प्रदेश प्रमुख अधिकारीलाई थप उपचारका लागि काठमाडौं लगियो - News Birat

प्रदेश प्रमुख अधिकारीलाई थप उपचारका लागि काठमाडौं लगियो

न्यूज विराट

प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना संक्रमण भई अक्सिजनको कमीका कारण आज अपराह्न थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।

प्रदेश प्रमुख अधिकारी यही १२ मंसिरमा कोरोना संक्रमित भएर विराटनगरस्थित निवासमा बस्नु भएको उनका प्रेस सल्लाहकार खेमराज अधिकारीले बताए ।

प्रदेश प्रमुख अधिकारीलाई आवश्यक उपचारका लागि त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं लगिएको हो । रासस 

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles