सन्तोषको अर्धसतकमा होराइजनको जित

 न्यूज विराट
सन्तोषको अर्धसतकमा होराइजनको जित

विराटनगर । विराटनगर जुटमिलको खेलमैदानमा जारी तेस्रो मिल्स क्रिकेट प्रतियोगितामा भारत बिहारको पूर्णिया क्रिकेट क्बललाई ९ विकेटले हराउँदै विराटनगरको होराइजन क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको छ ।

पूर्णियाले दिएको १३० रनको लक्ष्य होराइजनले १०.४ ओभरमा १ विकेट गुमाएर पुरा गरेको हो । होराइजनको जितको लागि अलराउन्डर खेलाडी सन्तोष कार्कीले अर्धसतक पूरा गरे । प्लेर अफ द म्याच समेत घोषित भएका कार्कीले ३६ बलमा ८ छक्का र ९ चौका प्रहार गर्दै अर्धसतक पूरा गर्दै ८७ रन बनाए । होराइजनका ओपनर इमरनले २८ बलमा अविजित ४० रन बनाए । उनले ३ छक्का र ५ चौकका हिर्काए । पूर्णियाका अरुप रजाले १ विकेट लिए ।
त्यसअघि विराटनगर जुटमिल मैदानमा टस जितेर पहिलो ब्याटिङ थालेको पूर्णियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाइ १२९ रन बनाएको थियो । जसमा पूर्णियाका निहलले ३७ बलमा अविजित ४१ रन बनाए । सत्यसले १९ रन पारी खेल्दा सकक्षमले १५ रनको योगदान दिए ।
होराइजनका अलराउन्डर खेलाडी सन्तोष कार्कीले ४ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिए । फिरदोस अन्सारी र दिपेसले समान २–२ विकेट लिए ।
मंगलबारको पहिलो खेल विभागिय टिम नेपाल पुलिस र पटनाको हाइ पफमेन्स क्रिकेट क्लब बिच हुनेछ । सोही दिन हुने दोस्रो खेलमा सिराहा क्रिकेट क्लब र कटिहार क्रिकेट क्लबबीच हुनेछ ।

सम्बन्धित समाचार

विराटनगरको मेयरका लागि नागेश कोइरालाले गराए उम्मेदवारी दर्ता

विराटनगर, १२ वैशाख । विराटटनगरको मेयरका लागि पाँच दलिय गठबन्धनको तर्फबाट नागेश कोइरालाले उम्मेदवारी दिएका छन् । सोमबार दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर कोइरालाले उम्मेदवारी दर्ता गराएका हुन् । उपमेयरमा गठबन्धनको तर्फबाट उपेन्द्र यादवका...

दैनिक ज्यादारी काम गर्ने १ लाख विपन्नलाई राहत वितरण गरिँदै

विराटनगर, चैत १८–दैनिक ज्यलादारी मजदुरी गरेर जिवनयापन गर्दै आएका परिवारको जिवनयापनमा समस्या भएपछी विराटनगर महानगरपालिकाका २० हजार घरपरिवारलाई राहतच वितरणको तयारी थालिएको छ । विराटनगर महानगरपालिकाले दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई खाद्यान्न राहत बितरणको तयारी थालेको...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ सय ४५ संक्रमित थपिए

विराटनगर, २८ असोज—प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४४५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १९७, मोरङमा १८५, झापामा ४६, उदयपुरमा ६, धनकुटा र इलाममा १÷१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक...

लायन्स क्लब हेल्थ प्रोफेसनलले मनायो स्थापना दिवस

विराटनगर । लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले स्थापना दिवस मनाएको छ । विराटनगरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो ।जुलाई १२ का दिनलाई स्थापना दिवस (चार्टर्ड डे) का रुपमा लायन्स क्लब...

कोरोनाबाट आमाको मृत्युपछि अस्पतालमा ९ दिने शिशु

काठमाडौं, ३ जेठ-सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाले २४ वैशाखमा प्रसब पीडालाई जितेर त्रिवि शिक्षण अस्पतालमा सामान्य रुपमा बच्चालाई जन्म दिइन् । २५ वैशाखमा डिस्चार्ज भएर घर गएकी उनी घर पुगेपछि बिरामी परिन् । स्थानीय अस्पतालमा...

भारतमा एकै दिन थपिए २० हजार कोरोना संक्रमित  

एजेन्सी, असार १४-भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको हुनेको संख्या ५ लाख २९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ अहिलेसम्मकै बढी २० हजार संक्रमित थपिएका छन् । वल्डोमिटरका अनुसार शनिबार भारतमा कोरोनाबाट ४ सय...

रासायनिक प्लान्टबाट ग्यास चुहिँदा भारतमा ८ जनाको मृत्यु

एजेन्सी, बैशाख २५-भारतको आन्ध्र प्रदेशको विशाखापटनममा रहेको एक रासायनिक प्लान्टबाट ग्यास लिक हुँदा ८ जनाको मृत्यु भएको छ भने सयौँ बिरामी भएका छन् । रासायनिक प्लान्टबाट ग्यास लिक भएपछि सो क्षेत्रमा भागदौड मच्चिएको छ ।...

‘सुझावका तीन प्रश्न’ लिएर अभियानमा होमिए मन्त्री सुदन किराती

विराटनगर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ भन्ने नाराका साथ सुरु भएको नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियानको नेतृत्व मोरङ बेलबारी ३ नम्बर वडा पाएका छन् । माओवादीका केन्द्रीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्