमन्त्रालय स्रोतले बतायो । ‘हामीले १०-१० रुपैयाले घटाएर उद्योग...