मिल्स कप टि २० क्रिकेट प्रतियोगिता शुक्रबारदेखि, उद्घाटनमा सिराहा र कटिहार भिड्ने

 न्यूज विराट
मिल्स कप टि २० क्रिकेट प्रतियोगिता शुक्रबारदेखि, उद्घाटनमा सिराहा र कटिहार भिड्ने

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगिता हुने भएको छ । विराटनगर जुट मिलको खेलमैदानमा वैशाख २८ गतेदेखि उक्त प्रतियोगिता हुने भएको हो ।

मिल्स क्रिकेट क्लब एण्ड एकाडेमीको आयोजना हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । जेठ ५ गतेसम्म संचालन हुने सो प्रतियोगितामा नेपालका दश टिम र भारतको ६ वटा टिमको सहभागि रहेको मिल्स क्रिकेट क्लब एण्ड एकाडेमीका अध्यक्ष मुरली चौधरीले जानकारी दिए ।
क्रिकेट खेलको विकास गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिताको बिजेताले नगद १ लाख ५१ हजार रुपैयाँ र उपबिजेताले ७५ हजार रुपैयाँ र ट्रफि पाउनेछन् । प्रतियोगिताको प्लेर अफ द सिरिज हुने खेलाडीलाई १५ हजार, बेस्ट ब्याट्र र बेस्ट बलरलाई जनही ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ईमर्जिङ्ग प्लेयर हुने खेलाडीलाई पाँच हजार र प्रत्येक खेलको प्लेयर अफ द म्याच हुनेलाई २ हजार १ सय रुपैयाँ रहेको छ । प्रतियोगिता सम्पन्न गर्न करिब २१ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । नेपाल खेलकुद महासंघको संयोजकत्वमा उक्त प्रतियोगिता हुन लागेको हो ।


प्रतियोगिताको प्रथम संस्करणको बिजेता पूर्वाञ्चल एकाडेमी क्रिकेट क्लब र दोस्रो संस्करणकोे बिजेता भारतको नरपथगन्ज क्रिकेट क्लबले जितेको थियो ।
यस पटकको प्रतियोगितामा सिरहा क्रिकेट क्लब, झापाको बोष्र्टन, विराटनगरको पाँच वटा क्लब रहेको छ । जसमा एन.बी.एस. सि, विराट क्रिकेट क्लब, होराइजन क्रिकेट क्लब, यशराज क्रिकेट क्लब र आयोजक मिल्स क्रिकेट क्लब एकाडेमी रहेको छ । यसैगरी सुनसरी क्रिकेट क्लब, विरगंज युथ एकाडेमी, नेपाल पुलिस क्लब काठमाण्डौ रहेको छ ।
यसैगरी भारतबाट कटिहार क्रिकेट क्लब, दिल्ली क्रिकेट क्लब, हरियाण थन्दर्स, प्रशान्त क्रिकेट, हाई परफरमेन्स एकेडेमी र पुर्णियाको डिलाईट क्रिकेट क्लबको सहभागि रहनेछ । प्रतियोगिताको उद्घाटन दिनको खेल सिराहा क्रिकेट क्लब र भारतको कटियार क्रिकेट क्बलबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको संयोजकमा विराटनगर १६ का वडाअध्यक्ष उद्धव भुजेल रहेका छन् । कार्यक्रममा बोल्दै वडाअध्यक्ष भुजेलले खेलकुद क्षेत्रको विकासमा स्थानीय सरकार पनि लागि पर्ने बताए । उनले खेलकुद क्षेत्रको विकासको लागि सबैको साथ सहयोगको खाचो रहेको बताए ।

सम्बन्धित समाचार

उपत्यकामा आज ९५७ जनामा कोरोना संक्रमण

काठमाडौं, ७ मंसिर-आइतबार काठमाडौं उपत्यकामा ९ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् । आज काठमाडौंका ७ सय ३३ ,भक्तपुरमा ५३ र ललितपुरमा १ सय ३१ संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

कांग्रेस केन्द्रीय समितिको बैठकमा महाधिवेशनको मिति परिमार्जनबारे छलफल हुने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार दिउँसो २ बजे बस्दैछ । कांग्रेसले ७ देखि १० फागुनसम्मका लागि आह्वान गरेको १४ औँ महाधिवेशन सम्भव नभएपछि नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल गर्न बुधबार केन्द्रीय कार्यसमितिको बैठक...

सकियो ट्राफिक सप्ताह, मोरङ ट्राफिक प्रहरीको हप्ताभरी सचेतना कार्यक्रम

विराटनगर । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले सुरू भएको ट्राफिक सप्ताह कोशी प्रदेशमा सम्पन्न भएको छ । १४ जिल्ला रहेको प्रदेशमा हप्ताभरी जनतेचना मुलक कार्यक्रम आयोजना गरी ट्राफिक सप्तहा सोमबार सम्पन्न भएको हो । ट्राफिक...

सोमबार थप ४५१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ हजार नाघ्यो

काठमाडौं, असार १-नेपालमा सोमबार थप ४५१ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार ३५ महिला ४१६ जना पुरुष गरी ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी...

मनमोहन प्राविधिक विश्वविद्यालय अन्तर्गत स्कुल अफ इन्जीनियरिङमा पहिलो ‘ब्याच’ को पठनपाठन सुरु

विराटनगर, २७ असार । मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित मनमोहन प्राविधिक विश्वविद्यालय अन्तर्गतको स्कुल अफ इन्जिनियरिङले पठनपाठन सुरु गरेको छ । स्कुल अफ इन्जिनियरिङमा पहिलो ब्याचको पठनपाठन औपचारिकरुपमा सुरु भएको हो । स्कुल अफ इन्जिनियरिङले स्वागत...

आयकरको सीमा घट्यो

काठमाडौं, साउन १ । साढे चार लाख रुपैयाँसम्मको आयमा एक प्रतिशत मात्र लाग्ने करको सीमालाई बढाएर सरकारले ६ लाख रुपैयाँ पुर्याएको छ । आर्थिक बर्ष २०७९-८० को बजेट अनुसार आजदेखि नयाँ व्यवस्था लागू भएको हो...

कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको ज्यान गएमा प्रदेश १ सरकारले ५० लाख दिने घोषणा

विराटनगर, चैत २५-कोरोना संक्रमितको उपचारमा खटिने क्रममा कसैले ज्यान गुमाए प्रदेश १ सरकारले ५० लाख राहत उपलब्ध गराउने घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले कोरोनाबाट संक्रमितको उपचारका क्रममा खटिँदा ज्यान गुमाए स्वास्थ्यकर्मी तथा कर्मचारीका...

कार्यकक्षमै कुटिए सब-इन्जिनियर

जाजरकोट, १४ चैत । जाजरकोटको शिवालय गाउँपालिका– ७ का वडाध्यक्ष वीरबल खत्रीमाथि सोही वडामा कार्यरत सब–इन्जिनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेको आरोप लगाइएको छ । अध्यक्ष खत्रीले विज्ञप्ति निकाल्दै आफूले राम्रोसँग काम गर्न र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्