सिरिया र बंगलादेशका शिविर विनाशकारी बन्न सक्ने चेतावनी

 न्यूज विराट
सिरिया र बंगलादेशका शिविर विनाशकारी बन्न सक्ने चेतावनी

कोरोना भाइरसका कारण संसार आक्रान्त भए पनि मानिसहरूको ध्यान हजारौँको सामूहिक बसोबास भएका शरणार्थी शिविरतिर गएको छैन । जहाँ कोरोना भाइरस फैलिएमा विनाशकारी बन्नेछ ।

बंगलादेशदेखि सिरियासम्म, एसियादेखि अफ्रिकासम्मका शरणार्थी शिविरमा बस्नेहरूले आधारभूत सुविधासमेत नपाइरहेको अवस्थामा कोरोन फैलिन अनुकूल हुन सक्ने विज्ञले चेतावनी दिएका छन् ।

संयुक्त राष्ट्रसंघको अनुमानअनुसार संसारमा करिब ६६ लाख शरणार्थी शिविरमा बस्दै आएका छन् । असंगठित शरणार्थीको संख्या पनि ठूलो छ । राष्ट्रसंघका अनुसार विश्वमा हरेक २ सेकेन्डमा १ व्यक्ति विस्थापित हुनेगर्छ । यही जनसंख्या कुनै पनि महामारीमा सजिलै निशानामा पर्न सक्छ ।

सिरियामा पछिल्लो १ दशकदेखि चलिरहेको युद्धका कारण सिरियाको इदलिबमा टर्कीको सीमावती क्षेत्रमा १० लाख मानिस विस्थापित भएर शरणार्थी शिविरमा बसिरहेका छन् । कोरोनाविरूद्ध लगातार हात धुनेदेखि सामाजिक दूरीलाई प्रभावी कदम मानिएको छ । तर, शरणार्थी शिविरमा यी दुवै कुरा प्रायः असम्भव छ ।

शरणार्थी शिविरमा बस्नेहरू पिउने पानीका लागि समेत कठिनाइको सामना गरिरहेकाले लगातार हात धुने कुरा सम्भव हुँदैन । यहाँका मानिसलाई आइसोलेसनमा राख्नलाई अर्को छुट्टै ‘युद्ध’ छेड्नुपर्ने अवस्था छ । कम स्थानमा रहने लाखौँ मानिसलाई कसरी दूरी कायम गराउने ?

सबैभन्दा खुसीको कुरा भनेकै अहिलेसम्म शरणार्थी शिविरमा कोरोना भाइरस संक्रमण भएको पाइएको छैन । यद्यपि समयमा नै स्वास्थ्य सामग्री पुर्‍याउन र सतर्कता अपनाउन सकिएन भने १ लाखभन्दा बढीको मृत्यु हुन सक्ने स्वास्थ्य अधिकारीहरूले चेतावनी दिएका छन् ।

सिरियाका यी क्षेत्रमा कोभिड–१९ नामको अदृश्य ‘शत्रु’ विरूद्ध नयाँ युद्धको तयारी चलिरहेको छ । भग्नावशेषबाट मानिसलाई उद्धार गर्ने विज्ञहरू अब संक्रमणको खतरा अन्त्य गर्ने युद्धका लागि तयार भइरहेका छन् । इदलिबको या शिविरमा कोरोना फैलिएमा अवस्था भयावह बन्न सक्छ ।

यो क्याम्पमा आफ्ना २ बच्चासँगै बस्दै आएकी उम बिलाल भन्छिन्, ‘म र मजस्ता धेरै विस्थापितलाई कोरोना भाइरसले सजिलै शिकार बनाउन सक्छ ।’

उनी भन्छिन्, ‘संक्रमण फैलिएको विषयमा हामीले जे सुनेका छौँ, त्यसबाट क्याम्प प्रभावित हुने चिन्ता छ । हामी अल्लाहसँग प्रार्थना गर्छौं कि हामीलाई यसबाट टाढा राख । हामीलाई कोरोना फैलिने डर छ । किनकि यहाँका मानिसको संख्या धेरै भएकाले सावधानी रहन कठिन छ । हामी आफ्नो टेन्ट सफा राख्न सके पनि बाहिर सफा राख्न सकिँदैन ।’

गत बुधबार इदलिबमा कोरोना परीक्षण किट पुगेको छ । खुसीको कुरा के छ भने अहिलेसम्म गरिएका सबै परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

इदलिबका डाक्टर तथा मेडिकल कोअर्डिनेटर मोहम्मद तेनारी भन्छन्, ‘यहाँ मानिसहरूलाई आइसोलेसनमा राख्न अत्यन्तै कठिन छ । केही मानिस अझै पनि स्कुल र मस्जिदमा बसिरहेका छन् । यदि कसैलाई कोरोना भएमा भाइरस तीव्र रूपमा फैलिनेछ ।’

यतिबेला इदलिबमा युद्धविराम छ । यदि भाइरसले हमला गर्‍यो भने विनाशकारी हुन सक्छ ।

बंगलादेशको कक्स बजारमा बस्ने रोहिंग्या शरणार्थी चेकुफा आफ्ना श्रीमान्, दुई छोरी र बहिनीसँग एउटा सानो टेन्टमा बस्दै आएकी छन् । उनी भन्छिन्, ‘१० परिवारका लागि एक शौचालय र एउटा बाथरूम रहेको छ । जबकि एक ट्युबेलमा ५० परिवार आश्रित छ । यहाँ भाइरस फैलियो भने हामी कसरी बाँच्छौँ ?’

म्यानमारमा भएको तनावका कारण ७ लाख रोहिंग्या मुस्लिम छिमेकी मुलुक बंगलादेशमा शरण लिन आइपुगेका छन् । कोरोना भाइरस फैलिने चिन्ताबीच कसरी यसलाई रोक्ने भन्नेबारेमा अनेक कोसिस भइरहेका छन् ।

सोहीअनुसार बजार बन्द गरिएको छ । मदरसा खोल्न प्रतिबन्ध गरिएको छ । गैरसरकारी संस्थाका मानिसहरू हात धुने तरिका सिकारइरहेका छन्, मास्क वितरण गरिरहेका छन् ।

बंगलादेश संसारको घना बस्ती भएको देशमध्ये एक हो । रोहिंग्या शरणार्थीलाई लिएर बंगलादेश पहिलेदेखि नै चिन्तित रहँदै आएको छ । अब महामारीको डर पनि थपिएको छ ।

बंगलादेशमा अहिलेसम्म कोरोना भाइरसका कारण ५ जनाको मृत्यु भइसकेको छ । संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सी (यूएनएचसीआर) ले बंगलादेशका क्याम्पमा कोभिड–१९ का कुनै शंंकास्पद रोगी नभेटिएको बताएको छ । एजेन्सीले ४ सय बिरामीका लागि आइसोलेसन तयार गरेको छ र १ हजार अतिरिक्त बेडका लागि स्थान बनाएको छ ।

यसका साथै बोस्निया, लेबनान र अफ्रिकामा ठूलो संख्यामा शरणार्थी रहेका छन् । कुनै स्थानमा केही राम्रो अवस्था छ भने केही स्थानको अवस्था दयनीय छ । यस्ता क्याम्पमा कोरोना फैलिएमा रोक्न कठिन हुनेछ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले संयुक्त राष्ट्रसंघीय निकाय र केही देशका सरकारसँग मिलेर यस्ता मानिसको सहयोगका लागि काम गरिरहेको बताएको छ ।

क्याम्ब्रिज विश्वविद्यालयमा पब्लिक हेन्थ रिसर्चर एडम काउट्सले भने, ‘यदि हामी अमेरिका र युरोपमा कोरोना मुद्दा यति ठूलो भइरहेको छ । तर, शरणार्थी क्याम्पका बारेमा सोचिरहेका छैनौंँ । मानिसहरूले आफ्ना बच्चालाई नुहाउन त सकिरहेका छैनन्, हात धुनुको कुरा छोडौँ ।’

सम्बन्धित समाचार

ओलीको गृहनगर दमकमा ६ दलिय गठबन्धनलाई धक्का, एमालले लियो अग्रता

विराटनगर, ३१ वैशाख । सर्वाधिक चासोका साथ हेरिएको एमाले अध्यक्ष ओलीको गृहनगर समेत रहेको झापाको दमक नगरपालिकामा नेकपा (एमाले) ले अग्रता कायम गरेको छ । दमक–१ को दुई सय मत गणना गर्दा मेयरमा एमालेकी गिता...

देशका विभिन्न स्थानमा वर्षा, भोलि चट्याङ्ग, असिनासहित हावाहुरीको सम्भावना

काठमाडौं, १४ वैशाख-आज बिहानैदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।विशेषगरि पश्चिमी र पूर्वी क्षेत्रमा अहिले वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । आज दिउँसो पनि देशभर सामान्य बदली भएर केही स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र...

नेपाल र भारतका हजारौ श्रद्धालुभक्तजनको उपस्थितीमा कलशयात्रा निकालिदै

विराटनगर । जोगवनी –४ ईन्द्रानगर स्थित रहेको हनुमान मन्दिरको पहिलो वार्षिक उत्सव कार्यक्रम भव्य रुपमा मनाउने तयारी भईरहेको छ । जोगवनीको रेलवे स्टेसनको पश्चिम तर्फ एक वर्ष अगाडि प्राण प्रतिष्ठा गरिएको हनुमान मन्दिर र शनि...

संक्रमित बढेपछि लकडाउनका विषयमा उच्चस्तरीय समिति अन्योलमा

काठमाडौं, २२ वैशाख-२५ वैशाखपछि जारी लकडाउनलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा सरकार अन्योलमा परेको छ ।लकडाउनबारे सुझाव दिन बसेको कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकमा २५ वैशाखपछि के गर्ने भन्ने विषयमा सहमति हुन सकेन ।...

दलीय भागबण्डामा बितरण हुने पुरस्कार रोक्न समाजवादी प्रेस संगठनको माग

विराटनगर । कोशी प्रदेश सरकारको पत्रकारिता पुरस्कार दलीय भागबण्डामा बाँड्ने तयारीविरुद्ध समाजवादी प्रेस संगठन कोशीले विरोध जनाएको छ ।संगठनले सरकारलाई कडा चेतावनी दिँदै तत्काल यो अन्यायपूर्ण प्रक्रिया रोक्न माग राख्दै आइतबार आन्तरिक मामिला तथा कानुन...

उपत्यकामा ५१८ बेडको क्वारेन्टाइन, तारे होटल, रिसोर्ट र होमस्टेबारे सोच्दै सरकार

सरकारले काठमाडौं उपत्यकामा ५ सय १८ बेड क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा रहेको जनाएको छ ।कोरोना संक्रमण भएका शंकास्पद व्यक्तिहरुलाई राख्न उपत्यकामा बनाइएका पाँच क्वारेन्टिन स्थलको अनुगमनपश्चात् सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले तत्काल पाँच सय १८...

कोरोनाबाट मृत्यु भएका कैलालीका पुरुषको शव व्यवस्थापन

डडेल्धुरा, १३ असार-चितवनको भरतपुर अस्पतालमा मृत्यु भएका कैलालीको गोदावरी नगरपालिका-७ का ५० वर्षीय पुरुषको शव व्यवस्थापन गरिएको छ । भरतपुरको नेपाली सेनाको कालीबहादुर गणको टोलीले मृतक पुरुषको शव व्यवस्थापन गरेको हो आफन्तको उपस्थितिमा शव भरतपुर...

राष्ट्रपतिले जारी गरिन् राजनीतिक दलसम्बन्धी अध्यादेश

काठमाडौं, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी हुन् । यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्