विरामीको मृत्युपछि कोशी अस्पताल तनावग्रस्त, चिकित्सक र स्वास्थ्यकर्मीलाई कारवाहीको माग

 न्यूज विराट
विरामीको मृत्युपछि कोशी अस्पताल तनावग्रस्त, चिकित्सक र स्वास्थ्यकर्मीलाई कारवाहीको माग

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा उपचारको क्रममा एक जना विरामीको मृत्युभएपछि अस्पताल तनावग्रस्त बनेको छ । विराटनगर – ६ घर भएकी ७२ वर्षीया समसा बेगामको आज दिउँसो उपचारको क्रममा मृत्यु भएपछि अस्पताल तनावग्रस्त भएको हो ।

विरामीका आफन्तहरुले उपचारमा ढिलासुस्ती र आइसियूमा नराखि उपचार गरेको कारणले विरामीको मृत्यु भएको भन्दै अस्पतालमा नाराबाजी गरेका छन् । उनीहरुले उपचारमा ढिलाइ गर्ने चिकित्सक र नर्सलाई कारवाही गरिनुपर्ने माग राख्दै प्रर्दशनमा उत्रिएका हुन् । स्वासप्रश्वासमा समस्या भएपछि बेगामलाई आज दिउँसो कोशी अस्पतालको आकस्मिक कक्षमा उपचारको लागि ल्याएको थियो । आकस्मिक कक्षमा खटिएका चिकित्सकले तत्काल आइसियूमा राखेर विरामी उपचार गरिनुपर्ने सुझाब दिए । विरामीलाई आइसियूमा राखेर उपचारको लागि रेफर पनि गरिदिए । तर, १२ वेडको कोशीको आइसियू जहिले प्याक हुने गरेको छ । आज पनि आइसियूको शैय्या विरामीले भरिएको थियो । आइसियूमा दुई वटा बेड आकस्मिक रुपमा शल्यक्रिया गरेर राखिने विरामीको लागि दुई वटा बेड छुट्याएको हुन्छ । एमेरजन्सीको लागि प्रसूती वार्ड र सर्जरीबाट आएका विरामीको लागि गरी दुई वटा बेड आइसियूमा राखिएको हुन्छ । उक्त बेडमा विरामी नराखी उपचार गर्दा बेगामको ज्यान गएको थियो ।

समयमै आइसियूमा लगेर उपचार नगर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई कारवाहीको गरिनुपर्ने माग राख्दै विरामीका आफन्त शव बुझेका छैनन् । ‘आइसियूमा राखेर समयमै उपचार गरिदिएका भए मेरो आमा बाच्नुहुन्थ्यो,’ नेहाज अहमद भने, ‘आकस्मिक कक्षका चिकित्सकले आइसीयूमा लगेर उपचार गर्नु भन्दा पनि त्यहाँका स्वास्थ्यकर्मीले बेड छैन भन्दै उपचारमा ढिलाइ गरेको कारणले आमाको ज्यान गएको छ । उपचारमा ढिलासुस्ती गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई कारवाही हुनुपर्दछ ।’ अस्पताल प्रशासनले उपचारमा ढिला सुस्ती गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई कारवाही गरेपछि मात्रै शव बुझ्ने उनले बताए । विरामीले आफन्तले साझसम्म पनि कोशी अस्पतालमा धर्ना दिएर बसेका छन् ।

सम्बन्धित समाचार

कांग्रेसका बाँकी १६ जिल्ला अधिवेशनको मिति तोकियो

काठमाडौं । नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ मा हुने भएको छ । कार्यसम्पादन समितिको बैठकले अधिवेशन हुन बाँकी जिल्लाबारे आवश्यक निर्णय लिन आग्रह गरेबमोजिम केन्द्रीय निर्वाचन समितिले फागुन १३ मा...

कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइयो, मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी

विराटनगर । कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ । प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै कात्तिक १ गते बुधवार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको हो । सोही...

कार्यान्वयनमा आएन घरभाडा छुट

काठमाडौं, १५ वैशाख-शङ्खमूल बस्दै आएकी शर्मिला तामाङले घरबेटीले पटकपटक ताकेता गरेपछि गत साता घरभाडा तिरिन् । कहिले भारी बोक्ने त कहिले भाँडा माझ्ने गरी आफ्नो जीविकोपार्जन गर्दै आएकी उनलाई खानै धौधौ परेको थियो । काठमाडौंको...

अदालतले गराइदियो प्रचण्ड–माधवको डिभोर्स

प्रधानमन्त्री केपी ओलीविरुद्ध संघर्षमा सँगै उभिएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल छुट्टिएका छन् । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँतिएको निर्णय गरेसँगै प्रचण्ड र नेपाल अलग्गिएका हुन् । २४ फागुनमा पेरिसडाँडामा स्थायी कमिटी बैठक राखेर...

विराटनगरमा ‘कोरा साईकलिङ ईभेन्ट’

विराटनगर । विराटनगरमा ‘कोरा साईकलिङ ईभेन्ट २०२३’ आयोजना गरिएको छ । टर्की र सिरियाका भुईचालो प्रभावितकालागि आर्थिक सहयोग संकलनको उद्देश्यले शनिबार कोरा साईकलिङ ईभेन्ट आयोजना गरिएको हो । नेपाली यूवा उद्यमी मञ्च विराटनगर र रोटरी...

काेशी नाम सच्याएर बहुपहिचानसहितकाे नाम राख्न माओवादीकाे माग

विराटनगर । नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेश समितिकाे पाँचौं बैठकले प्रदेशकाे नाम खारेज गर्दै बहुपहिचानकाे आधारमा राख्न माग गरेकाे छ । साउन ३१ गते विराटनगरमा बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । निर्णय सार्वजनिक...

राजदूत पाउन पदको दुरुपयोग नगरेको लोकदर्शन रेग्मीको स्पष्टीकरण

काठमाडौं, २७ कात्तिक-बेलायतका लागि प्रस्तावित राजदूत एवं पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीले राजदूत पद पाउनका लागि आफूले कुनै कार्य नगरेको स्पष्ट पाएका छन् । संघीय संसदको संसदीय सुनुवाइ समितिमा बिहीबार भएको सुनुवाइमा सांसदको प्रश्नको जवाफ दिँदै रेग्मीले...

कक्षा ११ र १२ को परीक्षा स्थगित

कक्षा ११ र १२ को परीक्षा स्थगित भएको छ । परीक्षा बोर्डको आज बसेको बैठकले अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्